मोटोपन गजबकै कुरो हो। नेपालमा मोटो घाटोको शानै अर्कै छ। तर बिकशित देशमा भने कन्तबिजोग छ। मोटोहरुले जोडी गुमाउनु त सामान्य नै हो, पोहोर साल भारतमा मोटो भएकै कारणले इन्डियन एयरलाइन्सका कतिपय कामदारले जागिरनै गुमाए।

हुंदा हुंदा जापानमा त सरकारले नै जनतालाइ मोटोपन घटाउनु नत्र जरिवाना तिर्नु पर्छ भनेर उर्दि जारी गरेको छ। दुइ महिना अगी जापानीज सरकारले मोटोपन घटाउने एउटा कानुन ल्याएको थियो। जुन कानुनमा पुरुषको कम्मर ३३.५ इन्च भन्दा वढि र महिलाको कंम्मर ३५.४ इन्च भन्दा वढि भए मोटोमा गनिन्नछ। त्यस्ता मोटोलाइ तौल घटाउन तिन महिनाको समय दिइनेछ। तिन महिनामा खानपानको तरिका नमिलाए छ महिना पछि मोटोपन घटाउने शिक्षा दिइने छ। यसरी ४ बर्षमा १० प्रतीशत र ७ बर्षमा २५ प्रतीसत मोटोपन घट्ने जापानिज सरकारले आशा लिएको छ। मोटोपन घटाउदा मुटुको तथा डाइबेटिजका रोगी निकै घट्ने अनुमान लगाइएको छ। प्राय जनता सरकारी स्वस्थ सेवाबाट लाभावान्दीत हुने हुंदा स्वस्थको पैसा घटाउन नै सरकारले यस्तो निती लिएको हो।
तर ३३.५ र ३५.४ को निती नै लिने हो भने यस्ता मानिसको संख्या जापानको आधा भन्दा बढी छन। संसारमै दुब्लाहरुको देशमा गनिने जापानमा यस्तो कडा मापदण्ड कसरी पुराहुने हो, सोच्नैपर्ने बिषय बनेको छ। सरदर पुरुषको कम्मर ३९ इन्च तथा महिलाको कम्मर ३६.५ भएको अमेरीकामा यही नियम ल्याए त शत प्रतीसत जनता नै मोटोमा गनिने होलान!
Email ThisBlogThis!Share to FacebookShare to Pinterest