शिव प्रकाश
मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो रहरमा रमाइरहेछ छ ।
आधुनिकताभित्र
जीवनको अर्थ - रोमान्स
यौन साधनामा समाधिस्थ
रहरलाग्दा युवा युवतीहरु
डरलाग्दा मुद्रामा
साधनारत
यौवनको राग
फूलको मदमोहकता जस्तै
मादोन्मात
जीवनलाई साँधिरेहछन्
चाखिरहेछन्
जीवनका क्षणीक स्वादहरुमा
सुखानुभूत बाँचिरहेछन् ।
सयमले उत्ताउलो रहर बोकेको
आधुनिकताभित्र
बाँच्नुको पर्याय - सुख !
सुखको पर्याय - सम्भोग !
भोकभन्दा बढी भोग
आवश्यकताभन्दा अझ बढी
रहर बनेको छ
जीवनयापनभित्र जीवनपान
समय नै यस्तो छ
समयको यो उत्ताउलो रहरसँग
मालाई पनि कताकता
मात्तिन-पात्तिन मन लागेको छ
भोकभन्दा बढी भोग
सुखको पर्याय - सम्भोग !
बोस्टोन अमेरिका
May 09, 2008
May 13, 2008
Subscribe to:
Post Comments (Atom)
3 Comments:
सुखको पर्याय संभोग तर अन्त्य फेरि स्खलन , त्यसैले
सुखको पर्याय मनको अल्पकालिन तुष्टी ! कविता राम्रो छ ।
sarai uttam kabita lagyo.
शिव दाई को उत्तम रचना धेरै दिन पछी पढ्न पाइयो।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !