न मानमा न शानमा, न नाच, न त गानमा
मिल्यो आनन्द त मिल्यो, केवल सुराको पानमा ।
थपी थपी पिए पनि, पिउने, पिएरै शान्त छन
शीशी बोतल नछोए' नि, नपिउने नै अक्रान्त छन ।
न धाक छ, न रबाफ नै, न उँच निचको अभिमान छ
एकै साथ बसि पिउँदा, ठुलो सानो समान छ ।
नपिउनेको मुहारमा, न खुशी, न मोज छ
हेर धपक्क लाली त्यो, पिउनेको कस्तो ओज छ ।
नपिउनेको जमातमा, वर्ण, जाति थरी थरी
पिएरै बढ्छ भाईचारा, हुन्नन भेद कसैगरी ।
भलै भुलुँ गृह-मार्ग, शीशी बोतल लिएपछि
तर पुग्छु म स्वर्गमा, केहि घुँट पिएपछि ।
कति गरुँ बयान म, मेरो बोतल महान छ
आफैं रित्ती जिवन दिने, यो औषधि समान छ ।
8 Comments:
यसको त, कुरै बेग्लै नि !
दादा,
यो दुई लाइन साह्रै चित्त बुज्यो है मलाई त.....
"न धाक छ, न रबाफ नै, न उँच निचको अभिमान छ
एकै साथ बसि पिउँदा, ठुलो सानो समान छ । "
साह्रै राम्रो लेख्नु भयो। यो तिन पाने को कमाल नै यही त हो नि।
good one !
ठ र कि दा !
पिर लाग्यो तपाईंको गजल पढेर !
( यो ख्याल ख्याल को होस् है ! साच्ची कै नहोस् ! अब त्यो जिबन घटाऊने औषधी - बिख - हो भन्ने जानी जानी त पक्कै पनि त्यस्तो लाई साथी बनाउनु भएको त छैन होला नि ! )
जे होस् गजल ले मुटु छोयो । सका रात्मक गजल को आश मा हिर्दय देखी नै निरन्तरताको शुभ कामना ।
गजल सार्है मन पर्यो :)
के गर्नु नशा उत्रे पछी वास्तवीकता फेरी तेही नै हो :(
गजलको उद्भव नै शराब, सुराही र शबाबसंग जोडिएको हुँदा तपाईँको गजलले आफ्नो आत्मा राम्ररी पहिल्याएको छ । यो साँचो गजल ( हरिण)को शैलिमा लयदार दौडमा बढेको छ । क्याबात् , ठरकीजी ( नमा पनि त उतै छ नि !)
ठिक भन्नु भयो पिउने पिएर शान्त छन नपिउने नपिएर नै आक्रान्त छन। तर पिए पछि ओज आए पनि भोली पल्ट त नुन खाएको कुखुरो जस्तै होला नि कसो? यो अजब गजव बस्तुको लोकप्रियत कहिल्यै घट्ला जस्तो चाही लाग्दैन।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !