March 5, 2008
आमालाइ कम्पियुटर
नाम्लो र आंसीलिने आमाहरु आजकाल कि बोर्ड र माउससंग साइनो गास्दैछन। खबर सुन्दा पत्यारलाग्न
अलि गार्है पर्छ। अझ डलर बिनाको निशुल्क: कम्पिट्युर ट्रेनीगं भन्दा झन पत्यार लाग्न कठिन लाग्छ।आर्वा बिजय गा बि स कास्किमा स्थानीय स्वयम सेबक धर्म राज बरालबाट बिभिन्न स्रोत समाल्दै स्थानीय आमा समुहलाइ कम्पिट्युर हार्डवयर र सफ्टवयार तालिम गराउंदैछन। तालिम प्रदान गर्ने शिक्षक पनि स्वयम सेवक भएको यस कार्यक्रममा बचेको समय स्थानिय युवालाइ
पनि तालिम दिइने गरिन्छ। यि सबै तालिम कार्यक्रम निशुल्क: हुन। यस पटक नेपाल जांदा आफ्नै गाउमा यस्तो कार्यक्रममा बोल्न दिइदा आफुलाइ नै विश्वास लागि रहेको थिएन भने मास्टर्स पढ्दा गरेको हार्ड डिस्कको थेसिसमा सिकेको कुरा गाउंमा आफ्नै आमाहरुको अगाडी भन्न पाउदा अर्को मास्टर डिग्री पाएको महशुस गरेको थिएं। यसको उपयोगिता त कति होला तर यो काम भने निकै प्रशंसिय छ।

Subscribe to:
Posts (Atom)