
यो हप्ता नेपालकी २० बर्षे केटीले प्रेम तथा अपराधको धरातलमा तुफान नै चलाइदिइन। हुन त प्रेम र युद्दको सबालमा केही कुरो समान हुदैन। तर पनि ४४ बर्षको असमान उमेर र अती असहज परिस्थीती बिच कुख्यात अपराधी चार्लस शोभराज गुरमुख सित बिबाहको लागी औंठी साटेर निहीता बिश्वासले जेलको डण्डीलाइ फितलो तुल्याइदिइन।
अबिबाहित भियतानामी आमा र भारतीय सुचिकारका छोराको रुपमा जन्मिएका शोभराजले आफ्नै सौतेनी दिदीको फर्जी चेक प्रयोग गरेर आफ्नो अपराधको यात्रा तय गरेका थिए।प्रथम पटक भने उनि चोरीको अभियोगमा १९६३ मा समातीएका थिए जुन उनको आचरणका कारण चाडै नै जेलमुक्त भएका थिए। चोरी र ठगी गर्दै पैसा समेटेर फ्रान्सका धनाढ्य समाजमा आफ्नो सम्बन्ध बढाउदै थिए। यसै बिच पर्सियन धनाढ्य प्रेमीसंग भेट्न चोरीको गाडी प्रयोग गर्दा उनी फ्रान्सेली पुलiसबाट पुन समातीए। जेलबाट मुक्त भए पछि उनै प्रेमीसंग बिहे गरेर अपराधको सहज बाताबरण खोज्दै उनि भारत हानिए। त्यस पछि फैलियो उनको कुख्यात अपराधिक श्रिंखला। सौखीन जिबनयापन र जुवाको नशालाइ निरन्तरता दिन उनि जता जता पुग्थे उता उता आफ्नो अपराधको जालो फिजाइहाल्थे।
उनका अपराधका कारण चर्चित बनेका शोभराज एक प्रकारका सेलीब्रिटी नै हुन। एउटा अन्तरबार्ता छपाउन उनी हजारौं डलर माग्ने गर्छन। आफ्नो जिबनी र डकुमेन्ट्री बेचेर पैसा जम्मा गर्ने शोभराज कै बारेमा बलिउडमा सन्जय दत्तबाट अभिनित चलचित्र बन्दैछ। केही बर्ष पहिला बलिउडमै ज्याक सर्राफबाट चार्लस शोभराजकै बारेमा चलचित्र बन्ने घोषना भए पनि अहिले सम्म उक्त चलचित्र देखापरेको छैन।
बिशेषगरी पूर्वी एशीयामा बिचरण गर्ने चार्लस शोभराजलाइ करिब ३५वटा हत्याको अभियोग लागेको छ। हत्या गरिएका मध्य अधीकांश महिला भए पनि महिला उनको प्रेममा फस्न छोडेका छैनन। भारतको जेलमा बस्दा सुनिता नाम गरेकी उनकी वकिल उनकै प्रेमीका बनेकी थिइन। सुन्दर मुहार र बोल्ने कलाका धनी शोभराज धनाढ्य ब्यपारीको रुप धारण गर्दै प्राय एक्लो महिलालाइ आकर्षीत गरेर उसका पैसा, गहना, पासपोर्ट तथा अन्य कागजात लुट्दै हत्या गर्ने गर्दछन। यस्तै कैयौं हत्यालाइ उनकै प्रेमीकाले सहगाउने गर्छन।
पाच पटक सम्म जेलबाट फुस्कन सफल शोभराज बहिरमात्र होइन कि जेल भित्र पनि
सौखिन जिबन यापन गर्छन। दिल्लीको जेलमा बस्दा टेलिभिजन देखी अत्यन्त महंगा रक्सी समेत राख्ने शोभराज भद्रगोल जेलमा समेत बासुदेव पण्डित नामका पुलिसको सहयोगले मोबाइल फोन राख्न समेत सफल भएका थिए। प्राय भारतको कानूनी प्रक्रीयाको गुणगान गाउने शोभराजलाइ भने नेपालको राजनितिक अस्तिरथ्ताले जेलमै सडाउने हो कि सारै पिरमा परेका छन। तर पनि उनले सबैले जसो राजनितीक अस्थिरताको फाइदा उठाउन छोडेका छैनन। संयुक्त राष्ट्र संघ, फ्रान्सका राष्ट्रपती तथा तत्कालीन राजा ज्ञानेन्द्रलाइ अपिल गर्दा गर्दा थाकेका यस पटेक भने माओबादी तर्फ सोजिएका छन। जेलमा रहेका माओबादी कैदीलाइ उपचारमा सहयोग पुर्याएको देखी माओबादीका कारण घरबाट बिस्थापित भएका महिलालाइ जिबन यापनमा सहयोग गरेको कथा समेटेर हिसीला यामीलाइ पत्र पठाएका थिए। तर यि दिनहरुमा भने महिलातिर सोजाइएका तिरहरुले उनलाइ काम दिएका छैनन। शोभराजको पहिलो हत्यामा भेटिएकी महिला बिकनीमा भेटीएकीले शोभराज बिकनी किलरको रुपमा चिनीन्नछन। ३ छोरीका पिता शोभराजलाइ उनकै फारसी पत्निले अझै माया गर्ने हुंदा उनैबाट निहितासित प्रेमजाल रचिएको भन्ने सुनिएको छ। प्राय प्रेमीकाकै सहयोगले महिलालाइनै बिष पिलाएर सुटुक्क हत्या गर्दै लापत्ता हुने हुंदा शोभराजलाइ बिषालु सांप (Serpent) पनि भन्ने गरिन्छ। पहिली छोरी नै ३८ बर्ष जती भएका कुख्यात अपराधी शोभराजसंगको चोखो माया निर्धक्कसंग उजागर गर्ने २० बर्षे मिडियाकी मोडल निहीता बिश्वास नाग कन्या हुन कि बिष कन्या हुन समयले नै भन्ने छ।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest