प्रजातन्त्र आएपछि जनताले सुख पाउलान भनेको झन दु:ख पाए। समय यस्तो बनाए कि यो भन्दा त राणा शासन ठिक थियो कि जस्तो लाग्न थाल्यो। राणा शासन भएको भए त यसरी लेख्न पनि सकिन्नथ्यो होला तर प्रजातन्त्रको दुरुपयोग भएर जनता आजीत छन। प्रजातन्त्र धमिलाउने काम यिनै पार्टीहरुले गरेका हुन। सत्ता राजाले हडपे पछि फेरी जुरमुराए र लोकतन्त्र ल्याए। आफ्नो कुर्चीको निम्ती लडे या जनताको निम्ती लडे तर देश चलाउने जनताले नै हो।
तर केही मुर्ख बिद्वान र घामड नेताहरुले लोकतन्त्र धमिलाउन काम गरेका छन। जनजाती, गणराज्य यस्तै यस्तै पित्तलको चमक लगाएर सुन भनेर बेच्न खोज्दैछन। एक दुइ जनाले किन्लान बोकाको टाउकोमा बाख्राको मासु तर सबै खुर्पाको बिंड भने कदापी हुदैनन। नेता मात्रै किन अहिले कुनै नया कुरा घूसाएर ठुलो बनिहालीन्छ कि भन्ने भ्रम धेरैलाइ परिरहेको छ कती यस्तै यस्तै buzz word प्रयोग आफुलाइ genius साबीत गर्न खोज्दैछन। यस्ता अहमकारी यता उता, इन्टरनेटको जालोमा जता ततै पाइन्छन। तर यो समय यिनीहरुकै हो। जनजाती तथा केही क्षेत्र पछाडी परेको हंदा यिनिहरुलाइ यो समय कमाइ खाने भाडो भएको छ। सडक बाल बालीकालाइ देखाएर डलर पचाए झै यि जन जातीलाइ देखाएर स्वार्थ पुर्ती गर्दैछन। यस्तै यस्तै फटाहारुले जालो बुनिरहेकोमा फेरी पार्टीहरु संबिधान सभा गराएर छाड्ने भनेर बिभिन्न ब्यबधानको बाबजुत लागी परेका छन। तराइ एम्बुस सरह हूंदा तराइमै भेला गराएका छन। बेला बेलामा नेताहरुको अकरमण्यताले नेपाली जनताले दू:ख पाइरहेका छन तर देशै धमिलिएको बेलामा यसरी एकता देखाउनु पक्कै पनि सरहानिय कुरा हो। आशा गरौ यिनीहरुको एकताले देशलाइ गतिले दिशामा डोराउनेछ।