सानै छंदा कतै पत्रिकामा यौटा कार्टुन चित्र देखेको थीएँ । यौटा पसल बाहिर टाँसिएको मुल्य सूचिको चित्र थियो त्यो । संझनाका आधारमा लेख्दा चित्र करिव करिव यस्तो थियो :
हालै हाम्रा प्रधानमन्त्रीको चिन भ्रमण र त्यसपछि आएका बिभिन्न स्पष्टिकरण, तर्क-कूतर्क अनि वक्तव्यले मलाई त्यो चित्रको सम्झना गरायो ।
पहिला त हाम्रा प्रधानमन्त्री चीनतर्फ हिडें, अनि लगत्तै उनलाई ‘हिरो’ देख्ने र बनाउन खोज्ने पत्रिका, ब्लग र समुहले उनको यो महान शाहसिक कदमलाई ‘परम्परा तोडेको’ भनेर खुब भजन गाए। यता यो भजन र स्तुतिमा रमाउनेहरु रमाउंदै थिए भने उता ठूल्दाईको तर्फबाट यो भ्रमणको बारेमा असन्तुष्टिहरु देखीन थाल्यो ।
सामान्य नागरिकका हिसाबले हामिले पत्र-पत्रिकामा देखिएका वक्तव्यबाजि र ‘यस्तो भयो रे’, ‘यस्तो भन्यो रे’ भन्ने मात्रै सुन्यौं, तर कुरो पुग्नु पर्ने र सुन्नु पर्नेकहाँ दरिलो उदघोष नै पुगेछ । अनि तुरुन्तै हाम्रा शाहसिक प्रमले ‘शुद्ध असली दूध’ लाई ‘असली दूध’ मात्रै भएको वक्तव्य जाहेर गरि हाले: “हैन, म पहिलो राजनैतिक भ्रमण त भारत कै गर्छु! … ”, “… अहिले त म ओलम्पिक खेल मात्रै हेर्न गएको थीएँ … पुरानो परम्परा कायम रहने छ … ” मानौ यसपछि उनलाई चीनले पून: एकचोटि ‘राजनीतिक भ्रमण’को निम्तो दीईसकेको छ ।
हाम्रा प्रम चिन गए, त्यहाका राजनैतीक नेता र देशका प्रमुखहरुसंग पनि भेटे, वार्ता गरे तर ति सबै खेल हेर्ने बेलामा अचानक भेट भएर गरीएको भेट-वार्ता रहेछन भनेर बुझ्नु पर्यो अब हामीले । अनि उनले ‘म पहिलो राजनैतिक भ्रमण त भारत कै गर्छु’ भन्नुको मतलब के हो त! ‘दोस्रो राजनैतीक भ्रमण चाहि चिनको गर्छन त?” । यो सोचनिय बिषय छ । हाम्रा शाहसिक प्रमले के कति बचन, दबाब वा प्रतिक्रियाका कारण यस्तो बोल्नु पर्यो त्यो त उनै जानुन, तर जहासम्म चिनको बिषय छ मलाई लाग्दैन की चिनले पनि उनको यो भ्रमणलाई ‘खेलकुद भ्रमण’ घोषणा गरेर फेरी ‘राजनैतीक भ्रमण’ को निम्तो दिनेछ ।
चिन भारतको अगाडि ‘दूध’ देखाएर त्यसमा ‘शुद्ध असली दूध, असली दूध वा दूध’ को भेद गरेर स्पष्टिकरण दिएर पक्कै बस्ने छैन ।
केहिदिन अगाडिसम्म निक्कै गरम रहेको प्रमको भारत भ्रमणको “ईश्यू”लाई प्रम स्वयंले ‘यो शुद्ध असली दूध थिएन असली दूध’ मात्रै थियो भनेर मत्थर पार्ने प्रयास गरे। तर सुनिन्छ ठुल्दाईलाई यो कुराको अझै चित्त बुझेको छैन । केहि दिन अगाडि केहि भारतिय अनलाईन समाचारमा आएका टिका टिप्पणीले पनि यो कुरा प्रष्ट पार्छ ।
माथी भने जस्तै चीनलाई भारत संग डराउनु पर्ने कुनै कारण नभएकोले यो बिषयलाई शब्दजालको खेल बनाएर यो सक्कीसकेको भ्रमणलाई ‘राजनैतीक’ हो वा ‘गैह्र राजनैतीक’ के थियो भन्ने व्यर्थ खेलमा पक्कै पनि चिनले टाउको दुखाईरहने छैन । तर यता यसलाई ‘शुद्ध असली दूध होईन असली दूध’ मात्रै हो भनेर पनि धर पाएनन् भने हाम्रा प्रमले कुनै दिन यो ‘शुद्ध दूध पनि थिएन केवल दूध’ मात्रै थियो भनी आर्को वक्तव्य नतेर्स्याउलान भन्न सकिन्न । त्यस्तै अबस्थामा ‘यो नितान्त व्यक्तिगत भ्रमण थीयो’ भने र प्रमको बक्तव्य आयो भने यो ठरकिलाई भने आश्चर्य लाग्ने छैन ।