एक हुल जंगली,
शहर पसे,
यता डसे,
उता डसे ,
जताततै पसे,
नयाँ जोगिले
बेसमारी खरानी धसे।
यता ठोके,
उता भुके
जनता को नाम मा,
मनपरी खोके।
प्रेसलाई सप्रेस गरे,
न्यायलय लाई शौचालय बनाए।
रामहरी मारिए,
निर्मल , पुष्कर सेरिए,
तै पनि पशुपतीनाथ बोलेन
पीडितजनको कल्याण गरेन
आज धर्म माथि,
आस्था माथि,
बर्बर प्रहार गर्दा आँफै निरही बनेकाछन
कैलाश तिर बसाइ सरुं कि?
यो ठण्डा मा तराइ झरुं कि?
सोच्दै थिए महादेब,
गम्दै थिए महादेव,
बाहिर डण्डावाला को बिच मा,
झन्डावाला पनि देखे,
तिनकुने सनातन झन्डा फेर्ने,
नमाने चारै तिर घेर्ने,
भाषण गर्दै थिए ।
शम्भू तर्से,
आफ्नै तम्बू मा फर्के
४ दिन भो नित्य पूजा छैन,
४ दिन देखी पेटमा भूजा छैन
कामरेड पूजारी ठोसे देखी,
ढुकुटी को सांचो खोसे देखी
पशुपतीको शिरमा मुकुट छैन रे,
पशुपतीको शिरमा मुकुट छैन रे,
मुकुट त सामन्ती राजाशाहीको प्रतिक रे,
हसिया हठौडा र रातो झन्डा,
नमाने लाई तातो डण्डा,
काम्रेड पुजारी, ॐ जय शंकर सट्टा,
ॐ जय प्रचन्ड भाट्याउँदै
सुन, मणी ,money रित्याउँदै
चन्दन हैन,
रक्त चन्दन,
लाल सलाम गर्ने लाई,
लाल गुलाम गर्ने लाई,
बाड्दै छन,
जनता भाड्दै छन
असत्तीहरु त्यही को आर्यघाटमा अर्ध जलुन,
पशुपतिनाथ को सबैले कल्याण गरुन ।
पशुपतिनाथ को सबैले कल्याण गरुन ।
7 Comments:
पहिले धर्म निरपेक्ष, अब पुजारी निरपेक्ष , गर्दा गर्दै भगवान पनि नया ल्यएर राख्लानकि जस्तो लाग्यो प्रभो ।
पहिले पहिले पशुपतिनाथले कल्याण गर्थे रे अहिले त पशुपतिनाथको नै कल्याण गर्नु पर्ने भएछ । अब प्रभो, कसलाई पुकार्ने होला ! मनमोहन सिंहलाई पुकारौं भने सिख हुन, ओबामा के के हुन, गर्डेन ब्राउन क्रिश्चियन हुन ।
त्यसैले म रन भुलमा परें प्रभो, प्रभुलाई बरु केहि दिन भए पनि नजरबन्दमै राखौं कि !
राहुल भाई!
देर आए दुरुस्त आए!, क्या दह्रो मुक्का मार्नु भयो ।
बेजोड कविता, मेरै मनको कुरा लेखीदिनु भयो ।
Rahulvaig, bejod shabdaharu !!!
पान्डा जी,
त्यसैले त यो कबिताको शिर्षक नै" पशुपतिनाथ को कल्याण गरुन" राखेको। बिचरा शम्भू कती पीडित भा छ अहिले। त्यो सुनको नन्दी पनि जिउदो भएको भए काटकुट पारेर भोज भतेर गर्थे होलान। शैब सह -भोज, मुख्य अतिथी काम्रेड क्रमभङ्ग ।
ठरकी जी,
हामी सबै को मन को कुरा जस्तो लाग्छ। रातो कलर ब्लाइणडको लागि मात्र, भट्ट् हटाउनु, भण्डारी चुट्नु को अर्थ होला।
बिबश जी,
धन्यवाद।
तपाईको कलममा त तात्तातो ज्वाला छ हो!
गजब दिनु भयो, बेईमानहरुलाई मुक्का !!
निकै मार्मिक लाग्यो राहुल दाइ। मैले त पुन दोहोराएं है।
एक हुल जंगली,
शहर पसे,
यता डसे,
उता डसे ,
जताततै पसे,
नयाँ जोगिले
बेसमारी खरानी धसे।
"धसेको खरानी पानिले बगाए"
कबिता बोडो बेजोड को छ यस्तै कबिता लेख्दै जानु होला ।
अशोक
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !