मार्च १०, २००८ का दिन, तिब्बतिहरुले, आफ्नो स्वाधिनता खोसिएको ५१ औ बर्षको अबसर पारेर ल्हासा सहरमा शान्तिपूर्ण प्रदर्शन गरे। दबाब र बल प्रयोग बाहेक अरु कुनै कुरा नजान्ने चिनिया प्रशासनले व्यापक दमन गरि धेरै संख्यामा भिक्षुहरुलाई गिरफ्तार गर्यो ।
११ मार्चमा ति गिरफ्तार गरिएका भिक्षुहरुको रिहाईको माग गर्दै बसेका भिक्षुहरुमाथी अन्धाधुन्द अस्रुग्यास र लाठी प्रयोग गरि चिनिया प्रशासनले आफु दमनकै कडा रुपमा मात्रै प्रस्तुत हुने जनायो, अनि संसार भरि शुरु भयो विरोध र दमनको कुचक्र ।
जहाँ एकतर्फ दलाई लामा स्वयंले ध्वंसात्मक गतिबिधिको बिरोध गर्दै आफ्न माग "स्वतन्त्र तिब्बत" नभएको पटक पटक दोहर्याएका छन भने आर्को तर्फ चीनिया सरकारले दलाईलामा लाई 'संतको भेषमा रहेको सैतान' को संज्ञा दिएको छ ।
बास्तबमा चिन सरकार तिब्बतको समस्यालाई यत्ती सम्म न्यून मुल्याकंन गर्दै छ की तिब्बतको समस्यालाई केबल दलाईलामा एकजनाको व्यक्तिगत विचारसंग जोडेर, सिधै भन्दा दलाईलामाको मृत्युको प्रतिक्षामा छ, अनि दलाईलामाको जिवनकालमा नै उसलाई खलनायक सिद्द गर्ने असफल प्रयास पनि। यो चिनिया सरकारको ठुलो गल्ति हो ।
षडयन्त्रको जालो यत्ती सम्म की, चिनीया कम्यूनिष्ट सरकार हालका दलाईलामाको मृत्यु पछि 'आफ्नो पक्ष' को चिनिया नागरिकलाई नया दलाईलामा चुन्ने र त्यस पछि तिब्बतिहरुको एकतालाई टुक्र्याएर बिस्तारै 'ब्रेन वास' को आफ्नो पुरानो हतियारले बाकी तिब्बतिहरुलाई पनि तह लगाउने खाका तयार गर्ने काममा व्यस्त छ ।
आफ्नो प्राचिन र रहश्यमय संस्कृति र धर्ममा यसरी ठाडै प्रहार गर्ने षडयन्त्र बन्न लागेपछि सो संस्कृतिलाई जोगाउन दलाईलामाले पनि आफ्नो जिवनकालमा नै उत्तराधिकारी चुन्ने विचार प्रकट गरे र तिब्बतिहरुसंग व्यापक बहसमा लागे। यसरी आफ्नो हजारौं बर्ष पुरानो र दूर्लभ संस्कृतिमा प्रहार हुन लागेपछि तिब्बतिहरु एकजुट हुनु एकदमै सामान्य कुरा थीयो भने बदलिदो विश्वको परिस्थिति र संसारभरी छरिई सकेका तिब्बति हरुलाई भुलेर दबाब बाट समाधान खोज्नु चिनको ठुलो भुल ।
आफ्नो संस्कृति जोगाउन एकतर्फ संसारभरिका तिब्बतिहरु र उनिहरुका समर्थकहरु एक भएका छन भने आर्कोतर्फ आफ्नो परम्परा कायम रख्दै चिनिया कम्युनिष्ट सरकारले पनि फेरि एकचोटी विदेशिहरुलाई चिन प्रवेश गर्नबाट रोकेर 'बन्द कोठा भित्र अप्रेशन' गर्ने मनाशाय बनाएको प्रष्टै छ ।
ठुलो भन्दा ठुलो समस्यालाई केबल "आन्तरीक मामीला' बताउदै झ्याल ढोका थुनेर अप्रेशन गर्दै आएका चिनिया प्रशासनलाई यस पटक भने विश्व भरि छरिएका तिब्बति, उनिहरुका समर्थक र सञ्चार जगतमा आएको नया प्रगतिका कारण आफ्ना सबै झ्याल ढोका बन्द गर्न नसक्दा निहत्था भिक्षुहरलाई तह लगाउन हम्मे हम्मे परेको छ ।
यौटा नितान्त धर्म बिरोधि कम्यूनिष्ट मुलुकमा यस्तो घटना हुनु खासै नौलो कुर होईन भने तिन, तिन चोटी 'प्रजातन्त्र' आएको हाम्रो देशमा ति निहत्था बौद्धमार्गीहरु माथि व्यापक दबाब हुनु पक्कै पनि शोभनिय कुरा होईन । हामी यदि प्रजातन्त्रका हिमायति हौं र यसैमा हाम्रो विश्वास छ भने ति निहत्था तिब्बतिहरुको जुलुस र प्रदर्शन माथि बल प्रयोग गर्नु हामिलाई कत्ती पनि शुहाउँदैन ।
हामी स्वतन्त्र छौं र स्वतन्त्रतामा विश्वास गर्छौ भने, केवल 'ठूल्दाई' लाई खुशि तुल्याउन मात्र स्वाधिनताको आवाज उठाउने तिब्बतिहरुमाथि अलिकता पनि दमन गर्नु लज्जाजनक हुनेछ । यौटा प्रजातन्त्रीक मुलुकमा अर्को यौटा स्वाधिनताको लडाई लडनेले समर्थन पाउनु पर्छ दमन होईन । बाँकि तिब्बतको भविश्य कसरी निर्धारण हुन्छ त्यो भविश्यकै गर्भमा छ र सकिन्छ भने त्यसकोलागी हामि सबै स्वतन्त्रता प्रेमीले सकारात्मक भूमिका निर्बाह गर्नुपर्छ ।
6 Comments:
प्राचीन तथा मध्यकालीन यूगमा जसरी भारत उपमहाद्वीप तथा चीनमा अनेक स्वाधीन राज्यहरु थिए, त्यसबेला तिबत पनि एउटा राज्य थियो र राजाहरुबाट शासित थिए तर बुद्ध धर्मको बढ्दो प्रभाव र् अवतारबादको प्रबेशको साथै धर्मगुरुहरुबाट शासित हुन थाल्यो तर बुद्ध धर्मका पनि अनेक हाँगाबिगा जस्तो निंगमापा, काग्युपा, शाक्यपा, गेलुग्पा आदी पलाउन थाले र यिनीहरु बिच अन्तरबिरोध चर्कियो। एउटाको प्रभाव रोक्न खोज्ने अर्को प्रशाखालाई दैत्य ठानिन्थ्यो र दमन गरिन्थ्यो र दमन सहन नसकेर कती भुटान, लद्धाख, सिक्किम, नेपालतिर पलाएन हुन्थे। जसरी नेपालमा कुनै सरकार टिक्न भारतको समर्थन जरुरी थियो, तिबतमा कुनै धर्मगुरुलाई टिक्न मंगोलहरुको साथ चाहिन्थ्यो र एक प्रकारले मंगोलहरु पुरै तिबतमा हावी थिए। पछी चीनका शासकहरुसंग पनि अनेक संधीहरु गर्दै तिबतीहरु जकडिदै गए। जब आफ्नो देश कमजोर हुन्छ, छिमेकीहरुले पुरै फाईदा लिन्छ र हुँदा हुँदा चीनले तिबत आफ्नै भूमी भएको दावी गरे। वास्तवमा तिबतमा जुन धार्मीक स्वतंत्रताको कुरा गरिएकोछ, चीनको हस्तक्षेप पुर्व पनि कहिले थिएन। शाक्यहरुले अरुलाई उठ्नै दिन्थेनन्। पछि दलाई लामाको गेलुग्पा शाखा आएपछि अरुहरु साना साना गुम्बाहरुमा सिमित भए। एउटा गुम्बाले अर्को गुम्बालाई आक्रमण गरिरहन्थे। धर्मको प्रभावले गर्दा बिकास भन्ने कुरो ठप्प थियो। तिबतीहरु चरम गरिबीमा थिए।पहाड नदी ताल सबै पबित्र मानिन्थे र यी स्रोतहरुको उपयोग गरेर बिकास गर्ने भन्ने कुरो असम्भव थियो।
चीनले तिबतमा कब्जा जमाउनु एउटा राजनैतीक् मुद्धा हो तर चीनले तिबतको आर्थीक बिकासमा काया पलट गरेको छ। तिबतीले पबित्र मान्ने न्येचेनताङ्ला पहाड श्रींखला छेडेर रेलमार्ग ल्हासा पुर्याउदा तिब्बतीहरुलाई मन् पर्दैन। तिबतीहरुले पबित्र मान्ने यम्द्रोक् तालमा चिनीयाहरु प्रचुर बिध्यूत स्रोत देख्छन् र त्यो पनि टिब्बतीहरु मनपराउदैनन् अर्थात परम्परागत तिब्बतीहरु बिकास नै मन पराउदैनन्।
तिबतको सवालमा पश्चिमा राष्ट्रहरु जुन हल्ला गर्छन्, त्यो एउटा देखाउने नाटक मात्र हो। मानव अधिकार, राजनैतीक स्वतन्त्रता आदिकुराहरु उठाएर चीनसंग ब्यापारीक बार्गेन गर्ने बहाना मात्र हो। चीनका सस्ता उत्पादन र चिनीया लगानी बन्द हुने हो भने अमेरीका लगाएत धेरै पश्चिमा राष्ट्रहरुलाई हम्मे पर्नेछ। राजनैतीक स्वतंत्रताको कुरा गर्ने हो भने किन अमेरीकामा कम्युनिस्टहरुलाई दमन गरिन्छ?
नेपालमा तपाईले तिब्बती शरणार्थीहरुलाई हेर्नु भयो भने नेपालीको भन्दा राम्रो जीवनस्तर् उनीहरुकै छ। तपाई एउटा टिब्बती भिक्षूलाई मोबाइल् झुन्डाएर पजेरोमा तपाई एउटा टिब्बती भिक्षूलाई मोबाइल् झुन्डाएर पजेरोमा कुद्दै गरेको देख्नु हुन्छ। बौद्ध, कपन, फर्पिङतिरका गुम्बाका धर्मगुरुहरु पस्चिमा राष्ट्रले दिएका पैसाको गड्डीमा सुत्दछन् र चीन बिरोधी क्रियाकलापमा संलग्न हुन्छन्। हामी नेपालका हिंदुहरुले एउटा सामान्य मन्दीर स्थापना गर्न कति दुख गर्न पर्छ, तर तिब्बतीहरुका ती बिशाल गुम्बाहरु कसरी रातारात खडा हुन्छन्?
यी पस्चिमा राष्ट्रहरुलाई तिब्बती स्वतन्त्रतासंग कुनै सरोकार छैन, सरोकार छ त संसारमा चीनको बढ्दो प्रभाव संग। राजनैतीक् स्वतंत्रताको कुरा गर्ने हो भने यिनीहरुलाई पर्वेज मुशर्रफको सैनीक शासन पनि स्वीकार्य हुन्छ। कुवेत, साउदी अरेबिया, जोर्डनहरुका सर्बसत्ताबादी राजाहरु पनि स्वीकार्य हुन्छ। स्वतंत्र तिबतको कुरा अब पुरानो भैसक्यो। स्वयं दलाई लामाले समेत छोडिसके तर पस्चिमाहरु सकेसम्म यो मुद्धालाई बल्झाई रहन चाहन्छन्, अफ्नो स्वार्थको लागि। तिब्बतीहरुलाई बेलैमा यो कुराको चेत होस।
Tibet rocks. China sucks.
But inreality China rocks and Tibet sucks.
Just the power, who can do what?
brilliantman जि!
सर्ब प्रथम त तिब्बतको ऐतिहासिक पृष्ठभूमि समेत दर्शाएर दिनु भएको तपाईको मतकोलागि म तपाईलाई खुला दिलले धन्यवाद दिन्छु ।
बास्तबमा मैले पनि दलाईलामा स्यमंले पनि उठाउन छाडिसकेको "Free TIbet" को मागलाई जायज ठहर्याउन खोजेको होईन र केबल स्वशासनमा बढि अधिकार मागीरहेका तिब्बतिहरुमा कडा दमनको बिरोध गरेको हुँ।
तिब्बतको यो आन्दोलन शुरुहुनु केहि अघि मात्रै एकचोटी ल्हासा पुग्ने मौका पाएकोले तपाईले उठाउनु भएको 'काया पलट' को कुरा संग पनि म पूर्ण सहमत छु ।
८० को दशकमा काठमाणडौ आएका एकजना तिब्बतिसंग भेट बएको थियो उनको अनुशार त्यतिबेला काठमाण्डौ पुग्दा उनलाई 'सहर' पुगेको अनूभव भयो रे । तर तिनै व्यक्ति करिव ५ महिना अघि फेरी नेपाल प्रवेश गर्दा उनलाई ३० बर्ष अगाडी आउदा भएको 'सहर' को अनुभव होईन बरु ल्हासा भन्दा 'पछाडी' रहेको जस्तो लाग्यो रे।
यस मानेमा म त्यहा भएका बिकास र भौतिक परिवर्तनको बारेमा बिरोध वा बिबाद गर्नु बेकार सम्झन्छु। तर यो मेरो अत्यन्त वयक्तिगत अनुभव को कुरा यहा लेख्दै छु। तिब्बति थाङ्काको बारेमा सानो अध्ययन गर्न जाँदा थाहा भएको यौटा कुरा के भने त्यहा अहिले सतहि रुपमा धार्मिका कृयाकलाप खुला छ, तर कुनै यौटा गुम्बा,वा बौद्ध मन्दिरमा यत्ती राजनैतिक दबाब र दख्खल अन्दाजि छ की कुनै रेङपोछे, लामा वा कुनै यौटा गुम्बाको प्रमुख हुन बौद्ध धर्म चिन्तन वा त्यस प्रतिको लगावले भन्दा पनि प्रशासनिक निति नियमको प्रतिको 'बफादारी' ले ठुलो भुमिका खेल्छ । वाँकी दलाईलामामको मृत्यु पश्चात हजारौ बर्ष पुरानो रहश्यमय परम्परालाई नकारेर आफ्नै मान्छे राख्ने षडयन्त्रको पनि म बिरोधि हुँ ।
बाकी नेपालमा हातमा महङ्गो मोबाईल र पजेरो लीई हिडने 'लामा' भने कुनै संस्कृति जोगाउने वा धर्मको लागी भन्दा पनि 'व्यापार' को लागि हिडेका हुन --राजनैतीक व्यापार--- तिनहरुलाई केबल धमिलो पानिमा माछा मार्न मात्रै मतलब छ। न ति 'बौध्द मार्गी' हुन न 'तिब्बति' (९९% अमेरिका जाने सपना बोकेर बसेका छन)
म चाहन्छु जसरी चिनले भौतिक परिवर्तन गरेर तिब्बतको काया पलट गरेको छ त्यसैगरी सास्कृतिक र वैचारिक स्वतन्त्रता पनि देओस ।
मुख्य कुरा हामीले तिब्बतका बारेमा के सोच्छौँ भन्दा पनि तिब्बती स्वयंले चिन र तिब्बतका बारेमा के सोचिरहेका छन् भन्ने कुराले महत्व राख्छ ।
अर्को कुरा वर्तमान तिब्बती बिद्रोह खास गरी निकै विकसित बन्यो भनी दावा गरिएको तिब्बतमा स्थानिय तिब्बतीको विकास र उत्थान नभएर मूल थलो चाइनिज मेनल्याण्डबाट तिब्बत छिरेका 'हान' वंशी चीनियाहरूको नियन्त्रण तिब्बती जीवनका हरेक मोरछामा बढ्दै गइरहेको कुराको बिरुद्द शुरूभएको हो जुन कुरा स्वाभाविक रूपमा के खोज्छस् कानो आँखा भनेर पर्खिरहेको पश्चिमा मिडियाका नजरमा पुग्दा अति ठूलो बन्न पुग्यो । अब मेनस्ट्रिम पश्चिमी मिडियाको चौबीस घण्टे चर्चामा मसालेदार बनेको यो मुद्दा ओलम्पिक टर्चसंग झनझन दन्किएर बल्न थाल्यो ।
अनि तिब्बतबाट दशकौँसम्म शरणार्थिको रूपमा भागेका वा भगाइएकाले , चीनले गरेको तिब्बती नियन्त्रण र विकासका नाममा कम्युनिष्ट पार्टी क्याडर र उनीहरूले चुनेर पठाएका हान वंशीय व्यवसायीहरूको नियन्त्रणलाई गीतगोविन्द गाएर समर्थन गर्ने कुरा नि भएन नि ।
हामीले तिब्बत सुनै सुनको भएको छ भने पनि त्यहाँ बस्नेले त्यहि सुनौलो तिब्बतलाई सुनको पिंजडा ठान्न त सक्छन् नि । यही हो हाम्रो र उनीहरू बीचको पर्सेप्सनको फ्यालसी ।
समुन्नत चिनले दशकौँ बिदेशी भूमिमा भड्किएका लाखौँ लाख तिब्ब्तीलाई आफ्नै ठानेर अपनाउने ठूलोपन देखाउन सक्यो भने , दलाई लामालाई शैतानी कल्टको ठेकेदार भनेर अनादर नगरी तिब्बती सांस्कृतिक मौलिकताका लागि उनीहरूले मागिआएको सीमित स्वायत्तता दिएर सम्मान दिँदा नै उसलाई फाइदा हुने हैन र ? तर राजनीतिको रवाफमा 'जनवाद' को 'जन' भित्र कुन पर्छन कुन पर्दैनन् वर्गीकरण गर्न गाह्रो हुँदो रैछ होला ।
कुनै बेला तिब्बत विषयमा खुबै रुची थियो । हिमाचल प्रदेशको धर्मशालामा दलाइ लामाको दर्शन गर्न जाने सैयौं तिब्बतीहरुसंग धेरै पटक प्रत्यक्ष भेट अनि संगै २-३ दिनको यात्रा गर्ने „सौभाग्य“ मिल्थ्यो । भागेर नेपालको बाटो हुदै भारत पस्ने अनि पुन: काठमाडौ हुदै तिब्बत फर्किन्थे (काठमाडौबाट तिब्बत फर्के नफर्केको थाहा भएन) । अधिकांशले मुगा वा त्यस्तै बहुमुल्य पत्थर बोकेर लैजान्थे भने फर्किदा पनि केहि बहुमुल्य सामान लिएर फर्किने गर्थे । त्यसैमा रातो लुगा लगाएका भीक्षुहरु समेत लुगाको पत्र भित्र मृगको छाला लुकाएर ल्याएको देख्दा अचम्म लाग्थ्यो। हुन सक्छ दलाइ लामाको दर्शन गर्न जादा खर्चको जोहो गर्नु परेर त्यसो गरेको हो वा „पशुपतिको जात्रा सिद्राको व्यापार“ गरेको हो गर्नेले नै जानुन । मेरो बुझाइ के हो भने तिब्बत सोचे जस्तो पवित्र पनि छैन र धार्मिक पनि छैन ।
नेपालका बौद्ध मार्गिहरुलाइ हेरेर नै प्रष्ट हुन्छ बुद्ध धर्म भनेको त्याग हो राजनीति होइन । आलो मासु नखाने (हुन त बासी भए पछि अर्को दिन खान्छन ) मेरा बुद्धिष्ट आफन्तहरुको अगाडी खोलबाट निकालेको खुकुरी मार नहानी पुन खोलमा नराख्ने „खाम्पाहरु“ र आलो रगत चुहाउदै गर्दन छिंदालेको याकको मासु बेच्न हिड्ने „खासाका तिब्बतिहरु“ बुद्धका अनुयायी हुन सक्दैनन् ।
तिब्बत पछाडी पर्नु (हुन त अहिले हामि भन्दा निकै अगाडी छ ) चिनको कारणले होइन आफ्नै कारणले हो । जनताहरुलाइ आधुनिक शिक्षा पद्धतिबाट बंचित गरि „१०८ वटा गेडी गन्ने“ खालको शिक्षा दिएर होस वा „माने घुमाउने“ शिक्षा दिएर होस तिब्बतका धर्म गुरुहरुले नै उनिहरुलाइ सैयौं वर्ष पछाडी धकेलेका छन् । अहिले पनि तपाइ कुनै तिब्बतीलाइ दलाइ लामा सिक्किमको बाटो हुदै ३० दिन को बाटो भागेर धर्मशाला पुगेको हो भन्नुहुन्छ भने तपाइले ठूलो समस्या बेहोर्नु पर्नेछ , हुन सक्छ दूइ चार मुक्का पनि । दलाइ लामा तीन पाइलामा धर्मशाला पुगेका हुन भन्ने मान्छन उनिहरु ।
जबकि दलाइ लामा आफैले „My Land and My People“ मा लेखेका छन उनि कसरि धर्मशाला पुगे, कति दिन लाग्यो आदि कुरा ।
धर्मले शासन गरेको देश कहिल्यै पनि आधुनिक, उदार र प्रजातान्त्रिक हुदैन । Bias नहुने हो भने दलाइ लामाले शासन गर्ने धार्मिक शासन र आयातोल्ला खोमेनीले गरेको धार्मिक शासनमा अन्तर देख्न हुदैन ।
दलाइ लामा राम्रा अनि सज्जन व्यक्तित्व हुन । उनि आफै तिब्बत छोडेका पनि हैनन् , उनलाइ उनको सरकारले संगै लिएर गएको हो । अनि अहिले पनि उनको निर्वासित सरकार उनको व्यक्तित्वको दुरुपयोग गरिरहेको छ राजनीतिक दाउपेचका लागि । पश्चिमि मीडिया अझ १० हात माथि छ, तिब्बतमा „हान समुदाय“ का चिनियाहरुको निर्मम हत्या हुदा उल्टै चीनले नरसंहार गर्यो भनेर झ्याली पिटाए । हो चिनले पनि गर्यो त्यसको बिरोध गरिनु पर्छ तर तिब्बतिहरुको ज्यादतिलाइ थप्थप्याउने काम पनि गरिनु हुदैन । दलाइ लामाको निर्वासित सरकार वा कार्यकर्ताहरुसंग दलाइ लामा कति असन्तुष्ट रहेछन भन्ने कुरा त तिब्बतमा दंगा शान्त नभए राजीनामा दिन्छु भन्ने उनको धम्कीले पनि देखाउछ ।
चीन कति क्रुर छ भन्ने कुरा त तिब्बतमा खोज्न पर्दैन तियानमेन स्क्वायर सम्झे पुग्छ , उसले सरकार र देशको खिलाफ उठ्ने आवाज चाहे चिनिया मूलकाले गरेको होस वा अन्य मुलकाले होस क्रुर तरीकाले दबाएर नै साम्य पार्छ ।
अब हाम्रो कुरा हो अमेरिकाले आफ्नो फाइदाको लागि पाकिस्तानी निरंकुशतालाई संरक्षण गर्छ भने हामीले किन „फ्री तिब्बत“ को नारा बोक्नु पर्यो जब तिब्बतीहरु हामि भन्दा सम्पन्न हुदैछन र हामिलाई पनि नाङो तिब्बत भन्दा भरि भराउ चिन सहितको तिब्बत बाट फाइदा छ भने । तर जे भए पनि उनिहरुको मानव अधिकार खोसिनु हुदैन, तपाइको आशय यही होला, यसमा दूई मतै छैन ।
panda जी संग सतप्रतिशत सहमत, राम्रो लेख्नु भयो।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !