November 27, 2008

टी टाइम जोक्स is back!!

छोटो गफ देवनागरी लिखित उर्दु जोकको विषयमा

बेला बेलामा दिमागलाई बोझ दिएर लेख्ने कुरा भन्दा यता उताबाट कट पेष्ट गर्ने खालका विषयहरु टी टाइममा हाल्दिन्छु भन्ने बिचारले हिन्दी जस्तो देखिने भाषामा कहिले काहीं जोकहरु हालिदिने गरेको थिए । नेपालमा राष्ट्रपतिको चुनाव भयो र त्यहि मेसोमा बिना चुनाव काकताली परेर पार लागेका उपराष्ट्रपतिले फ्याट्ट हिन्दी भाषामा सपथ लिएर सो भाषा सम्बन्धी बबाल मचिए पछि आंफुलाई पनि हिन्दी भाषाको जोकहरु ठाडै राखिदिन मन लागेन । अनि अहिले सम्म थन्क्याएर राखिदिए ।

कुनै पनि भाषा बोल्न प्रयोग गर्न जान्नु भनेको आंफैमा एउटा उपलब्धी हो र योग्यता पनि हो तर हाम्रा दक्षिणतिरका बन्धुहरुको व्यवहारले हामीलाई यति आजित बनाइसकेको छ कि हामीलाई उनीहरुलाइ मात्र नभएर उनीहरुको भाषालाइ पनि राम्रो रुपमा लिन अप्ठेरो लाग्छ । अर्को कुरा बोल्न जाने भन्दैमा वा पायो भन्दैमा आफ्नो पदीय मर्यादाको ख्यालै नराखी परम आनन्द लिने झा देखि प्रचण्ड सम्मले नेपालको सलामी लिंदै भारतीय भाषा बोल्न चाही पटक्कै मिल्दैन ।

हाम्रो मामिलामा (हामी सर्व साधारण वा असाधारणको मामिलामा) भन्दा खेरी बाल्टिमोर देखि न्यू योर्क सम्म दुख परेको बेलामा २-४ डलर देखाउने माध्यम होस या बर्लिन देखि लन्डन सम्म काम नपाएर रन्थनिएको बेलामा काम गर्ने ठाउंमा प्रयोग हुने माध्यम भाषा यहि नै रहेछ भन्ने भुक्त भोगाइ आफैले पनि सकसेको हो । त्यसको मतलव हिन्दी भाषा , एक छिन पछि तल गएर मैले यसलाई हिन्दी भन्दिन, भारतीय संग नतमस्तक भएर बोलेको कुनै पनि हालतमा हैन । बरु जर्मनी, बेल्जियम, डेनमार्क, स्विडेन आदि देशहरुमा पनि बंगलादेशी, पाकिस्तानी, अफ्गानी, भारतीय, नेपाली आदिको एक आपसमा बोल्ने सम्पर्क भाषा भनेको हिन्दी भनिने भाषा नै रहेछ ।

कुनै बेला होस्टलमा पाकिस्तानीहरु थिए, उनीहरु फरर हिन्दी जस्तो लाग्ने भाषा बोलिरहेका थिए । म पनि प्रष्ट बुझ्ने मात्र होइन हैदराबादीहरुलाई नै मात दिने गरी हिन्दी बोल्छु भन्ने सोचाइ भएको मान्छे उनीहरुले बोल्ने भाषा बोलिदिएं । अनि के भन्छन ! “आपतो बहुत बढिया उर्दु बोल्ते हैं!” मैले यसलाइ हिन्दी भनेर भन्दा झण्डै युद्द होला भन्ने डर ! त्यस पछि त म भारतीयहरुसंग बोल्दा ठोकिदिन थाले, म उर्दु बोल्छु भनेर । भारतीयले हैन यो त हिन्दी हो भन्यो भने, पाकिस्तानीसंग भिडाइदियो, आफ्नो टन्टै साफ ! त्यहि भएर कसैलाई हिन्दी भाषामा जोक लेख्यो भनेर रीस उठ्यो भने देवनागरी भाषामा लेखिएको उर्दु भनेर पढिदिनुभो भने रीस आंफै शान्त हुन्छ !

ल शुरुवाति शायरी,

फूल गिर जाते हैं जब भी आप आते हो,
फूल गिर जाते हैं जब भी आप आते हो
जरा संभल के चला करो
बार-बार गमलों से क्यों टकराते हो ?


संता र बंता

बंता : संता ! तुम इतना परेशान क्यों हो ?
संता : मुझे यह बात समझ में नहीं आ रही है कि कैसे मेरा एक ही भाई है जबकि मेरी बहन के दो भाई हैं।


गाउंले संता
एक ग्रामीण (संता) अपने बेटे के साथ मॉल (shopping mall) में पहली बार घूमने गया। वहां उन्हें लिफ्ट दिखाई दी। दोनों ने लिफ्ट पहली बार देखी थी।

तभी वहां एक बुढ़िया आई। उसने बटन दबाया और दरवाजे के खुलते ही वह अंदर चली गई। दोनों बाप-बेटे इस नजारे को आंख फाड़-फाड़कर देख रहे थे। कुछ देर बाद लिफ्ट नीचे आई और उसके अंदर से एक लड़की निकली।

यह देखकर ग्रामीण संता चिल्लायाः बेटा जल्दी घर जा और अपनी मां को लेकर आ।

(last line has been removed on 28.11.2008-Panda)



नखोज्नु मलाई

बिजय कुमार श्रेष्ठ, मानकाजी तामांग
(हाल ईराक)

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा,
म त उजाड मरुभुमिमा हराई सकेछु ।

नसम्झिनु है मलाई कुनै खुशियालीमा,
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु ॥

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु ।

नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा
म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु ॥ ॥

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्रि आँधिमा बडारीन पो पुगी सकेछु ।

नखोज्नु है मलाई वरपिपलको छहारीमा,
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु ॥ ॥ ॥

नखोज्नु है मलाई जन्म भुमीको कुना कुनामा,
म त गाउँ घर छाडि समुन्द्र तरि पराई बनि सकेछु ।

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा,
म त अब परदेशि पो भैसकेछु परदेशि पो भैसकेछु ॥ ॥ ॥ ॥