December 28, 2008

गजल - खोजिरहेछु

संजय भण्डारी
निर्धक्कले बाच्न पाउनु कक्ष खोजिरहेछु
उपयोगी अनी सार्थकताको पक्ष खोजिरहेछु।

निर्धारीत समयमा अपत्यारले उपभोग हुने
आबद्दित यबम समाबेसि को आशा खोजीरहेछु।

गणतान्त्रीक मुलुकमा देश परिबर्तन भइसक्यो
मानबतालाइ बुझ्ने दक्ष नेत्रित्व खोजिरहेछु।

अदभुत यो मुम्बइको फुटपातमा मा पनि
मानब भलोमा जिबनको लक्ष खोजीरहेछु।

रोमनाइज अंग्रेजीमा प्राप्त यो गजललाइ मैले नेपालीमा उतारेको छु। भाव निकै गहिरो लाग्यो, त्यसैले तान तुन पारेर नेपालीमा टाइप गरें । हुन त गजल को भाव त्यती बुझ्दिन तर पनि नेपालीमा उतारर्न जमर्को गरें। लेखहरु पठाउदा नेपाली युनिकोडमा जिमेलमा सिधै राखेर पठाए प्रकाशन गर्न सारै सजिलो बन्दछ। - नेपालियन

कबिता -जीवन खाता

शेखर ढुंगेल
आज धेरै दिन पछी उस्ले
पछाडि फर्की हेर्यो
कालो बादल पछ्याउदै रैछ्
दिन को उज्यालोमा रमाइरहेको उ
कालो रात ले दिन को अस्तित्व थिचेको पायो
जब उस्ले आज जीवन को खाता पल्तायो
--------------------------
सन्तति को भबिस्य बनाउन गांस काटि काटी
दोउडिराखे को उ
बुडा आमा बाबु को आसुँ ले
डुबाइ सक्न आटेछ उस्लाई
बल्ल थाहा पायो आज
जब उस्ले आज जीवन को खाता पल्तायो
--------------------------
आम्दानि भन्दा धेरै रिण को भार भेछ
न त तिर्न सक्यो पुर्खा को लगानी
न त भर्न सक्यो ममतामा मा लागेको घाऊ
बुढ्योउली को सहारा बनी
बेखबर दोउडी रह्यो आकाश नै छुन्छु भनी
बाटो टाढा छुटी सकेछ
आज खाता पल्टाउदा खेरी
--------------------------

भोउतारी रह्यो एता र उता
तेरो र मेरो को युध्ह भुमी
शिथिल जिर्न शरीर माथि
मृत्‍यु को कोटा परिसकेको
बल्ल चाल् पायो
जब खाता खोल्यो धेरै दिन् पछी

----------------------
आज आँखा बन्द गरी
सुन्यता मा झर्न खोज्यो

सुस्ताएको चिसो मुटुमा
रोएका फुल का पत्ता हरु
बेखबर टाँसिएको पायो
आज फेरी खाता हेर्यो
सुन्य सुन्य र सुन्य मात्रा पायो



साँढे, गिद्ध र चमेरो

एकाठाउँमा यौटा राम्रो शुन्दर वन थियो, त्यो वनमा पुस्तैनी रुपमा त्यहिको हात्तीको रजाई चल्थ्यो ।

हात्तीले खान मात्रै धेरै खाएको तर केहि काम नगरेकोले उपवन जस्तो हुनुपर्ने वन, मरुभूमिमा परीणत हुन लागेकोले, त्यहा पुरानो हात्तीको ताण्डब रोक्न गिद्ध, साँढे र चमेरो लगाएत वनभरिका सबै मिलेर बिरोध गरे । पुरै जंगल मेरै हो भन्ने हात्तिको केहि लागेन र उस्ले आत्मसमर्पण गर्‍यो।

यता हात्तीको आत्मसमर्पणलाई जंगलभरीका सबैले विजयोत्सवको रुपमा मनाउँदै थिए भने उता हात्तीले धेरै खाएको र त्यो ठुलो भाग सबैमा बराबर बाँडने नारा दिएर हिँडने गिद्ध, साँढे र चमेरोहरु भने आफैं हात्तीको स्थानमा बस्ने सपना देख्‍दै थिए।

आफ्नो दूरदृष्टीको कारण नै यो सब सम्भब भएको भन्दै बुढो गिद्ध, अबको मुखिया आफै हुनु पर्ने कुरा अघी सार्थ्यो भने आफ्नै बल र धाकको कारण हात्ती भागेको भन्दै सो को जश लीन साँढे आतुर थियो। उता आफ्नै मेलमिलापको नीतिका काराण सबैको एकता भएकोले अब उसैलाई सबैकुरा सुम्पीनु पर्ने बिचार चमेरोको थियो ।

त्यसपछि छलफल, छलछाम, नीति-कूटनीति र छिमेकको आशिर्वाद सम्म लिएर चमेरोको सहायतामा साँढेले प्रबन्धनको जिम्मा लियो।

साँढेको जिम्मामा जंगल गएपछि बुढो गिद्ध सपना भंग भएकोले अर्ध पागल भएर भौतांरिन थाल्यो, चमेरो पनि आफ्नो पुरानो चरित्र अनुशार कहिले साँढेको बिरोध त कहिले भजन गाउँदै हिडंन थाल्यो।

अहिले सो वनमा साँढे नै मुखिया बनेको छ। मुखिया बने पनि उसले आफ्नो मिचाहा प्रबृत्ती त्यागेको छैन । न त, उसले अरु प्राणिकोलागी केहि गरेको छ, न त, खानमा नै उ पुरानो हात्तीभन्दा कम छ ।

यौटा उच्छृङ्खल साँढेको त्यो रबाफ देखेर त्यहाँ आजकल धेरैको संख्यामा गोरु, बहर र रांगा समेत छाडा भएर भाग माग्दै हिंडन थालेका छन र सो ठाउँको हालत झन झन जर्जर हुँदै गएको छ ।