August 5, 2008

कविता - मलामी समय

कृष्ण प्रसाई
टेलिभिजनहरुमा
अखवारका मुख्य समाचारहरुमा-
र रेडियोका सम्वादहरुमा
निकै अघिदेखि-
म भेटिरहेछु तिमीलाई
मन पगाल्ने नाराहरुमा-
विकास बोकेका वाचाहरुमा
तर दिनहु लगातार तल झरिरहेँ म
हराई रहेँ आफ्नो देशको सिमानाबाट निरन्तर
जति खेर तिमी सर्वत्र छाएका थियौ-
सत्तामा
शक्तिमा
र शासनको वागडोरमा-
मेरा धेरै चेलीहरु वेचिए विदेशमा
अझै दुख काटिरहेछन्
एकसरो लाउन -
एक पेट खान
र मात्र जीवन जीउने नाममा-
विदेशका ताता घामहरुमा
वाध्य छन् -
वेचिरहन शरिर
आफ्ना मालिकहरुलाई ।
मालिकका छोराहरुलाई ।
छोराका पाहुनाहरुलाई ।
कसरी सम्झाउँ म तिमीलाई !
समयले कोल्टो फेरेको कुरा-
जनताको युद्धमा हारेपछि
तिमी रावण भै सक्यौ भनेर ।
नयाँ रामहरु उदाएका छन् आकासमा ।
नयाँ कृष्णहरु देखिएका छन् मैदानहरुमा ।
तिमी भने सकुनी साढेँ भएर-
अझै ओगट्न खोजिरहेछौ-
विजयी वहरहरुको कोरली ठाउँ-
अझै लाद्न खोजिरहेछौ-
त्यही पुरानो मलामी समय
जवर्जस्ती कलिला मनहरुमा ।
कसरी बुझाउँ म तिमीलाई -
जनमतले कोर्रा हानिसकेपछि
भर्खर एउटा तानसाह -
मान्छे बन्न तयार भयो ।
आफ्नो मुकुट फुकालेर
जनता हुन राजी भयो ।
तिमी त उ भन्दा पनि जब्वर रहेछौ ।
अझै राम बन्न खोजिरहेछौ ।
लाज लागेर आयो
तिम्रो निर्लज्ज अनुहारसँग -
जसलाई फेरि पनि मैले-
टेलिभिजनको पर्दामा
सत्ताकै कुरा गरिरहेको देखेँ ।

समय weelky Sawan 2,2065
अनामनगर काठमान्डौ
Krishna Prasai
Born in 1960, Mr. Krishna Prasai has got two Master's degree both in Sociology and Nepali language and literature from Tribhuvan University, Kathmandu. He is also a President of Jara Foundation and Life member of Literary Journalists Association of Nepal. His anthology of Story "Prakshyapan" (projection) and anthology of poetry "Gham Nabhayeko Bela" (During the sun's absence) (both in English and Nepali) have already published with other five literary books. Mr.Prasai had edited a book with mass volume of poem collection in Nepali language from Indian, Bhutanese and Nepali poets which is Nepal's biggest collection till now, that is "Nepali sama samahik Kabitaharu"(Nepali- contemporary poems) His other poems have been translated and published in Hindi, Japanese, Korean and English languages also. He has received Talent Student Award from Tribhuvan University Kathmandu Nepal in 1989 and UNFPA Award in 1991. Also, he has been honored with some more literary awards.
He has been in countries like, Japan, Korea, Hong Kong, Macaw, Indonesia, Malaysia, Taiwan, Singapore, Bangladesh, Thailand, Bhutan, People's Republic of China and India.


एक छिन लाई

आगो सरी जले को मन लाई
ननीभाई देओ एक्छिन ।
चहराए को त्यो ठुलो घाऊ लाई
न लगाउ मलम एक छिन ।
मरुभूमी मन मा लागेको प्यास लाई
न पीलाउ पानी एक छिन ।
प्रेम जोडी राखेको डोरी लाई
न चुडाली देउ एक छिन ।
जीबन भरी परे को पीर
न टार्न खोज एक छिन लाई ।
लोकेश धानुक
" प्रेम बीना को जिन्दकी र बसन्त बीना को बर्ष एउटै हुदो रहेछ "।


गजल - बेदना

बाबु भट्टराई "बनबासी "
भियना , अस्ट्रिया


विना काम त के सम्झिन्थ्यौ ,केही परेर त बोलायौ
बचाउन त के सक्छौ खै ,आफै लडाएर पो उठायौ

तान्नु र लडाउनु नै तिम्रो कर्म कतिलाई पछार्यौ
नढाटी भन नर्कको खाडलमा कति लाई धकेल्यौ

नहुँदा सम्म त काम कतिलाई दुई हात जोड्यौ
अब त पुग्यौ माथि भन त कति लाई लात ठोक्यौ

दुनियाँको आँखा अगाडि झुट्को खेल तिमीले खेल्यौ
अझै कोही फस्छ भनी दोबाटोमा पासो थापी बस्यौ

तमाशा धेरै नै देख्यौ , रगतको होली पनि खेल्यौ
खै के पुगेन तिमीलाई के को रागले खरानी धस्यौ


संवाद

प्रश्न: ६०१ जना जम्बो प्रतिनिधि किन निवर्चित गरेर तलब खुवाएर राखेको?
उत्तर : सबै नेपालीको प्रतिनिधित्व हुनलाइ ।
प्रश्न : के का लागि ?
उत्तर : प्रथमत, सबै नेपाली समेट्ने संविधान बनाउन ।
प्रश्न : आहिले ति ६०१ वाला हरु के गर्दै छन त?
उत्तर: कसले कसरी सरकार बनाउने भनेर झगडा गर्दै छन ।
प्रश्न : अनि संविधान कहिले बनाउंछन त ?
उत्तर: पहिला सरकार बनाउन सहमती खोज्ने अनी बल्ल पछी सहमत भएर संविधान बनाउने ।
प्रश्न : अनि संविधान बनांउदा बनाउंदै एउटाले खुट्टा तानेर सरकार ढाल्यो भने नि ?
उत्तर: फेरी अर्को सरकार बनाउने सहमती जुटाउन तर्फ लाग्ने ।
प्रश्न : बनाउंदै गरेको संविधान को के हुन्छ त ?
उत्तर : सरकारमा आएकाले जे भन्छ्न फेरी तेही गर्ने, नमिलेका कुरा झिकेर फाल्ने वा फेरी सुरु देखी फेरी बनाउन थाल्ने ।
प्रश्न : यसो गर्दा समय को नाश भएन र ?
उत्तर: हामीलाई के बितेको छ र, जनताले कर तिरी रहन्छन हाम्रो तलब पाकी हाल्छ ।
प्रश्न : जनताले तिमीहरु संविधान मात्र बनाउ, सरकार चलाऊन नागरिक समाजले प्रतिनिधि छान्दछन भने भनी नि ?
उत्तर: देश चलाऊन सक्ने हामी नेताहरु बाहेक को नै छन र नेपालमा ?
प्रश्न :के नागरिक समाजका दमननाथ ढुंगाना, लक्ष्मन अर्याल, कृष्ण पहाडी, डा. मथुरा श्रेष्ठ, डा. देवेन्द्र राज पाण्डे जस्ता सक्षम छैनन र ?
उत्तर: छन, बिल्कुल छन । तर तिनीहरु पनि सरकार बनाउने भए पछी कसले ठुलो पद पाउने भनेर हामी जस्तै लुछाचुंडी गर्न थाली हाल्छन नि ।
प्रश्न : तिनिहरु मिलेर आएर "तिमिहरु संविधान बनाउन मात्र ध्यान देउ, हामी सरकार चलाइदिन्छौं अनि आम चुनाव गरेर जित्नेलाई सत्ता सुम्पिदिन्छौं" भने भनी नि ?
उत्तर: अं त्यसो पनि हुन्छ र? जनताले हामीलाई पो पत्त्याएर पठाएको तिनीहरुलाई हो त?
प्रश्न : जनता सबै उर्लेर आइ नागरिक समाजलाई देश चलाऊ, तिमीहरु छिटो छरितो रुपामा संविधान बनाउ भन्ने आदेश दिए भने नि ?
उत्तर : त्यो कुरामा ढुक्क हुनुस, जनाताले हामी भन्दा पनि अरु विकल्प छन भनेर बुझ्न सक्ने भए रुष्ट भई भई पनि २० बर्ष देखी हामीलाई नै किन जिताउंछन र । ल अब मलाई ढिलो हुन थाल्यो, एउटा कार्यकरता को छोराको बिहे भोजमा जानु छ । त्यस पछी भोली को सर्वदलिय मिटिङमा कसरी असहमती बढाउने भनेर सहमती निकाल्न आ-आफ्नो पार्टिको मिटिङ छ, त्यसै मा जानु छ । जय होस नेपाली जनाता को ।