यसपाली दशैको टिका लगाउने ठुलो धोको सहित नेपालको लागि परिवार सहित हिडियो । जुरिख पछि नया दिल्लीको एयरपोर्टमा पुगे पछि नेपाल समिप्य आएको जति महसुस भयो यहा नेपालीहरु प्रवासमा नया जिवन खोजेर जान चाहने को ताती देखेर मनमा चिसो म लगायत सवैलाई परेको अनुभव भयो । एयरपोर्टको ट्रान्जिटमा करिव १०० नेपाली दाजभाइमात्र नभई दिदी वहिनी कतै खुसी त कतै भविष्यको आसकांले आक्रान्त पारेर दिल्ली मा आफनो प्लेन पर्खदै गरेको दुष्यले सवैको मन चस्स छुयो । राती १ वजे देखि विहान ६ वजे सम्म नेपाल जान प्लेन पर्खेर वसेको म लगायत अरु को आखा वाट एक पछि अर्को गर्दै नेपाली भविष्यको कामना गर्दै दशैको मुखमा अरव लगायत इजराइल इराक अफगानिस्थान जादै गरेको देखियो ।
के यसरी जाने मध्ये सवैको भविष्य सुनिस्चित छ र मनमा यस्तै कल्पना गर्दा गर्दे एक जना कुनामा वसेर रोइ रहेको दृष्य कति करुणामय थियो कि सवैको आखा रसायो । भएछ के भने साउदीको लागि रिन काटेर जानलागेका ति दाइको भिसा र पासपोर्टको इस्यू डेट फरक परेको रहेछ । उनलाई छोडेर सवै गए अनि उनि एक्लै। केही जान्दैनन निरक्षर ति दाइलाई के भएको समेत थाहा रहेन छ । २ दिन भयो केही नखाएको अव के गर्ने र कहा जाने थाहा छैन । एक जना साथीले हतपत आफु संग भएको खाना उनलाई दिइ पछि उनको मुहार मा अलिकति उज्यालो देखा पर्यो।
मैले यहा नमस्ते युरोप वाट यो भिडियो साभार गरेको छु जसमा मलेसियामा नेपालीको स्थितीको वारेमा त्यहा स्थित नेपाली राजदुतले जानकारी दिएका छन ।यस्तो दृष्य र स्थितीवाट वच्न नेपाल सरकार र हामीले पनि केही गर्नु आवस्यक छैन र - तर के गर्न सकिन्छ लेख्न अनुरोध छ ।