कम्युनिष्ट क्रान्तिको सम्पन्नता मार्फत देशमा जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्य बोकेको एउटा राजनैतिक पार्टिले , कालान्तरमा प्रजातान्त्रिक पद्दतिबाट आफ्नो हिंसात्मक आन्दोलनलाई सेफ ल्याण्डिङ गर्न पर्यो भने यसो गर्नु पर्ला भनी राखेको विकल्प नै राजनैतिक मुद्दा निरूपणको नेपाली इतिहासमा विविध राजनैतिक पक्षको मिलन बिन्दु हुन पुगेको छ । अब जनताले संविधानसभाको निर्वाचनमा आफ्ना प्रतिनिधि छनोट गरेर, कुन राजनैतिक दल समूह र पक्षमा कति जनता रैछन् त भन्ने फैसला दिए पछि मात्र , नया परिस्थितिमा आफ्नो वास्तविक हैसियत कति रहेछ भन्ने कुरा सबै घटकहरूले थाहा पाउने कुरामा विश्वस्त हुन सकिन्छ । तर , जनताले निर्वाध रूपमा भय मुक्त हुँदै कुनै पनि विचारका पक्षमा आफ्नो मत प्रदान गर्ने मौका पाए भने मात्र यो कुराको औचित्य प्रमाणित हुने हो । हैनभने , जुन माहौलमा अहिलेको निर्वाचन सम्पन्न हुन जाँदैछ त्यो कुरालाई हेर्दा नेपाली इतिहासको यो सबैभन्दा महत्वपूर्ण घटना कतै सबैभन्दा नाजूक परिस्थितिमा त हुँदै छैन भन्ने आशंका जन्मने ठाउँ भने प्रशस्त छ ।
धेरै जद्दोजेहद पश्चात संविधानसभाको चुनाब हुने छाँट बलीयो देखिएको छ । चुनाब नै सबै कुराको रामवाण औषधी हो कि हैन त्यो हामी जस्ता सामान्य जनताले बुझ्ने कुरा भएन किनभने राजनीतिक बजारका ठालूहरूले पनि अब यसपछि के हुने हो त भन्ने कुराको गोलमटोल सपना बेच्ने काम बाहेक केही गर्न सक्दैनन् वा सकाक छैनन् । फलत: देश हावादारी स्वरूपको सिंगापुर र स्विट्जरल्याण्ड बन्ने भकुण्डो खेलमा समाहित छ ।
यही राजनैतिक चटारोमा , संविधानसभाको निर्वाचन आँफ्नो कारण र फगत आफ्नो कारणले हुन जाँदैछ भन्ने दावा गर्ने महान क्रान्तिकारी माओवादी पार्टीको लोकतान्त्रिक दावा देखेर भने म बिलखबन्द परेको छु । उनीहरूका अनुसार उनीहरू वर्तमान नेपाली राजनीतिका सबैभन्दा बढी लोकतान्त्रिक शक्ति हुन् । नेपाली राजनीतिमा अहिले सम्म थाति रहेका राजनैतिक मुद्दाहरूको निरूपण गर्न आसन्न संविधानसभाको चुनाब हुनै पर्छ । यो चुनाबमा माओवादीले बहुमत ल्याउनै पर्छ । यो चुनाबमा माओवादीको बहुमत आएन भने निर्वाच परिणामलाई धोका मानिनेछ र अर्कै ढंगले डरलाग्दो आँधिबेहरीयुक्त क्रान्ति हुनेछ !
अनि भनिँदैछ , सके निर्वाचनबाट सत्ता कब्जा गरिन्छ नसके बिद्रोह र लडाइँबाट । तर पनि हामी निर्वाचन चाहन्छौँ, निर्वाचनमा हामीले जित्नु पर्छ र जितिएन भने झन ठूलो क्रान्ति गरिन्छ अनि सत्ता कब्जा गरिन्छ । यो त सहयोग माग्न जाने , दिने भए राम्ररी देऊ नदिने भए केही छैन भकुरेर पनि लिन्छौँ भने जस्तो भएन र ? अब यस्तो दावा , तमाशा र माहौल बीच देशले कस्तो निकास लिने होला ?