राप हो कि ताप,जे भए नि घाम भनी थापे
छानै जलाई सेकाको अन्न माम भनी थापे
मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे
ताप्केको बिँड नतातेको कती भयो चुल्होमा
तिर्मिराको आँखा,रातो के थ्यो जाम भनी थापे
राबणका दश टाउका ,शायद एक दाउका
दश दाउका टाउका उठे, राम भनी थापे
आँफै धामी आँफै बोक्सी, डम्फुको ताल आफ्नै
भेटिले पुगेन,फिरौतीलाई काम भनी थापे
September 7, 2008
Subscribe to:
Post Comments (Atom)
4 Comments:
कमेण्ट लेख्न अल्छि गर्छु तर तपाईको गजलको म फ्यान नै हुँ ।
गजलको बनोट वा संरचनाको हिसाबले के हुन्छ म बुझ्दिन तर तपाईको गजल 'कमाल' को हुन्छ त्यो भने भन्नै पर्ने हुन्छ ।
त्यसोत यो गजलको सबै लाईनहरु 'वाह!, वाह!!" भन्नु पर्ने छन तर मलाई शुरुका २ टुक्राहरु एकदमै मन पर्यो ।
राप हो कि ताप,जे भए नि घाम भनी थापे
छानै जलाई सेकाको अन्न माम भनी थापे
मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे
राप हो कि ताप,जे भए नि घाम भनी थापे
wa wa....sarai taap chha lekhaima.
मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे
सुन्दर रचना
मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे
आँफै धामी आँफै बोक्सी, डम्फुको ताल आफ्नै
भेटिले पुगेन,फिरौतीलाई काम भनी थापे
man chayo
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !