हस्त गौतम मृदुल
केटा -> कयौं दियोको बली चढाएं
केटी -> अन्धकार अझै मेटिएन।
केटा -> देशलाइ नया गति दिने
केटी -> यहां कोही भेटिएन॥
केटा -> नौंलो त्यो बिहानीलाइ
केटी -> तुंवालोले ढाकी नै दियो।
केटा -> अब त केही होला भन्दा
केटी -> मुनै दखमा जाकी दियो।
केटा -> कैयौं आशाको बली चढाएं
केटी -> अन्योल अझै मेटिएन।
केटा -> देशको नया भाग्य कोर्ने
केटी -> यहा कोही भेटिएन॥
केटा -> शहिदका सप्ना कुल्चिएर
केटी -> छाती माथी टेकी दिए।
केटा -> स्वतन्त्रताको उज्यालोलाइ
केटी -> हत्केलाले छेकी दिए॥
केटा -> कयौ सुखको बली चढाएं
केटी -> निरंकुस्ता नै मेटिएन।
केटा -> देशमा नया आयाम थप्ने
केटी -> यहा कोही भेटिएन।
September 8, 2008
Subscribe to:
Post Comments (Atom)
3 Comments:
मृदुल जी!
देश प्रेमलाई नै केन्द्र बिन्दु बनाएर लेख्नु भएको छ र तपाईको रचनामा (यो मात्रै होईन अन्य रचनामा पनि)यथार्थता भेटिन्छ ।
हुन त म यो बिधाको जानकार होईन तर, तपाईको यो रचनामा यो 'केटा', 'केटी'राख्दा अलि बेमेल भएको जस्तो लाग्यो ।
एक चोटि यो 'केटा', 'केटी' यसो झीकेर हेरौं न ... यो 'कविता' सललल बग्छ जस्तो लाग्यो मलाई त...
केटा -> देशलाइ नया गति दिने
केटी -> यहां कोही भेटिएन॥
yo chhai pakka nai ho, 100% satisfied.
हो थुप्रै शुखका बली चढाउदा पनि केही हुन सकेको छैन । राष्ट्रबादी नेता भेटियको छैन । कबिताले राष्ट्रको मर्म पोखेको छ
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !