अब पार्लरका कुरा त भए तीन बर्ष अगाडिका। अहिले जहा हाम्रो रेस्टुराँको पल्लो पट्टी नेल्स छ, जहाँ नङ राम्रो पारीन्छ। त्यहा पनि त्यस्तै छ ५० कटेका, व्हील चियरमा राखेर ल्याइएकाहरु नै नङको मर्मत गर्न आउँछन। सफाइ गर्नु भनेको त जरुरी को कुरा नै हो। उसो त देशको ब्यव्स्था राम्रो भएर पनि यो सब हुन गएको हुनु पर्छ। हाम्रो देशमा पो त सबै कुराको सहुलियत् छैन। एक छाक खान लाउन त धौ-धौ पर्छ। आवश्यकता परिपुर्ति गर्ने त प्राय:मा सामर्थ्य छैन कहाँबाट त्यस्तो बिलासिताको कुराहरु उपभोग गर्ने ? बुढेसकालमा पाउने भत्ता लिन जानलाई त कत्ती माइल हिंडेर जानु पर्छ, त्यो पनि सजिलो सँग पाउन गार्हो छ। त्यसैले भोगाइ र बचाइमा फरक पर्नु स्वभ्वाविक पनि हो। यस्मा हाँस उठ्नु भन्दा पनि खिन्नता बोध हुनुनै जरुरी छ। तर हाँस पनि उठ्नु स्वभ्वाविक छ।
तर ---दुइ देश को ब्यवस्था र बुढा, बुढिको कर्त्ब्य अधिकारमा फरक देख्दा भने ब्यङ्यात्मक हाँसो उठ्नु स्वभाविक नै लाग्नु पर्ने हो। मेरो ठोकुवा चाँही हैन है ! यी कुराहरु पनि मेरा अनुभवभित्र परेकोले यहाँ पोख्न लालायित बने भुलभएमा माफि चाहन्छु। तर देशको कानुन नियम र सहुलियत भएमा सबैमा यस्तै चाहना नहोला भन्न पनि सकिन्न। जब मान्छे सुन्य हुन्छ। उस्को केही आधार हुँदैन। आफुलाई असुरक्षित महसुश गर्छ, कसैबाट आश्वासन, प्रेरणा पाउदैन भने चाहे ऊ जवान नै किन नहोस् ? उस्मा जत्तिनै शाहस, हिम्मत, आँट, जागर भएपनी उस्लाई असक्षम र बृद्ध भएको महसुश हुन्छ।
यस्को आशय यही हुन जान्छ कि मान्छेमा चुस्ती, फुर्ती हुनुमा पनि सबैकुराले साथ दिएको हुनु पर्छ, अर्थात आर्थिक स्थिती पनि सबल हुनु पर्छ। टेन्सन हुनु हुँदैन अनी मात्र आफुलाई सबल ठान्न सकिन्छ कि ? मन नै खराब छ, कही कतै केहीको आशा छैन, भरोशा छैन भने कहाबाट जागर जोश हुन्छ ? यस्को अर्थ यो होइन कि उनिहरुलाई रत्तिभर पनि दु:ख, पीर छैन भन्ने। मान्छे को त्यस्तो छ जस्लाई पीर चिन्ता छैन तर मानसिक चिन्ता भएपनी ब्यवस्था सबल छ। अहिले देशमा के होला ? भरै के होला ? भन्ने चिन्ता छैन भने त त्यसै पनि मान्छे आत्मानिर्भर र सुखी त भै हाल्छ नि। यदी हाम्रो देश मा पनि त्यस्तै भै दिएको भए शायद ! त्यसैले त उहिलेका बुढा बुढीहरु अहिलेका भन्दा कत्ती बलिया र फुर्ती थिए रे ? किन भने त्यतिबेला अहिलेको जस्तो डर, त्रास, भय थिएन। व्यवस्था सबल नभए पनि कसैमा स्वार्थ पनि त थिएन। खान प्राकृतिक र शुद्ध थियो। तर ---यस्ता बिलासिता भने त थिएन है ? खाली यत्तिमात्र फरक हो अहिलेका हामी र उहिलेकाहरुमा हिम्मत, बल जागर चाँही थिए होलान। अँ त यो पनि जीवन भोगाइको एक्पाटो नै हो। मैले देखे र जानेका अनुभुतिहरु मध्ये । आदर्णीय पाठक बृन्द!, म जे जत्ती पनि लेख्दैछु यो अचानक सर्सर्ती मनमा लागेका कुराहरु सिधै टाइप गर्दैछु। किनकि, अमेरिकाको बसाइ छ समय त हाम्रालागी अदृश्य मालिक बनेको छ। उस्ले भर्सक हामीलाई चट्पटाउन नै दिदैन, ता पनि लेखनक्षेत्रको मोहले तानेर मात्र यत्ती गर्ने पनि समय सुटुक्क चोर्दैछु । भावनालाई गुमसाउन नसकेर। यो मेरो ब्यक्तिगत अनुभिती पनि हो तपाईंहरुलाई आफ्नो परिस्थिती पोखेँ क्षमा याचना सहित्।
क्रमश: