November 24, 2008

माओवादी उपयोगिताबाद र कांग्रेसको दौडाह

शेखर ढुङ्गेल

उपयोगिता अनि भड्काउ रणनीति अपनाई आफु इतर उभिएका सम्पूर्ण राजनैतिक धारलाई फकाउँदै, उचाल्दै र पछार्दै सत्ता प्राप्त गर्न सफल भएको माओवादीलाई थाहा छ सरकार चलाउनु र आफ्नो बर्चस्व कायम राख्नु फलामको चिउरा चपाउनु भन्दा गाह्रो छ । त्यसो भनेर माओवादी नेतृत्व अव आफ्नो जनयुध्दताकाका प्रतिबध्दता जनसेना एबं कार्यकर्तालाई छोडेर एमालेको बाटोमा अवतरण गर्ने घातक काम गर्न पनि सक्दैन । त्यसैले सत्ताको नेतृत्व गरेको माओवादीले फुटाउ र राज गरु भन्ने पुरानै सिध्दान्तको उपयोगबाट अगाडि बढ्ने संकेत गर्दैछ ।

माओवादीले एमालेबाट आफु पक्षीय इतरलाई अनि हिजोसम्म कट्टर दुश्मन मानेको राजावादी पक्षधर हस्तीहरुलाई हरियो घाँस देखाउँदैछ । माओवादीले यसो गर्नुको पछाडि उनीहरुको अनुभव उपयोग गर्ने भन्दा पनि कांग्रेस-एमाले वा कांग्रेस र अन्य संसदवादी दलहरुलाई सामिप्य हुन नदिनु हो । माओवादीभित्र अविश्वास भ्रम अनि विवादको अझै डर भनेको कतै कांग्रेस-तीनैथरि राजाबादी दलहरु र स-साना दललाई एकत्रित गरी शक्तिशाली नबनोस् । त्यसो भएमा माओवादीले आजसम्म प्रयोग गरेको रणनीति असफल बन्नेछ । अन्तर्राष्ट्रिय जगतले समेत प्रजातान्त्रिक मोर्चाको साथ दिनेछ ।

माओवादीले सरकारको नेतृत्व सम्हालेपछि बिभिन्न गोप्य एवं सार्वजनिक कृयाकलापले भारत र अमेरिका झस्किसकेका छन् । माओवादीले दर्जनौं शान्ति सम्झौतामा गरेका प्रतिबध्दता पुरा गरेको छैन । माओवादीले जबर्जस्ती कब्जा गरेका सम्पत्तिको बदला सरकारले क्षतिपूर्ति दिने भनेर उल्टो देश लुट्ने उद्घोष गर्दैछ । चीनसित माओवादीको बढ्दो सामिप्य, पासाङ्लाई प्रधानसेनापति बनाउने र चीनमा उसलाई बिशेष तालिमको चर्चा, मन्त्रीहरुको गोप्य चीन भ्रमण र भेटघाटले भारत अमेरिका झस्केका हुन्- कतै चीनले बर्मालाई बाजले छोपेझैं छोपेर अमेरिका र भारतको छायाँसमेत पर्न नदिए झैं नेपाललाई चीनले त्यस्तै बनाउने त होइन भन्ने चिन्ता अमेरिकालाई बढेको देखिन्छ ।

यस्तो अवस्थामा माओवादीको लागि कांग्रेस इतरका स-साना दललगायत पूर्व दरबारिया र शैनिक अनि कर्मचारीको सहयोग प्राप्त गर्नु आवश्यक छ । जोसित कांग्रेसले ऐतिहासिक भूल गरी दुश्मनी बढाएको छ । पूर्व राजावादीहरु राजसंस्था खत्तम हुनुमा माओवादीभन्दा पूर्व प्रधानमन्त्री कोइराला नै बढी दोषी देख्दछन् । बयोबृध्द नेता कोइरालाले राष्ट्रपति बन्ने लालचमा अन्तमा पूर्व राजा ज्ञानेन्द्रलाई धोका दिएको भन्ने एबं विश्वास गर्नेको संख्या ठूलै छ । अर्का बृध्द नेता श्रीभद्र शर्मा भन्नुहुन्छः प्रजातन्त्र र राष्ट्रियताका लागि वीपीले राजासित सम्झौता गर्नु उचित देख्दथे भने गिरिजाले माओवादीसित सम्बन्ध बढाएको परिणाम देखिएको छ ।

त्यसै माओवादीले १० वर्षे ४० वर्षे योजना अघि सारेका छैनन् । त्यसभित्र ठूलै ग्य्राण्ड डिजाइनको अनुमान गरिएको छ । माओवादीले परम्परागत संसदवादी व्यवस्था वा माओको कम्युनिष्ट व्यवस्था दुबै असान्दर्भिक बताउनुको बीचको व्यवस्था कतै बर्माको स्वरुप त होइन जेहोस् माओवादी तत्कालै र सजिलै अव सत्ताबाट अवतरण गर्नेवाला छैन । चीनमार्फत अमेरिका र भारतको विरुध्द ढालको तर्जुमा गरिसकेको हो भने अधिनायकवादी शासनको गन्ध आएको मान्नुपर्छ । बचन प्रतिबध्दता दिने तर कार्यान्वयन नगर्ने माओवादी रणनीतिको अगाडि रुकावट बन्न कोही सकेका छैनन् । माओवादी आफु सृदृढ हुन अन्य दलका सदस्यलाई फकाउने अभ्यास गर्दैछ । कारवाहीको त्रासदीबाट बच्न राजावादी पूर्व प्रशासक माओवादीप्रति नजिक हुन लालायित देखिन्छन् । ‘मरता क्या नही करता’ भन्ने हिन्दी कथनजस्तै एकातिर उनीहरु माओवादीप्रति आकर्षित हुनु अर्कोतिर कांग्रेस वा अन्य दलसित राजावादी पूर्व प्रशासकहरु नजिक नहोउन् र आफ्नो हात बलियो पार्ने माओवादीको उपयोगिताबाद नीति स्पष्ट देखिन्छ ।

बदलिएको परिस्थितिमा नेपालको एकमात्र पुरानो र प्रजातान्त्रिक दल नेपाली कांग्रेस भने अस्तित्व बचाई राख्ने जोखिमपूर्ण पीडा बोकेर छटपटाइरहेको छ । यो दल असफल हुनुमा नेतृत्वको तानाशाही प्रवृत्ति नै एकमात्र कारण देखिन्छ । तानाशाही नेतृत्वकै कारण पुरानो कर्मठ त्यागी विव्दान कैयौं नेता-कार्यकर्ता पाखा लगाइए स्वयं पाखा लागे वा निस्कृय भएर बसेका छन् । कोही फुटेर कोही छुट्टिएर गए पनि यो ऐतिहासिक दललाई फरक नपर्ने भनी अति अहम्कारी बक्तव्य समेत नेतृत्व बर्गबाट आयो । कत्ति फरक पर्‍यो  कि परेन त संविधानसभा निर्वाचनको परिणामले देखाइदियो । तमलोपा फोरममा गएका कांग्रेस सदस्य र तिनको संख्या जोड्दा कांग्रेस आज पनि अग्रपंक्तिमा छ । ती नेता कार्यकर्तालाई समेट्नुको साटो घचेट्ने अदूरदर्शी कांग्रेस नेतृत्वको कारण यो दलको यस्तो दर्दशा भएको छ । स्वदेशमा मात्र नभै विदेशमा पनि कांग्रेस समर्थकहरु शर्मनाक बिबादमा अल्झिएर एकले अर्कालाई नङ्ग्याउँदैछन् । केन्द्र मूकदर्शक बनी तमासा हेरिराखेको छ । या त एकत्रित गर्न सक्नुपर्छ या बिघटन गरी अर्को समिति बनाउनु पर्छ त्यो गर्न कांग्रेसको नेतृत्व पक्ष असफल देखिन्छ ।

अरु त अरु संविधानअनुसार संसदीय दलको नेता आजसम्म चयन गर्न सकेको छैन । बिना औपचारिक प्रकृया र निर्णय नै गिरिजाबाबु स्वयं संसदीय दलको नेता मै हुँ भन्दैछन् । कार्यकर्ताको लागि यो जस्तो लज्जास्पद तानाशाही प्रवृत्ति के होला यस्तो अहम् र तानाशाही कांग्रेसको नेतृत्वले देशको लागि आवश्यक प्रजातान्त्रिक मोर्चा बनाउने पहल एवं नेतृत्व गर्ने मनोबल कसरी प्राप्त गर्नसक्छ कसरी विश्वासमा लिन सक्छ आफु इतरका राजनैतिक दलहरुको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले माओवादीसित बाह्र बुँदे सम्झँैता हुनुभन्दा अगाडिदेखिनै प्रजातान्त्रिक मोर्चाको आवश्यकता बताउँदै आएका थिए । तर कांग्रेसको अहमताले कार्यान्वयन हुन पाएन र आज देश बामपन्थीकरणको घेरामा फस्नपुग्यो ।

गिरिजाबाबुलाई प्रजातन्त्र मासिन लागेकोमा चिन्ता त छ कसरी जोगाउने जवाफ वहाँसित छैन । वहाँकै हातबाट कांग्रेसको नेतृत्वमा बनाइएको संविधानको अवशान भयो । कांग्रेससितै सम्झौता गर्दै प्रजातान्त्रिक पध्दति अगाडि बढाउन सहयोग गरेको राजसंस्थालाई बिस्थापित गराउनु भयो । परम्परागत रुपमा कांग्रेसको ढाल बनी सहयोग गरेका शक्तिहरुलाई लत्याउनु भयो । अझै पनि कांग्रेसको नेतृत्वमा चेत खुलेको छ भने प्रजातान्त्रिक संविधान बनाउन एक सशक्त शक्ति निर्माण गर्नुपर्छ र माओवादी इतरका सम्पूर्णशक्तिलाई एकत्रित गरी अगाडी बढ्नुको बिकल्प छैन । नेतृत्व जोसुकैको होस् सबै संसदवादी दल एवं शक्ति एक भई यो संवेदनशील अवस्थामा देशलाई पार लगाउने व्दन्व्द र त्रासमुक्त देश र समाज निर्माण गर्नु आवश्यक छ । सत्ताबिमुख हुनुपर्दाको तीतो फ्याँक्नमात्र क्रान्ति होइन क्रान्तिको उद्देश्य लक्ष्य र गन्तव्य समेतको स्पष्ट सिमाङ्कन पनि जनतामा राख्नुपर्छ । माओवादीलाई सत्ताबाट झार्नमात्र क्रान्ति गर्ने हो भने त्यो स्वयम् कांग्रेस र देशको लागि झनै प्रत्युत्पादक बन्नेछ ।.



श्रद्दान्जली स्रष्टा थापालाइ

हस्त गौतम मृदुल

एउटा तारा मुरयॊ शोकाकुल पारी।
पाइदैन दर्शन कठै गयो मायाँ मारी।

स्तब्ध पारीकन भौतिक चोला छोडयौ।
कैले भेट नहने गरी पाइलाहरु मोड्यौं।

अनयासै दुखद खबर धर्तीभरी छायो।
श्रद्दान्जली अर्पणने कस्तो बेला आयो।

एउटा फूल झर्‍यो बोटै सून्य पारी।
पाइदैन दर्शन कठै गयो माया मारी।

दिवंगत आत्मामा मिलोस चीर शान्ती।
बाँचिरहोस ह्रदयमा स्मृतिको कान्ती॥

हजारौका ति ह्रदयमा जिवन्त भै रहे।
श्र्दद्धिय स्रजक तिमी अजर अमर भए।

एउटा दियो निभ्यो अन्धकार छरी।
पाइदैन दर्शन कठै गयो माया मारी।



हाम्रा सामु रहेनन् ज्वजल्यमान तारा

बिजय कुमार श्रेष्ठ
धादिङ्ग, हाल जोईन्ट वेश
बलाद ईराक

अब रहेनन् हाम्रा सामु पि्रय गायक राम थापा ।उहाँ २०१५ साल मंसिर महिनामा काठमाडौको कमल पोखरीमा बुबा हस्त बहादुर र आमा हिरा कुमारी थापाको कोखबाट जन्म लिनु भएको थियो । उहाँ हस्त बहादुरका साहिला छोरा हुनु हुन्थ्यो ।हुने बिरुवाको चिल्लो पात भने झै उहाँ सानै उमेरमा तृष्ण दिमाखका हुनु हुन्थ्यो ।सानै उमेरमा कसैले गुन गुनाएको देख्दा उहाँ त्यो गुन गुनाएको घुनमा तल्लीन भएर सुन्नु हुन्थ्यो । परिवारको ठुलो सँख्या भएकोले आफनो पढाई पश्चात उहाँ प्रहरी सेवामा पनि सेवा गर्नु भयो । उहाँ अति मिलनसार र नरम स्वाभावका हुनु हुन्थ्यो । उहाँ सँगित भन्ने बितिक्कै मरि हत्ते गर्नु हुन्थ्यो ।उहाँले सँगितको स बाट सुरु गर्नु भएर सँगित क्षत्रको ज्ञ सम्म पुरा गर्नु भयो । आफुले जानेको बिधालाई आफूसँग मात्र सिमित राख्न हुन्न भन्ने उहाँ उदार बिचार थियो ।

नेपालको मुटु मानिने काठमाडौ जस्तो ठाउँमा जन्म लिएर पनि उहाँले खोलानाला बनपाखा र कुनाकन्दरालाई रसाई दिनु भयो।उहाँले लेकबेसी मेलापात जादाँ गाउने गित देखि लिएर आधुनिक र नेपाली फिल्मी क्षेत्रको समेत गित गाई सक्नु भएको थियो । उहाले दर्शकको मन सारै राम्रासँग जित्नु भएको थियो । कुनै पनि कार्यक्रमहरुमा राम थापाको उपस्थितिमा हुन गई रहेको रमाईलोको स्वाँद अझ बढि हुन्थ्यो उहाँ हसिलो मुहार र हृदय छुने गितको भाकाले गर्दा समय बितेको पत्तै पाउदैन थियो । उकाली आराली र पाँखा पखेरामा उहाँको लयले साथ दिन्थ्यो हामीहरुलाई । अति सरल र नेपाली पन झल्केको हुन्थ्यो उहाँको लयमा को सानो को ठुलो को पढेका को नपढेका सबैले सजिलैसँग बुझने सरल तरिकाबाट स्पस्र छुने खालका हुन्थ्यो उहाँका भाँकाहरु । उहाँ आफनो राष्ट्रमा मात्र नभएर अन्तराष्ट्रिय स्थरमा पनि चिर परिचित हुनु हुन्छ । बिबिसिले सन् २००२मा विश्वभर सर्वेक्षण गरि छानेका १० उत्कृष्ट मध्यमा उहाँले गाउनु भएका ऋतुहरुमा तिमी बोलको गितले सातौ स्थान हासिल गर्न सफल भएको थियो ।त्यसैले उहाँलाई बहुप्रतिभाको प्रतिकको रुपमा पनि हामीले पाउन सकिन्छ ।अति मिलनसार उहाँको नजरमा को सानो को ठुलो भन्ने भिन्नता हामीले कहिले पाउन सकेन ।आफुले हासिल गरेको विधाहरु सबैलाई समान तवरले बाड्न चाहान्थे ।उहाँ गायककार मात्र नभएर संगितकार पनि हुनु हुन्थ्यो । २०३५ सालमा कल्पनाको नौलो संसार भन्ने गितको बोलमा उहाँले संगित भरेर आधुनिक सँगीतको सुरुवात गर्नु भएको थियो ।पाँच सय जति गितमा उहाँले सँगीत भर्नु भएको थियो ।उहाँले दोस्रो नेपाली तारा २ मा निर्णायकको भुमिका निर्भाह गर्नु भएको थियो ।उहाँलाई हामी बहुप्रतिभाका धनी भनेर चिन्खछौ ।उहाँको जीवनमा नैरास्यता भन्ने कुराले बास गर्न पाएन आफुलाई भन्दा अरु साथि भाईको खुशिमा उहाँ प्रशन्न हुनु हुन्थ्यो ।

उहाँमा एउटै कुराको कमि थियो ।त्यो हो आफुले चाहेर न त किन्न नै सकिन्थ्यो न त बनाउन नै त्यो थियो भगवानले प्रसादको रुपमा हामी मानव जातीको वंश फहिलाउनको निमित्त दिएको उपहार पुत्र उहाँमा अतृप्तृय थियो ।नभएको त होईन तर के गर्ने बिधिको बिधानलाई कस्ले रोक्न सक्छर एउटा भएको छोरा पनि दुष्ट कालले चुडेर लग्यो ।साढे दुई करोड नेपालीको मन जितेर उहाँले आफू गायक राम थापा हो भन्ने कुराको परिचीत हामीलाई गराउनु भएको थियो ।उहाँका स्वाँर यो मरुभुमीमा पनि गुन्जयमान छ के यूद्ध भुमि के शान्ति भुमि हामी जहाँ गए पनि उहाको मधुरमय स्वार हाम्रो कानमा गुन्जि रहने छ ।ति पहरा कंदराहरुमा गुन्जि रहेको छ आज पनि राम थापा भनेर नचिन्ने विरलै होलान् उहाँलाई नचिन्नेले पनि उहाँको मधुर स्वाँर गुन्जना साथ यो त राम थापाको परिचय हो भनेर अड्कल काट्दछ ।आफनो जीवन संगीनी एक्लो पारेर र हामीलाई मर्माहत बनाएर छाडि जानु भएको छ ।

उहाँका कृतिहरु यस्ता थियो । ‘लेकाली हो चोयाको डोको’, ‘कटहर कटहरमा’ , ‘हाई हाई वनकाली माई’ , ‘पहाड झुक्नु पर्छ आँधि रोक्नु पर्छ’ , ‘ऋतुहरुमा तिमी’ जस्ता गितहरुले नेपालीहरुको मन मुटु चुमेका थियो ।उहाँले संगित भरेका केहि गितहरु यस्ता थियो ‘टाढैबाट देख्दा’, ‘तिम्रै गालाको’, ‘तिमी त्यसै लजायौ’, ‘थामेर किन छाड्यो हातहरु’, ‘छिटको साडी’ , ‘कहिले यो मन खहरे’ लगायतका दर्जनौ गीतको लोकपप्रीयताको मानक नै बनाएका छन् ।आज हाम्रा सामु रहनु भएन ।उहाँ अमर हुनु भयो ।उहाँ रहनु नभए पनि उहाँका कृतिले हामीलाई नजिक बनाई रहने छ । आज हामी यो यूद्ध भुमिमा रहेर पनि हामीलाई कोशेली स्वारुप आफनो मधुरमय स्वर छाडेर जानु भएको छ ।हामी परदेशमा भएर के भयो र उहाँको पर्थिवशरिर नरहे पनि उहाँ हाम्रो मनको तरङ्गमा जिवित हुनु भएको छ र अमर हुनु भएको छ ।कलाकारलाई देशको गहना हो भनेर सँज्ञा दिने ती हाम्रा देश बाहाकहरु देशको संगितस्त्रष्टाको निधन हुदाँ श्रद्धान्जली सभामा भाग लिन समेत उहाँहरुलाई फुर्सद मिलेन आफनो नातागोता पार्टिका कार्यकत्ता भएको भए लाखौ खर्च गरेर देशको ढुकुकीमा पौडि खेलेर प्लेन चार्टर गरेर भए पनि उपस्थित हुने थियो । यो नाताबाद-कृपावादको घृणित राजनितिक संजालले कहिले सुधारबादको निति लिने हो ।खाली भाषणको शासनले यो स्वास्च्छ हराभरा सुन्दर शान्त नेपाललाई भाषणी खोल ओडाई दिएर अन्धकारमय बनाई दिएको छ ।


नेपाली मन परदेशि बसाई भए पनि हाम्रा संगित क्षेत्रका जाज्वल्यमान तारा सगितस्त्रष्टा राम थापालाई मेरो र मेरा मित्रहरुबाट हार्दिक श्रद्धान्जली व्याक्त गर्दछौ ।
श्रद्धाजली व्याक्त गर्ने प्रवासी मनहरु:


बिजय कुमार श्रेष्ठ, धादिंग
राम प्रसाद पन्थ, धादिङ्ग
बिष्णु रेग्मी, काठमाडौ
प्रेम पाठक, बुटवल
हरि खनाल, अर्घाखाँची
किसोर श्रेष्ठ, ललितपुर
मान बहादुर श्रेष्ठ, पोखरा
मान काजी तामाङ्ग, सोलुखुम्बू