दुबै कबिताको चित्र तल राखिएको छ।
------------------------------
हैन है मानिस ले चोरि पनि हरेक चिजको गर्दा रहेछन । पैसा, कपडा, धान, चामल, मुर्ती कार, मोटार साइकल आदी इत्यादी चिज चोरि भएको हामीले सुनेकै थियौ । कबिता चोरेको भने हामीले पहिलो पाली मात्र सुन्दै छौ र प्रत्यक्ष रंगे हात समात्न सफल भएका छौ ।
बडो गजब्को कुरा छ । यही ११-०९-२००८ मा यि दिनेस खरेल नाम गरेका ब्याक्तिले आज भन्दा ६ महिना अगाडि पुरुशोत्तम सुबेदी द्वारा लिखित ‘जीवन’ नाम को कबिता लाई फेरी आफ्नो नाम दीइ प्रकाशित गराएका छन । नेदरल्यान्ड को ठेगानामा माथि दीईएको मितिमा थुप्प्रै वेब साईटमा प्रकाशीत गरेका छन । हुबहु मात्रा पनि फरक नपारी चोरिको काम लतपत भने झै कबिताको अन्तिम हरफ छोडेर अरु जेउ का तेउ आफ्नो नाम बाट दुनियाँको हरेक वेब पत्रीका पठाएको जानकारी भएको छ । साहित्य कला लाई नै निरुत्साहित हुने गरी अरु कसैको लेख रचना कथा निवन्ध, कविता आदी सामाग्री लाई वेब पेज बाट कपी गरी आफ्नो नाम कमाउने कबिता चोर लाई संसार भरका कविहरुले कुन रुप ले हेर्नु हुन्छ ? प्रश्न खडा भएको छ ।
( के रहेछ जीवन ? पुरुशोत्तम -सुबेदी --- बेल्जियम)
Guest Posted by ramesh Mon, March 31, 2008 22:56:20
धनै धन को मात्र पनि - हैन रहेछ जीवन ।
साग सिस्नु खोले सँग - खेल्दो रहेछ जीवन ।।
घमन्ड र मुर्ख्याइ मा - एक्लो रहेछ जीवन ।
मेलमिलाप र सद्भाबको - साथी रहेछ जीवन ।।
सुखै सुखको मेसो पनि - ब्यर्थ रहेछ जीवन ।
दु:ख बिच जिऊनु पनि - अर्थ रहेछ जीवन ।।
हांसै हांसो मात्र पनि - हैन रहेछ जीवन ।
हांसो रोदन सँग बाच्नु - मज्जा रहेछ जीवन ।।
छांया सितल मात्र पनि - हैन रहेछ जीवन ।
चर्को घाम मा पसिना को - अर्थ रहेछ जीवन ।।
परापमान मात्र पनि - ब्यार्थ रहेछ जीवन ।
परमात्मा को संमान गर्नु - गौरब रहेछ जीवन ।।
ठुलो ठा-लु बन्न खोज्नु - ब्यर्थै रहेछ जीवन ।
सानो बिच बाँच्न सक्नु -यो पो रहेछ जीवन ।।
दिनै दिन को ऊज्वल पनि - ब्यर्थ रहेछ जीवन ।
अंधेरी मा बिस्राम को - अर्थ रहेछ जीवन ।।
बलियो- बाङो मात्रा पनि - हैन रहेछ जीवन ।
निर्धो दुब्लो सँग बाच्नु - मज्जा रहेछ जीवन ।।
भरी पेट मा एक्लो बाच्नु - ब्यार्थै रहेछ जीवन ।
आधा पेटमा तिमी सँग - बाच्नु रहेछ जीवन ।।
पुरुशोत्तम -सुबेदी
बेल्जियम
13 Comments:
मारेहुन्छ यस्तालाई त !! नालायकहरू !! अरूको सिर्जनामा ढलिमलि मच्चाउन चाहनेहरूको यसरीनै पर्दाफास गर्दै जानुपर्छ । भर्खरै मात्रै हामीले कविताको स्तर र वर्तमान अवस्थाका बारेमा बहस गरेका थियौँ । एकपटक हेर्नुहोला है (http://guffgaaf.blogspot.com/2008/09/blog-post_09.html)मा ।
चोरै, रहेछन् भयकंर । अरु को सिर्जना आफूले दिएपनि, सर्जक को नाम त दिनुपर्थ्यो, यस्तो त अति भो !!
listen online [gazal] radio program in http://aakarpost.blogspot.com
चोर त चोरै हो, बरु सामान चोर्नेलाई माफ गर्न सकिएला तर यस्ता सृजना र वौद्धिक सम्पति चोर्नेलाई त छाडनै हुंदैन।
तर यो पोष्टमा पहिला पुरुशोत्तम सुबेदी ज्यु ले सो कविता कहाँ प्रकाशित गर्नु भएको थियो र त्यो चोरले हाल कहाँ कहाँ प्रकाशीत गरेको छ त्यो पनि छाप्नु पर्थ्यो (लिन्क सहित)।
खै! मलाई ति लिन्कहरु दिनुहोस म चोरको दोहलो गर्छु ।
chor dekhi hosiyar
ठरकी दादा जि
यो कबिता थुप्रै वेब मा पठायको थिय ।
अझै पनि मैले आज खोज्दा यक ठाउमा फेला पर्यो ।
डब्ल्यु डब्ल्यु डब्ल्यु डट संगालो डट बे मा गयर हेरी दिनु होला ।
के रहेछ जीवन सिर्सक लाई जीवन सिर्सक मात्रै राखी
आधा कबिता हुबहु रस्व दिर्घ पनि फरक नपारी कपी गरियको छ ।
फैसला समाज ले नै गरोस ।
धन्यबाद ------------------------------------
यो कबिता ३१ मार्च २००८ --२२ बजे ५६ मिनेट २० सेकेन्ड जांदा संगालो डट बे मा पोस्टेड गरियको थियो .
बाँकी अन्य थुप्रै वेब साइट मा पनि प्रकासित गरियको थियो ।
नमस्ते युरोप डट काम
नेपाल कोरिया न्युज डट कम
मा प्रत्यक्ष फोटो सहित् देख्न सक्नु हुने छ ।
ठरकी दादा जि
प्रबासी नेपाली डट कम मा गय पनि हुन्छ
पुरुशोत्तम सुबेदी को कुन कुन कबिता हो भन्ने स्वत: थाहा हुने छ .
ठरकी जी ले भनेको कुरा ठिकै हो, सबै श्रोत खुलाएर लेखेको भए राम्रै हुन्थ्यो। मैले आज बिहान सर्च गरेको थिए, अलि हतार हुंदा र नेपालीमा फन्ट हुंदा गुगलमा खासै केही मिलेन। भेटीए पुन राख्ने छु। अथवा पुरुषोत्तम जि ले नै लिंक राखिदिए राम्रो हुन्छ।
कुरा यांहा मात्रै होइना हिजो आज सिर्जनमा निकै आक्रमण हुन थालेको छ, कबितामा मात्र होइन गित, समाचार आदी उतारेर चर्चामा आउने धेरैलाइ रोग लागेको छ।
what a shame!!! shame on you Dinesh Kharel.
If you have gut, why don't write your own.
Thanks purushottam ji for bringing up such kind of fraud.
नेपाली साहित्य चोरी र साहित्य चोर् हरुको फेरिहस्त धेरै लामो छ। वरिष्ठ प्रगतिशिल लेखक कथाकार रमेश विकल ले अज भन्दा १० बर्ष जती तत्कालिन प्रमाण पत्र तह को अनिबार्य अंग्रेजी को पाठ्यपुस्तक मा भएको "the earth " कथालाई समकालिन साहित्य ( प्रज्ञा प्रतिस्थानबाट प्रकाशित हुने) मा छपाउनु भयो। रंगे हात समात्दा नि वारीष्ठ साहित्यकार महोदयले मात्र संयोग भनेर पंछिए । अझै उनी वरिष्ठ को वरिष्ठ नै छन। त्यसैले पुरुषोत्तम सुबेदी को कबिता चोरेर प्रकाशित गर्नु नौलो चोरी होइन। दिन दिनै घटिरहने घट्ना हुन। धन सम्पत्ति चोरे पो खबर हुन्छ, साहित्य छोरी सधैं बेखबर हुन्छ।
चोरी साहित्य बारे यो भन्दा अघी पनि मैले साझा कै फोरममा लेखिसकेको छु।
मेरो आफ्नै कबिता पनि छोरी भएको छ। साझा कै एक मित्र ले पत्ता लगाउनु भएको थियो।
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=41311
साझाका बहुचर्चित कवि मध्येहरुमा एक राहुलभाइका प्रशंसकहरु मध्ये म पनि एक हुँ । अघिल्लो हप्ता वहाँले साझामा हामीमाझ पस्कनुभएको सुन्दर कविता चोरी भएको कुरा मैले पत्ता लगाएँ ।
कविता चोरलाइ के कारवाहि गर्ने त? खै कारवाहि त के गर्न सकिएला ? तर म चाहि माग गर्छु
कविताचोरलाइ फाँसि दे ।
(गिरिजा, माधव, प्रचण्ड, ज्ञाने, पारस, रोहित जसलाइ पनि फाँसि दे भन्न पाउने देशको बासिन्दा हामी, यो कविताचोरलाइ मात्र किन नभन्ने होइन ? )
चोरिएको कविता यसप्रकार छ :
बलेको आगो ताप्नेहरु
त्यहि आगोमा रोटी सेक्नेहरु,
छिमेकि को घर् जल्दा चुपचाप् रमायौ
जलेको घरसंग आफ्नो घर् जोडिएको बिर्स्यौ
त्यही आगोमा तेल खान्याएर् फेरि झेल् गर्यौ
सेल पकाए झैं गरेर अर्को खेल खेल्यौ
खबरदार
मेरो देश कांच होइन, तिम्रो पत्थरले चर्किने
खबरदार
देश कमजोर् छैन ठुलो स्वरको चोर् संग थर्किने
कांचको दरबार् भित्र बसेर
जनताको घर्बार् जलेको,
फेरि तमाशा हेर्यौ
यति धेरै जलायौ,
यति धेरै चलायौ
अब तिम्रो अन्त्यमा
तिम्रो लाश जलाउन
कुनै आगो बल्ने छैन
तिम्रो आश जोगाउने
कुनै झेल चल्ने छैन
Posted on 02-01-07 1:38 PM : राहुलभाइ
http://light.sajha.com/sajha/html/POSTnew.CFM?forum=2
हुबहु त्यहि कविता फेरि देखा पर्यो यहाँ
http://www.mysansar.com/?p=1270#comment-85399
Comment by Prashant — February 2, 2007 @ 1:49 pm
राहुलभाइले विश्वनिकेतनको धागोमा यो कविता पुन: प्रकाशित गरेपछि मैले उहाँलाइ सोधे कि प्रशान्त नाम पनि उहाँकै अर्को नाम पो हो कि भनेर । तर त्यस्तो नभएको थाहा पाएपछि यो कविता चोरी भएको पक्कै हो भन्ने निष्कर्षमा पुगे ।
अब कविताचोर प्रशान्तलाइ कस्तो कार्वाहि गर्ने तपाइहरु नै भन्नुस ।
नेदरल्याण्डमा करीब १ वर्ष जति अगाडि एक जना नेपाली चित्रकारको पेन्टिङ प्रदर्शनी हलबाट नै चोरी भएको थियो । अहिले नेदरल्याण्डवासी एक जना नेपाली "कलाचोर" मित्रले नै कविता चोर्नु भएछ । यो संयोग मात्रै हो कि !
प्रतिलिपि अधिकारको उल्लंघन गर्नेलाई के कस्तो दण्ड सजाँय हुन्छ ?
प्रतिलिपि अधिकार ऐनले अनुमति विना अरूको रचना वा ध्वनी अंकनहरूको प्रतिलिपिहरू उत्पादन गरी विक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा, भाडामा दिएमा, अरूको रचनाको ख्यातिमा असर पुर्याउने गरि अनुकरण गरि विज्ञापन वा प्रचार प्रसार गरेमा, भ्रामक रूपमा निर्माण प्रचार प्रसार गरेमा प्रतिलिपि अधिकारको उल्लंघन गरेको मानिने व्यवस्था गरेको छ । प्रतिलिपि अधिकार संरक्षण व्यवस्थालाई प्रतिकूल असर पार्ने यन्त्र, उपकरण वा माध्यमको आयात, उत्पादन र विक्रि वितरण गर्न पनि नहुने कुरा ऐनमा उल्लेख छ । यसैगरी बिदेशबाट अनधिकृत प्रतिलिपिहरूको पैठारी गर्न पनि ऐनले प्रतिबन्ध लगाएको छ ।
प्रतिलिपि अधिकारको उल्लंघन गरेमा कसूरको मात्रा अनुसार दश हजार देखि एक लाख रूपैयाँ सम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजायँ हुनेछ । दोस्रो पटक देखि पटकैपिच्छे बीस हजार देखि दुई लाख रूपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने र यस्तो कार्यमा प्रयोग गरिएका सामाग्रीहरू जफत हुने सजायको व्यवस्था पनि ऐनले गरेको देखिन्छ । प्रतिलिपि अधिकार उल्लंघन हुने गरि पैठारी गरेको हकमा त्यस्तो वस्तु जफत गरी कसूरको मात्राअनुसार दश हजार देखि एक लाख रूपैयाँ सम्म जरिवाना हुने र प्रतिलिपि अधिकारको धनीलाई परेको नोक्सानीको क्षतिपूर्ति भराइदिने व्यवस्था छ ।
खै कस्लाई कबिता चोर् भन्ने ?कस्लाई के भन्ने ?यस्तै आकार् प्रकारको पुरानो गीत पनि त छ नि मधु छेत्रीले गाएको /
जस्तै ''फूलै फूल मात्र पनि हैन रैछ जीवन
काँढा बीच फूल्ने फूल रैछ जीवन ''
आचार्य प्रभा
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !