सेप्टेम्बर १४ अर्थात करिव २ हप्ता अगाडी मात्र प्रचण्डले जम्बो दलबलकासाथ भारतको भ्रमण गरे। ९२ सदस्यीय सो टोलीमा सरकारका तर्फबाट मात्रै करिव ४४ जना सामेल थिए ।
त्यसको लगत्तै नेपाल फर्केका प्रधानमन्त्री शनिवार पून: १२ जानाको दलबल सहित अमेरिकाको न्युयोर्कतर्फ लागेकाछन।
पानि-पधेरो जस्तो भारत जाँदा त्यत्रो दलबलको के जरुरत थियो वा के कारणले त्यो जनताको करको रकम ४४ जनाको घुम-घाममा खर्च गर्नु पर्यो त्यो अनुशन्धानकै विषय बन्न सक्ला ।त्यसपछिको अमेरिकाकको भ्रमणमा पनि १२ जनाको संख्यालाई केहि नभएपनि ६ जनाको संख्यामा ल्याएको भए पनि नेपालको शान पक्कै पनि घट्ने थिएन होला ।
तर यि दुई भ्रमणको बेलामा जनताको करको रकम खर्च गर्नलाई सरकारलाई कुनै संकोच भएन, न त यो खर्च कटौति गर्ने तर्फ टाउको दुखाउने जरुरत नै महशुस भयो सरकारलाई ।
तर अचानक ईन्द्रजात्राको समापन गर्ने बेलामा सरकारलाई यो धान्नै नसक्ने १५-१६ हजार रुपैयाको फजुल खर्चको याद आयो, अनि शुरु भयो काठमाण्डौमा टायर बाल्ने पुरानो परम्परा ।
केहि थोत्रा टायरको आहुति साथ काठमाण्डौको वायुमण्डल रंङभंङीने गरी सोह्रश्राध्दमा होम गरेपछि पून: केहि शान्त भएको छ सांस्कृतिक नगरि कान्तिपुर ।
ईन्द्र जात्रा जस्तो सयौं बर्ष पुरानो धार्मिक र सांस्कृतिक परम्परालाई ‘नेवारको जात्रा’ मान्ने माओबादि सोच आफैंमा हास्यास्पद मात्रै छैन । यसले सम्पूर्णमा नेपाली संस्कृति र परम्परामा सिधै प्रहार गर्ने र नेपाल भित्रै नेपाल खोज्नु पर्ने स्थिति बनाउने माओबादिको दुरगामि नीतिको पनि पर्दाफास गरेको छ ।
अहिले सरकारमा माओबादिको बाहुल्यता छ र माओबादिहरु ईश्वरलाई मान्दैनन् (मान्दैनन् भन्दा पनि ‘जान्दैनन्’ र ईश्वरको अस्तित्वलाई बुझ्न सक्ने वौद्धिकता उनिहरुमा छैन भन्दा सहि होला) यो आफ्नै ठाँउमा छ। तर नेपाल माओबादिको मात्रै देश होईन र १०-१२ बर्ष जत्तीको धुमिल ईतिहास भएको यौटा दललाई हजारौं बर्ष पुरानो र खोजिको समेत विषय रहेको रहश्यमय प्रथा र संस्कृतिलाई एकतर्फी र लिँडे सोचले लत्याउने कुनै अधिकार छैन। मितव्ययीताको पर्दा टाँगेर, त्यस पछाडि आफूलाई चाहिने सबै ठिक र आफुलाई मन नपर्ने सबै कुरा गलत सिद्द गर्न खोज्नु माओबादिको ठुलो भुल हो । अपुतालिमा आएको केहि भोटको नशामा गरीने यस्तो लहडका कामले उनिहरुको भलो नगर्ने मात्रै होईन राजनीतिमा आउने अपुतालीको हदम्याद केवल २-४ बर्ष मात्रै हुने र आर्को पालि फेरि चुनाव आँउछ भन्ने कुरा माओबादिले समय छँदै बुझेमा राम्रो होला ।
5 Comments:
वास्तवमा माओवादीको नियतमा खोट देखिन्छ । हिजो हिसिलाले चुनाब लड्दा नेवारकी छोरी र चेलीलाई जिताउनुस् भनेर भोट मागेर श्रीमति जिताएको वास्तविकतालाई यति कम समयमा नेवारी र काठमाण्डुको मौलिक संस्कृतिमाथि लात हानेर त नतिर्नू पर्ने हो माओवादीले!
आजको कान्तिपुरमा प्रकाशशरणसंगको अन्तवार्तामा आधारित लेख पढ्दा त अहिलेको बजेटमा ४० वटा भन्दा बढी कार्यक्रम र २० औँ अरब रुपियाँ भन्दा बढीको खर्च त सिधा प्रधानमन्त्रीको आदेश र निर्देशनमा हुने व्यवस्था बनाएर अरू मन्त्रालयको क्षेत्राधिकारलाई पनि कटौति गरी सम्पूर्ण बजेट आफ्ना कार्यकर्ता पोस्ने तवरले डिजाइन गरिएको भनिएको छ । यस्तो देख्दा लाग्छ केही लाखका सांस्कृतिक खर्चहरूको कटौति गरेर , माओवादीले जनताको धर्म र संस्कृतिको लगावमाथि मजाले खुँडा हानेर घाइते पार्ने काम गरेको छ।
अरण्य !
खै, के भन्ने, के नभन्ने !
I call this as an attack on culture as whole not particular in Newarese culture. Some remain quiet,some just get dissatisfied but at this moment native kathmanduites retaliate and the government shortly surrendered!!!
कुरा केहि हजारको भन्दा पनि भावना वा पब्लिक सेन्टिमेन्ट संग गासिएको हुदा रोल्पा र रुकुमका निरिह मन्दिर भत्काएर पुजारी कुटे जस्तो सजिलोसंग राजधानीमा सांस्कृतिक आक्रमण गर्न सजिलो हुदैन भन्ने बुझ्नु पर्ने माओबादिहरुले !
If so much amount is within Prachanda's hand, it's scary. But there is nothing to do, maoist first captures people's fear and now they have vote from them.
Like Panda said, it wont be easy to attack Newari's culture as they did in remote western nepal. Many priests were killed and temples have been demolished. Whether that is culture revolution or something else, people from remote thought that is just their fate. But energy for our cultue and festivals is so much alive in kathmandu, no one cannot separate people from their culture. Maoist tested though they failed.
I think as Tharki said, we should look after unecessary cost rather than attacking in our own culture. Throwing Daura Surwal is enough!!!
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !