टेन्सन पनि अनेक अनेक हुन्छन, पानि परे पनि टेन्सन नपरे पनि टेन्सन,हिउ परे पनि टेन्सन,नपेरे पनि टेन्सन। यस्तै भएको छ उत्तरी धुर्वमा(north pole) अहिले। बार्है महिना हिउले ढाकिने उत्तरी धुर्व यस पटकको गर्मीमा पुरै हिउ पग्लिने संभावना औलाइएको छ। उत्तरी धुर्व र आसपासका शहरमा जाडो न गर्मि जती बेला पनि हिउ पर्न सक्छ। हुन त मुस्तागं माथी ५,५०० मिटर को उचाइमा जेठ महिनामा हिउमा खेलेको मैले नि अनुभव संगालेको छु। त्यसैले होला नेपालका हिमाललाइ तेस्रो धुर्व पनि भनिने गरिन्छ। ति हिमालमा कहिले हिउ पर्यो कहिले परेन, कुन बरफ कति बर्ष पुरानो यस्ता याबत कुराहरु
कन्चन आकास मुनी हुदै गर्छन, कसैको केही आपत्ती हुदैन। तर बर्षौं लगाएर उत्तरी धुर्वको अध्यन गरेका बैज्ञानीक भने यस पटकको आत्तिएका छन। सधै जसो बर्षो पुरानो बरफ जम्ने उत्तरी धुर्वमा यस पटक एक बर्ष पुरानो बरफ मात्र छ जुन गर्मि समयको अन्तिम सम्म पुरै पग्लने संभावना ५०% प्रतीशत छ। ७ बर्ष पहिले अहिलेको समयमा २ मिटर बरफ थियो भने यस बर्ष १ मिटर मात्र बरफ जमेको छ। पानिले जमिन भन्दा बढी ताप लिने र त्यो तापको असर सिधै हिउमा पर्ने हुनाले प्रिथ्वीको तापक्रम परिब्रतन उत्तरी तथा दक्षिणी धुर्बले सजिलै बताउन सक्छन।

यसरी हिउ नै सक्किनुको मुल कारण बढ्दै गएको प्रिथ्वीको तापक्रम तथा मौसम परिबर्तन हो।तर यसरी हिउ नै सकाउने अर्को कारण Arctic Oscillation पनि हो जसले उत्तरी धुर्वको हिउ पुरै सोरेर गर्मि समुन्द्र तिर लग्दछ। यसरी बरफ पग्लिनुले त्याहा भएका polar beer तथा seal बाच्न समस्या पर्छ भने पानीको उचाइ बढ्नुले खेती योग्य जमिन नष्टहुनुको साथै समुन्द्र छेउका शहर डुब्ने खतरा हुन्छ। तर यसको फाइदा भनेको पानि जहाजलाइ पनामा क्यानल नभइ सिधै उत्तरी धुर्वबाट जान सजिलो हुन्छ। यसका साथै प्रचुर मात्रमा तेल भएको उक्त भुभागमा तेलको उत्खनन गर्न पनि सघाउ पुग्ने छ।
2 Comments:
यसरी हिउँ पग्लनुको फाईदा पनि रहेछन तर पनि यो फाईदा भन्दा पनि चिन्ताकै बिषय जस्तो लाग्छ मलाई पनि ।
यो ग्रिन हाउस ग्यासले ने संसारै खान लाग्यो।
यसो पढ्दा त ग्रिन हाउस ग्यासले मात्रै यस्तो हुन लागेको रैनछ तर पनि हामीले स्हयार संहार नगर्ने हो भने पुर्खा बाट पाएको यो धर्ती हाम्रा सन्सतीलाइ सकुशल दिन सकिएला जस्तो छैन।
यो घटनाल संसारको ध्यान तानिएला कि?
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !