प्रबिण थापा
भन्ने ठान छैटौउमा, यस्तै लेख्या रहिछ
खुशी पाउने दोबाटोलाई,काँडेतारले छेक्या रहिछ
जे जे पर्छ आफ्नो भागमा, भोग्दै जानु पर्ने
दु:खै दु:ख पाउन भनी, हामीलाई हेप्या रहिछ
खुशी कहिल्यै आएन, चोटै चोटले सताइरह्यो
हाम्रो माया प्रितीलाई नै, संकटले चेप्या रहिछ
भलो चाहन्थ्यौ संसारकै, राम्रो होओस भनी
पबित्र यि आत्माभित्र, कस्तो खोट देख्या रहिछ
ईश्र्या गरे भगवानले , कहाँ जानु शरण लिन
ममताको धरातलमा, कठोरताले टेक्या रहिछ
February 13, 2009
Subscribe to:
Post Comments (Atom)
3 Comments:
ईश्र्या गरे भगवानले , कहाँ जानु शरण लिन
मामाताको धरातलमा, कठोरताले टेक्या रहिछ
सारै मिठो गजल लेख्नुभयो प्रविण जि। लेख्न त के के लेख्या हुन्छ प्रयास भने सबै गर्नुपर्छ।
सबैलाइ प्रणय दिबसको शुबकामना।
अ नेपोलिएन जि खासमा ममताको हुनुपर्नेमा टाइप गर्दा मामाताको भएछ यस्तै हो तैपनी तपाईंले बुझेर पढिदिनु भएकोमा ध्न्यबाद है.
हो त है मामाता पो भएछ। मेरो पनि युनीकोडमा धेरै आ आउछ। केले काही पछि पढ्दा कती धेरै आ आएछ जस्तो लाग्छ। ल मैले मामातालाइ ममता बनाइदिए।
याद गर्नु भएको छ अब सजिलो युनीकोड टाइप गर्ने लिंक दौतरीमै छ नि।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !