
केही समय पहिला यो फोटो मैले खिचेको थिय । यहाँ बेल्जियम को इपेर मा प्रथम विश्व युध्दमा बिरगती प्राप्त गर्नेको सम्झनामा मनिस हरु आउँछन । यसै क्रममा भारतीय हरुले बनाएको स्तम्भमा नेपाली पुर्खाको सम्झनामा यो राखेको देख्दा नराम्रो लाग्यो ।
आफ्नो पुर्खा सम्झन कहिले सम्म भारतीय स्तम्भ प्रयोग गर्नु पर्ने ? तपाईं हरुलाई कस्तो लाग्यो कुनी ?
Email ThisBlogThis!Share to FacebookShare to Pinterest
5 Comments:
मलाई त खासै नराम्रो लागेन । कम्तिमा नेपाली को सम्झना त गरिएको रहेछ ।
मलाई लाग्छ आफ्ना पूर्खाको सम्मान हामि आफैंले गर्नु पर्ने हो, यसमा दुई मत छैन।
तर सम्मान नै गरेको हो भने मलाई पनि आकार जी को कुरा ठीक लाग्छ ।
भारतीय सेनामा आफ्नै गोर्खा राइफल छ र तिनीहरुलाइ गोर्खा भनेर चिनीन्नछ। जांहा सम्म लाग्छ प्रथम विश्ब युद्दमा गोर्खा रेजीमेन्ट बनिसकेको थएन। त्यसैले यि नेपाली नेपालकै तर्फबाट प्रतीनिधित्व गरेको हुनुपर्छ। यि योद्दाको सम्झना गर्नु निस्च्यनै राम्रो कुरा हो तर हाम्रो वीर योद्दालाइ हामीलेनै सम्मान दिन नसक्नु समस्त नेपालीको लागी गौरवको बिषय होइन। हुन त देशको चार किल्ला हल्लेको बेला,नेपाली आत्मा दुखेको बेला यस्ता राष्ट्रियताको कुराले माने त नराख्लान तर पनि देश जतीसुकै गरिब भए पनि राष्ट्रियता भनेको सबभन्दा ठुलो सम्पती हो। तपाइ नै हेर्नुहोस न गडबालका नेपाली भाषी र दार्जिलिंगका नेपाली दाजुभाइ कती दु:खी छन। सके हाम्रा छिमेकीका दु:ख हटाऔं नत्र पनि यस्ता दु:खका दिन हामीलाइ नआओस। तिब्बती जस्ती छोरा नातीको लागी हरेक देशमा पर्दशन र पुलीसको लाठी संग झेल्नु नपरोस।
जताबाट युद्ध लडेको हो त्यतैबाट त सम्मान पाइन्छ नि !!! भारतबाट युद्ध लडेपछि भारतीय स्तम्भ मै त हुइन्छ । राम्रै कुरा हो धन्न सम्झिएछन् नेपालीलाई । नराम्रो मान्नु पर्दैन ।
If we can't do our self then I think we should let other to do...
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !