October 5, 2008
वैध-अवैधको सर्मनाक खेल
नेपालको एकमात्र जेठो र प्रजातन्त्र एवं मानवाधिकारको लागि संघर्ष गरेको राजनीतिक दल नेपाली कांग्रेस आफ्नो लक्ष्य हासिल गर्न सफल भए तापनि सदुपयोगिताको अपरिपक्वता हुँदा प्राप्त सफलता र स्थापित धरातलसमेत धराशायी हुन पुगेको छ । १७ साल अगाडिको दलभित्रकै गुटबन्दीले कमजोर बन्न पुगेको यथार्थतालाई कांग्रेसले शिक्षाको रुपमा लिन सकेन- २०४७ सालपश्चात् । दलभित्रकै गुटबन्दीले प्राप्त संविधान व्यवस्थाको अन्त्य हुनपुग्यो । स्थापनाको सैद्धान्तिक नीतिमा विचलन आयो र दलकै अस्तित्व रक्षाको लागि चिन्ता गर्नुपर्ने अवस्थ्थामा कांग्रेस आएको छ । जनताले ससम्मान उच्च स्थ्थानमा पुर् याएका हुन् देशको साँचो सुम्पिएका हुन् नेपाली कांग्रेसलाई । तर ऊ त्यसको सम्मान सदुपयोग गर्न असफल भयो- आन्तरिक चरम विवादमा फसेर । प्रसङ्ग विभिन्न् उद्देश्य र बहानामा विदेश पुगेका विषेश गरी अमेरिका र बेलायतमा कांग्रेस समर्थकहरुका नाममा भैराखेका कथित वैध र अवैधको स्तरहीन विवादको हो । यसको प्रचार-प्रसारले कांग्रे्रस मात्र नभै निस्वार्थ रुपमा यो दलको भलो र प्रगति चाहने नागरिकहरु लज्जित भएका छन् । श्रद्धेय नेता स्व। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि दासत्वबाट मुक्ति पाउन भनी उद्घोष गरी अलग्गिएपछि विभाजित मानसिकताको घाउ दिनानु दिन घट्नुको साटो बढ्दै गएर स्वदेशमा मात्र नभै त्यो सिथिल अस्वस्थ बनाउने रोगले विदेशमा पनि नराम्रोसित गाँजेको देखिएको छ र मपाईंको यो असाध्य रोगले सर्वपक्षीय अहित गरिरहेको छ । अस्थिरता अव्यवस्थ्था अनैतिकता अक्षमताको एउटा पाटो बनिसकेको नेपाली कांग्रेसको छविलाई प्रजातन्त्र र मानवाधिकारको आवरणले ढाक्न नसक्ने बातावरण यस्ता विवादित चर्तिकला बनाउँदै लगेका छन् । त्यस्तै वातावरणमा पिल्सिल्सएर दल देश व्यवस्थाले केही दिएन भनी चप्पल ठटाएर विदेशिएका कथित खाँटी कांग्रेस भनाउन चाहने युवाहरु भर्खर अलिअलि बाक्लिंदै गएको नेपाली समाजमा विभाजनको दूषित रेखा कोर्न तम्सिनु जायज एवं बुद्धिमानी हो कि होइन भनी छुट्याउन असफल देखिएका छन् । त्यसमा पनि म वैधानिक अवैधानिक देख्ने दृष्टिभ्रमको असाध्य रोगले विशेष गरी अमेरिका र बेलायतमा संक्रमणकै रुप लिएको प्रमाण स्वरुप पत्र-पत्रिकामा आरोप-प्रत्यारोपका श्रृंखलाको प्रकाषणबाट देखिन्छ । त्यसका साथै विभिन्न कार्यक्रमको बहानामा आ-आफ्ना पहुँचका नेता बोलाउने हनुमान बनी भक्ति देखाउने होडबाजी र विवाद नेताले आफ्ना कार्यकर्ता सहायक बनाई लेराई तत् तत् देशमा छोडिजाने अनैतिक पदीय गरिमा प्रतिकूलका कार्यका समाचारले त झनै बेइज्जत गराउँदै लगेको छ । बेलायतमा हालै दलका कार्यवाहक अध्यक्ष सुशील कोइरालालाई बोलाउँदा भएको खर्चका बारेमा अनियमिताको आरोप निलम्वनजस्ता सर्म्रनाक समाचार त्यसको खण्डनमा अर्को समाचारहरुले यस्ता कांग्रेस सम्पर्क समितिहरुको नियत पनि पर्दाफास भएको छ । सुशील कोइरालाको बारेमा अमेरिका भ्रमणका बेला प्रकाशित समाचार सुजाता कोइराला समेतले मानिससित पैसा लिई विदेश पठाउने गरेको भन्ने समाचार सम्प्रेषण गरेर स्वयं कांग्रेसहरु एकले अर्काको पोल खोल्दै नङ्ग्याउने गरिराखेका छन् । अझ एकले अर्कोको विरोधमा निकालेका व्यक्ति-व्यक्ति र समूहका प्रचारबाजीले यी दुबै पक्ष झट्केला सावित भएका छन् । स्मरण रहोस् झट्केलाले घरको इज्जत होइन आफ्नै स्वार्थ मात्र देख्दछ र खोज्दछ अनि त्यहाँ अशान्ति र मुद्दाहरु हुन्छन् । यिनीहरुका आरोप-प्रत्यारोप देख्दा भारतमा रेलको यात्रा गर्दाको दृश्य सम्झना आउँछ । के देखिन्छ भने खेतमा पुरुष हुन् कि महिला मुख छोपेका हुन्छन् तर तल नाङ्गै- त्यस्तै हाल छ यिनीहरुको विवादको । पार्टीको केन्द्रीय नेतृत्व त्यतिकै हास्यास्पद निर्णय गर्दछ- कसैलाई समर्थन र कसैलाई विरोध गरेर अमेरिकाको कानुनअनुसार विदेशको दलीय राजनीति यहाँ गर्न छुट छ कि छैन मलाई ज्ञान त छैन तर कुनै उद्देश्य राखी कानुनी दायरामा दर्ता भै राजनीतिक कि्रयाकलाप गर्न विदेशी राजनीतिक दलले उर्दी र निर्देशन जारी गर्नु कानुन संगत छ कि छैन गम्भीर सवालप्रति बेवास्ता गरिएको छ । नेपालको कानुनअनुसार दर्ता भएका राजनीतिक दलका समर्थकहरुले अमेरिकामा बेलायतमा राजनीति गर्न पाउँछन् कि पाउदैनन् स्पष्ट हुन जरुरी छ कि छैन कथम् कदाचित नेपालको राजनीतिक दल िहंसात्मक गतिविधिमा जातीयता क्षेत्रीयताका लडाईँमा संलग्न भए भने ती दलका समर्थनमा विदेशमा राजनीति गर्नेहरुलाई ती देशको कानुनले कस्तो हैसियतामा राख्ला ?आफ्नो घर-परिवार जन्मभूमि छोडी केही गर्ने उद्देश्य लिई आएका र यी देशका राजनीतिक वातावरण व्यवहार बुझिसके पछि पनि नेता बोलउने राजनीतिक गतिविधि गर्ने ती नेताबाट हुनुमानको प्रमाणपत्र लिने काम गर्नुभन्दा बरु त्यहाँ खर्च हुने बराबरको रकम देशका मुखभरी बाढी माओवादी पीडित आफ्नै दलसमर्थक गाउँ गाउँका दुःखीहरुलाई दिएमा के इज्जत घट्दछ आखिर श्रद्धेय नेता बी।पी। ले केही निर्णय गर्नुपर्दा देशको माटो र गरिब जनताको अनुहार सम्झनु भन्नु भएको थियो नि होइन र एक त सानो नेपालीको समूह त्यसमा पनि को कुन ग्रुपको कांग्रेस र अरु को को भन्ने खोजी गुटबन्दी र विवादले सानातिना नितान्त साँस्कृतिक सामाजिक र सामूहिक कार्यक्रममा समेत भाँजो हाल्ने काम यस्ता सम्पर्क समितिमार्फत् भैराखेको गुनासो सर्वत्र छाएको छ । आ-आफ्ना पक्षको मानिसको सिफारिस र छनौट गर्नेजस्ता निकृष्ट काम विदेशी भूमिमा आइपुगेर पनि नछोड्नु विडम्बना नै भएको छ । राजनीति गर्ने रहर भएकाहरु कि त स्वदेश जानु कि त सक्ने दक्षता योग्यता भएकाले जो जुन देशमा वा शहरमा छ त्यही देश र कानुनी दायरामा त्यही देशको राजनीति गरे त सबै नेपालीले सगौरब सहयोग पनि गर्दथे नेपालीको एकतामा पनि सहयोग पुग्ने थियो कि ?
अन्तमा यो लेख पढेर कांग्रेस समर्थकको नाममा खरानी घस्नेहरुको धमिलो आँखाले यो पक्तिकारलाई कुनै पदवी दर्जा नदिनु होला म एक मात्र प्रजातन्त्र स्थायित्व मानवाधिकार स्वतन्त्रताको लागि बिनाझण्डाको स्वतन्त्र नागरिक हुँ ।
दौंतरीमा १ बर्ष
दौंतरी साथिहरुकै उर्जाले खोलीएको र साथिहरुकै उर्जाले चलिरहेकोले दौंतरीलाइ सधै संपुर्ण मित्रहरुले आफ्नै ब्लग सम्झिनुहुन आग्रह गर्दछु। जब संचार जगतमा भक्तीभावको गिता मात्र पाठ भएको महशुस गरियो र स्पष्ट बिचार राख्नेको कलम खोसिएको महशुस भयो, तब स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ भनेर दौंतरीको उदय भयो। ब्लगको सुन्ना अनुभव भएको मैले दौंतरीको बागडोर समातेको थिएं। थुप्रै उत्तम नेपाली ब्लग तथा राम्रा नेपाली संचार वेवपेजहरु स्थापित भइसकेको अबस्थामा एक महिना जती निकै न्युन ब्यबस्थापनमा बल्ग चल्दा निकै हिनताबोध भएको थियो। पेजलाइ स्तरीय बनाउनु र स्तरीय बिचार प्रकाशन गर्नु चुनौती त छदैछ, वेब पेज ब्यबस्थापनको राम्रो ज्ञान नहुनुले निकै कठिन मोडमा पुर्याएको थियो भने ब्लग समाग्रीको कहिले कांही अभाव हुदा कनि कुथी म आफैले नि पान्ना भर्ने काम गरेको थिए। तर समग्रमा एक बर्षलाइ हेर्दा सबै दौंतरीले मित्रहरुको प्रशस्त माया पाएको छ भने स्तरिय लेख र रचनाहरु निरन्तर प्रकाशन भइरहेका छन तथा प्रावाधीक सहयोग पनि प्राप्त भइरहेको छ।
दौंतरी सबै माझ पुराउन जोड गर्दा थुप्रै मित्र तथा संस्था बाट निकै सहयोग मिलेको थियो भने कुनै साइटमा दौंतरी शब्द नै सेन्सर हुन पुगेको थियो। एक दुइ पटक त गालि भरिएका पत्रहरु र कमेन्ट पनि प्राप्त भएका थिए। नेगेटिभ बारे कुरा गर्दा केही मित्रहरुलाइ दौंतरीमा लेख्न हतोत्साहित पनि गरिएको मैले भेटाए। तर मलाइ लाग्दछ कलम कैले पनि तरवार संग झुक्दैन र स्पष्ट बिचार कहिले पनि कैद हुने छैनन। हुन त एउटै इभेन्टलाइ बिभिन्न कोणबाट हेर्नेहरु भेटीन्छन। हाल सालै भएको प्रचण्डको अमेरीका भ्रमणाइ कसैले पारिबारीक भ्रमण भने तथा कसैले इतिहासकै सानो र चुस्त टोलीको रुपमा चित्रित गरे। यो भ्रमण बिगतमा भएका भन्दा निकै उत्पादक भनेर ब्याख्या गरियो भने कसैले सयौं मुलुकका राष्ट्र प्रमुखको मेलामा प्रचण्डले पनि मेला भरेको स्पष्टाए। संयुक्त राष्ट्र संघको भ्रमणलाइ यसरी हेरीन्छ भने कतिपय महत्वपुर्ण कुराहरुलाइ सहि र खुला बिचारले सधै सप्ष्ट पारिनु नेपालीहरुको लागी सधै खांचोको कुरा पर्दछ।
जहिले पनि समुहको उर्जा समेटेर हिड्दा त्यो उर्जा समुहमै हराउने सम्भावना उत्तिकै हुन्छ। त्यो मलाइ सबैभन्दा ठुलो डरको बिषय थियो। केही मित्रहरुले त्यस्तै अनुभव सुनाउनु भएको थियो र बिचमा केही सक्रिय साथीहरु नपाउदा म पनि दौंतरीको त्यही नियती हुन्छ कि भनेर निकै अत्तालिएको थिए। तर केही मत्रहरुको निरन्तर सक्रियताले पुन साथिहरुका सहयोगी हात दौंतरीमा आइपुगे। मैले ब्होरेका १ बर्षका समस्टिगत अनुभव यिनै हुन। तपाइहरुका अनुभव, अपेक्षा आदी के छन त्यो पनि बाड्नुहोला। दौंतरी स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ सधै भइरहोस।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अलमलियको प्रदेसी
purushottam subedi
–beljiyam
चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र ।
संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।।
बढे जस्तो लाग्छ मलाई - नास्तिक को बाहुल्यता ।
आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।
धर्म संग आस्था राख्ने - हिन्दू भन्न शरम मान्ने ।
कस्ता धार्मिक भेटें मैले -चाड बाड पारी रक्सी तान्ने ।।
दसैं आउछ त्यसै जान्छ -थाहै छैन के हो दसैं ।
कर्कलुको पानी जस्तो -थाइ होकी आस्थाइ बसाइ ।।
नेता हुन दौडीरहेछन -संस्क्रिती र देस बिनाको ।
सबै पराइ जस्ता लाग्छन -छैन यहाँ मन चिनेको ।।
धनको धक्कु लाउदै हिंड्ने -समयको ख्याल न गर्ने ।
१२ जना को जमात भेटे -भाइटल पोस्टकै दाबी गर्ने ।।
समाज सेवा गर्छु भन्छन -अप्सर बादको पोको बोकी ।
सिद्धान्तका कुरा गर्छन् - बनी आफै साधु होकी ।।
नेपाल देखी पुजीबादको - पोको बोकी आका सबै ।
समयको बाढि छोपी -नेतै नेता भाछन सबै ।।
बिचार सबका हुन्छन आफ्नै -मानवताको आस्था संग ।
ब्यभिचारी बढ्न थाले -आस्था सबै भता भुंङग ।।
तिथी मिती बिर्सि सके - बिर्से सबले घरबार पनि ।
हिसाब किताव गर्नु पर्दा - भांच्छन औंला गनी गनी ।।
पढाई लेखाइ सुन्य डिग्री - सिस्नाको झ्यांङ हलो ।
मुर्ख को साथ पछी लाग्दा - कस्को होला भलो ।।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest