प्रविण थापा
भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो
उदास थियो यो जिन्दगी,झनै बढी भार भयो
सजाउथे सपनाहरु, नयनको बाटो भरी
ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो
अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे
आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो
पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे
आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो
हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला
आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो
February 6, 2009
Subscribe to:
Post Comments (Atom)
1 Comments:
सार्है निराशाबादी गजल लेख्नु भो तर ,
तर ओहो ! शब्द शब्द को भाब कती गहिरो हो !!!
अबाक भए म ---------------
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !