February 25, 2008
फागुनमा तिहार
अचेल मलाई तिहार तिहार जस्तो लागिराछ समाचारहरु पढ्दा। तिहाराँ कागलाई बोलाएर भात खान दिन्थे --कुकुरलाई बोलाएर माला लाईदिन्थे। तिहारको दिन सकिदा नसकिदा कागले ढुङगा भेट्थ्यो। कुकुरले लात। भारतिय दुताबासमा अचेल तिहार लागेको रे छ -- कागहरुलाई भात खुवाँउदै गर्या कुकुरहरुलाई माला लाई दिदै गर्या समाचार पढीरथें।
ह्याप्पी तिहार।
माओबादीले सुरु गरेको बिखण्डनबादी सोचाई, अनि आँखा चिम्लेर बाँडेका ति लाखौ नागरिकता अहिले रोजगारीमा लागेका छन। "यो सबै राजाको चलखेल हो निरमाया---" भन्ने लयको चक्का (सिडी) प्रचण्डको अध्यक्ष्यतामा बिमोचन गर्ने कि "ग्र्याण्डडिजायनले मार्यो नी बरीलै" भन्ने भाकामा गिरिजाले चक्का बिमोचन गर्ने भन्ने बारेमा बालुबाटार र बुद्धनगरमा गम्भिर बैठक बसीरहँदा बल्खुमा "दौरा सुरुवाला नी सिलाईयो मात्रै नी कामरेड--" बोलको गीतमा माधब सर रियाजमा मग्न रे भन्ने सुनियो। मधेसमा चैं "नईँ नागरिकताबाले देश ले जाएँगे " धुनले बजार पिटिरहेको छ अरे।
तर जे होस --- नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने निती भारतले सात आठ पटक कामरेड प्रचण्डलाई दुताबासमा बोलाएर होस वा दिल्लीमा सम्झौता हिन्दीमा लेखेर होस प्रस्ट पारेकै छ। अब यो यस्तो अन्योलको बेलामा पनि तिहार जस्तो रमाइलो महोत्सब आफ्नै खर्च पानीमा भारतिय दुताबासले आयोजना गरेर हामी सबैलाई ठुलो गुन लगाएको छ।
February 24, 2008
खबरदार!!! देशको अखण्डतामाथि सम्झौता नगरेस !!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 22, 2008
स्वस्थानी अध्याय:३०/३१
अध्याय:३०/३१
http://www3.sendthisfile.com/d.jsp?t=0XErdPpxM2GhAslHswkQQo3I
आजबाट श्री स्वस्थानी कथा समाप्त भयो।
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कुकुर नेता, भेडा जनता, देश डामाडोल
"नेपाल त बेहाल छ", "ग्यास छैन, बत्ती छैन, डिजेल छैन, सडकमा गुडने गाडी छैन" समष्टिमा ईन्धन र बत्ती नभए पछी नेपालमा अहिले केहि पनि छैन। साच्चै कहालि लाग्दो अबस्थाबाट देश गुज्री रहेको छ ।
जिउदो रहदा सम्म त आम नागरीकले राज्यको तर्फबाट कुनै सामाजिक प्रत्याभूति र सम्मान पाएनन् पाएनन्, अब त सुन्दै छु मरे पछि पनि अन्तिम संस्कारको लागी दाउरा नभएकोले नेपाली जनताले ढुङ्गे युगमा पनि व्यहोर्न नपरेको लाचारी र लज्जास्पद पिडा भोग्नु पर्ने छ ।
.नेपालको खबर फेरी एकचोटी विश्वभरिका मिडियामा आउन थालेका छन् अनी संसारका बिभिन्न भागमा छरिएर बसेका नेपालिले फेरी एकचोटी 'स्टल'मा राखीएका पत्रीका डराई डराई हेर्नु पर्ने र कसैले आफूलाई 'नेपाली' भनेर चिन्ला भनेर सकेसम्म आफ्नो परीचय समेत लुकाएर हिडनु पर्ने बाध्यता फैलिएको छ ।
पेट्रोल पम्पमा लाईन लागेका सबारी साधनका तस्विर, ईन्धन अभावले बन्द गरिएका होटेल रेस्टुरेन्ट र उद्योगका खबर अनी पानीकोलागी लाममा बसेका गृहीणी र काकाकूल बनेको नेपालको हालत, यहि छ आजकल संसारभरी कै खबरमा ।
मधेश आन्दोलनको १०औ दिनमा करिव करिव बार्ता भंग हुने निश्चित भईसकेको छ र अबका दिनहरुमा देशको हालत झनै जर्जर हुनेमा कुनै शंका छैन। विदेशबाट सापट गरेर ल्याएको 'लोकतन्त्र' पछिका दिनमा नेपालीहरुका दिन आशा बिपरित पहिला भन्दा झनै कष्टकर भएका छन।
आन्दोलनको क्रम यसरी जारी रहे केहि दिन पछि टेलीफोनमा समेत "लोड सेडिङ्ग" गर्नु पर्छ रे (कारण- विना पावर सप्लाई त्यो पनि कती बेर र कसरी चल्छ र), त्यसपछि हामि पूर्ण रुपमा ढुङ्गे युगमा प्रवेष गर्ने छौं । किनकी नेपालिहरुले अब पकाएर खानको लागी दाउरा, मट्टीतेल र ग्यास नभएकाले काँचो खाने बानी नबसाली सुखै छैन, अनी सञ्चारको लागी घर-घरमा परेवा पाल्नु पर्ने छ ।
जंगलि राजका नाईकेहरुलाई जुन दिन देखी ससम्मान देशको जिम्मादिने कार्य भयो त्यसै दिन देखी नेपालको ईतिहासमा हिंसाबाटै सत्ता प्राप्ती र सर्बकार्य सिद्द हुन्छ भन्ने बिचार पनि पूर्णरुपमा स्थापीत भयो । नालायक र हुत्तिहारा नेता भएका देशमा हिंसाले 'बहादुरी' र जंगलि राज ले 'जनबादी' नाम पायो। एकचोटी पून सत्ताको स्वाद पाउने लालचमा लागेका पानिमरुवा र सत्तालिप्सा नेताले एक चोटीको मुतको न्यानोकोलागी बिवेकको तिलान्जली दिएर 'ढुङ्गा-मुढा' बादलाई त्वं सरणं गरे अनि त्यसै पछि शुरु भयो नेपालमा दण्डहिनता र अराजक आन्दोलनको शुरुवात !
मागे पछि दिनै पर्ने, भने पछि मान्नै पर्ने अनी बोले पछि पुर्याउनै पर्ने ----नत्र बाटो बन्द, तोडफोड, जे पनि हुनसक्छ।
अहिलेको आन्दोलन बिषय र परिस्थिति अनुशार केहि फरक रहे पनि यसको गुणात्मकता भने फेरी माओबादीको जंगलीराज बाटै प्रभावित र अनौपचारीक रुपमा प्रोत्साहित छ । दण्डहिनता को नमूनै बनेको देशमा एउटा हिस्रक गुटलाई ससम्मान सत्तामा ल्याईन्छ भने त्यस्तो देशमा जुनसुकै जायज वा नाजायज माग पनि राख्न सकिन्छ र राख्ने मात्रै हैन त्यो पुरै पनि हुन्छ भन्ने मानसिकताले घेरेको छ हाम्रो देशलाई । त्यसैले यसको दोष पनि हाम्रा महान नेताहरुले नै लिनु पर्छ र उधारो बुद्धिले काम गरेसम्म यसको समाधान पनि निस्केला भन्ने मलाई लाग्दैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 20, 2008
स्वस्थानी अध्याय:२८ / २९
अध्याय:२९
http://www8.sendthisfile.com/d.jsp?t=7gZdtkCu6EnCCA4HKXHmt1hQ
----------------------------------------------------------------
अध्याय:२८
http://www8.sendthisfile.com/d.jsp?t=AzSQnAfuTQ2chALp9EpiL4sp
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 17, 2008
स्वस्थानी अध्याय:२७
अध्याय:२७
http://www6.sendthisfile.com/d.jsp?t=xnp4pHhoyePuvM5UCwe2Zwj0
सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Tea Time 3 "टिपन टापन"
सन्ता को बाबु कुवामा खसेछ , सन्ता ले बंता लाई भन्छ
संता : कल सुबह डैडी कुएं में गिर गए , बहुत चोट लगी , चिल्ला रहे थे
बंता : अब कैसे हैं ?
संता : ठीक ही होंगे , कल रात से कुएं से कोई आवाज नहीं आई
बस Accident
एक आदमी दर्द से चिल्ला रहा था - हे भगवान मेरा हाथ टूट गया
संता : ओय चुप कर , उस आदमी को देख , वह तो मर गया है लेकिन फिर भी कुछ नहीं बोल रहा है...
संता and पत्नी घूमने जा रहे थे तभी उन्हें एक गधा घास खाते हुए दिखा
पत्नी बोली : देखो तुम्हारा रिश्तेदार , नमस्ते करो
संता बोला : नमस्ते ससुरजी
सन्ताले श्रीमती लाई कविता सुनाउछ:
देखा तुझे तो रूह खुश हो गई
एक कमी थी वो भी पूरी हो गई
पागल हैं वो जो कहते हैं कि चिम्पैंजी की नस्ल धरती से विलुप्त हो गई
एक जना भक्त मन्दिरमा सधैं पूजा गर्छ , भगवान प्रसन्न हुन्छन अनी सोध्छन
भगवान : वत्स क्या चाहिए ?
भक्त : मेरी शादी ऐश्वर्या से करा दो भगवान
भगवान : उसकी एक साड़ी एक लाख की है , खर्चा कर पाएगा ?
भक्त : कोई उपाय प्रभु ?
भगवान : मल्लिका ले ले कम कपडे से काम चलेगा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 14, 2008
स्वस्थानी अध्याय:२४
अध्याय:२४
http://www3.sendthisfile.com/d.jsp?t=0HGZxkKzzRyjN4IUF4azECiS
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
रातो गुलाफ
लुकाइ ल्याएको दिल लिएं अनि फर्काएं रातो गुलाफ,
प्रेमालिंगनमा बाँधिन न उमेर हुन्छ, न अबेर हुन्छ,
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 13, 2008
स्वस्थानी अध्याय:२३
अध्याय:२३
http://www10.sendthisfile.com/d.jsp?t=f4Bji8AlHcPaLgBOwpAjVOwS
सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 12, 2008
स्वस्थानी अध्याय:२२
अध्याय:२२
http://www12.sendthisfile.com/d.jsp?t=CuIlgO2HEVosOWdmgIFVl9WT
सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बिरालो बांधेर श्राद्ध
आफ्नो पालोमा फारम बुझाउन जांदा मेरो फोटो भएन रे । मैले झन अमेरिकामै अमेरिकाको पासपोर्ट standard फोटो खिचेर आएको नेबिल ब्यैंक को कर्मचारीले हुन्न रे । किन भएन भनेर सोध्दा त मेरो फोटो मा म कालो आएको छु रे मान्छे भन्दा । हुन पनि हो Walmart मा खिचेको रहर लाग्दो भने आएको थिएन, तर पनि अलि कालो आयो भन्दैमा फोटो नै नमिल्ने भने त हैन नि ? मेरो त्यो फोटोको background चाहिने जति उज्यालो नै थियो, खालि अनुहार अलि tan देखिएको थियो । मेरो पासपोर्टमा आखिर तेहि Walmart मा नै खिचेको फोटो थियो । अनि कस्तो फोटो चाहिन्छ त भनेर सोद्धा अर्काको फाइल बाट फोटो देखाइन । त्यो फोटो त मैले पहिलो चोटि अमेरिका जांदा फोटो कनसर्न मा खिचेको जस्तै रहेछ । अनि मैले ति कर्मचारीलाइ यो फोटो मा त झन Adobe Photoshop चलाएर गोरो बनाउने, लाली लगाउने, पिम्पल हटाउने आदि काम गर्छन्, अनि कसरी यो मन्छे संग मिल्यो र भनेर सोधें । हक्क बक्क भएर ति कर्मचारीले "तपाइं को फोटो अलि कालो भएकोले पासपोर्टमा भिसा scan गर्दा कालो आउंछ" भनिन । अनि मैले अफ्रिकाको मन्छे ले भिसा लिनु पर्यो भने कस्तो खालको फोटो खिचाउनु पर्छ नि भनेर सोधें ।
केहि सिप लागेन, अखिरमा महन्गोमा emergency फोटो खिचेर भोली फेरि आउनु पर्यो । मेरो नया फोटोमा Adobe Photoshop चलाएर गोरो बनाउनु को साथै लाली पनि अलिकति चढाइ दिएको रहेछ । बिरालो बांधेर श्राद्ध गर्ने जस्तै भोलि पल्ट तेहि कर्मचारीले खुरुक्क तेहि फोटो लिइन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
यौटा नयाँ त्रिशुल बाबा !
पशुपतिको मुर्तीमा पसिना आएको हल्ला, कुनै परिचीत सामाजिक व्यक्तित्वको हत्या भएको हल्ला, पानीमा बिष मिलाईएको हल्ला, र कुनै मानिसमा दैवि शक्तिको अवतरण भएको हल्ला। यस्ता र यस्तै बिभिन्न हल्लाले व्याप्त हाम्रो देशमा केहि समय यताबाट यौटा नया भविष्यबक्ताले पनि बेला बेलामा आफ्नो उपस्थिति देखाउन थालेका छन ।
करिब एक बर्ष जत्ती अगाडी ति नया भविष्यबक्ताले नेपालका अमेरिकि राजदूतको हत्या गर्ने ताना-बाना बुनीएको र त्यसको प्रमाण आफूसंग रहेको बताएका थिए। तर समय बित्तै जाँदा न त कुनै हत्याको षडयन्त्रको पर्दाफास भयो न त ती भविष्यबक्ताले कुनै प्रमाण कसैलाई दिए ।
केहि समय पछि तिनले फेरी नेपालमा 'कू' हुन लागेको देखि अन्य बिभिन्न भविष्यबाणि हरु गरे, ति सबै भविष्यबाणीहरु त्रिशुल बाबाको असार महिनामा नेपालमा बिशाल भुकम्प आउने बकम्फुसे हल्ला भन्दा केहि निक्लेनन् र सबैले सोचे शायद अब यी नया बिद्धान ज्योतिषले कुनै नया भविष्यबाणी गर्दैनन् ।
तर हिजो आजको नेपाली छापामा ति भविष्यवक्ता फेरी एक पटक छाएका छन् । यस पटक तिनले आफ्नै हत्या हुन लागेको धूवाँदार भविष्यबाणी गरेका छन। बताउनु नपर्ला, यो पनि तिनका पहिलाका भविष्यबाणी भन्दा केहि फरक छैनन् मतलब, न अंक ज्योतिष, न फलादेश न कुनै खगोलबिद वा कुनै पश्चिमी ज्योतिष बिद्यामा आधरित भएकोले यो पनि केवल यौटा चर्चामा बसिरहन चलाईएको यौटा हावादरी हल्ला मात्रै हो ।
हुन त त्रिशुल बाबा र यिनमा केहि भिन्नता नभएको होईन, त्रीशुल बाबालाई कालो अक्षर भैसीं बराबार थियो भने यीनी चाहि कुनै जमानामा अक्षर सिकाउने कार्यमा पनि लागेका थीए, तर जहाँसम्म भविष्यबाणीको सबाल छ, यी दुबैमा कुनै भीन्नता छैन, किनकी यी दुबै गलत भविष्यबाणी गर्नमा माहिर छन ।
जहाँ यौटा बाबा यौटै गलत भविष्यबाणी पछि चुप लागेका छन त्यहि यी भने नया नया भविष्यबाणी गर्न पछाडी परेका छैनन् ।
बास्तबमा राजनितिमा लाग्नेको लागी चर्चामा रहि रहनु वा मिडीयामा बनिरहनु आफ्नो उपस्थिति देखाउने मजबूरि वा अन्तीम उपाए हो । कुनै सार्थक वा रचनात्मक कार्यले आफ्नो उपस्थिति देखाउन नसके पछि जसरी भए पनि आफ्नो अस्तित्व देखाउन भिभिन्न बेलामा बिभिन्न नेताहरुले धेरै किसिमका प्रयोग गरेका छन, तर यि सबै भन्दा यो प्रयोग पक्कै पृथक छ।
भविष्यबाणी र त्यसमा पनि राजनैतीक भविष्यबाणी भने पछि सबैले कान त ठाडो गर्ने नै भए र यसै बाट आफ्नो चर्चा परिचर्चा पनि हुने । तर यो झूठको भविष्यबाणी धेरै भए पछी भविष्यबक्ता बिस्तारै ज्योतिष बाट हास्य पात्रमा परिणत हुदैं जाने कुरो चाही सबैलाई चेतना भया ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 11, 2008
स्वस्थानी अध्याय:२१
अध्याय:२१
http://www7.sendthisfile.com/d.jsp?t=aEscxY9JyMj4MWPmzvVlz7i6
सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 10, 2008
स्वस्थानी अध्याय:१९ / २०
अध्याय:१९
http://www9.sendthisfile.com/d.jsp?t=cenA8mMsVusbTuZ67DH8nklA
अध्याय:२०
http://www9.sendthisfile.com/d.jsp?t=6nbCVI1KRDbC22dz76Zaae0h
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 8, 2008
बेठेगान बन्दै गएका ठेगाना
यो यौटा एकलाईनको चुटकिला, र केवल शब्दको खेल मात्रै हो । घर स्वर्ग भएपछि त्यसमा बस्नेलाई "स्वर्गवासी" त भन्नै पर्छ, तर कुरा के भने न त कसैको घरमा लक्ष्मी भित्रीन्छन, न त कुनै बुहारी भित्रेर कसैको घर स्वर्ग बन्छ ।
भर्खरै कतै पढेको थिएँ, काठमाण्डौको रत्न पार्कको नाम परिवर्तन गरेर 'शहिद पार्क' राखियो रे । अब यसरी हेर्दा त्यस पार्कमा बस्ने जत्ती सबै थोककै भाऊमा शहीद हुने भए।
त्यसो त सेक्सपीयरले धेरै अगाडी नाममा केहि छैन र जे नाम दिए पनि गुलाफले त्यहि बास्ना दिन्छ भनेकै हुन, तर हाम्रा नेताहरुलाई भने बास्ना त्यहि आओस, स्वरुप र तौर तरीका त्यहि रहोस कुनै मतलव छैन, मतलव छ त 'नाम' मा, नाम फेर्नै पर्छ ।
राजा र राजपरिवार संग जोडिएका सबै कुराको नाम फेर्नै पर्ने 'दृढ अठोट' लिऐर सरकार यसरी चल्दै छ, मानौ, यो भन्दा ठुलो र गौरवशाली कार्य अरु हुनै सक्दैन ।
यसै क्रममा, जन-आन्दोलन २ ताका चाबहिल-कपन बाटोमा यौटा ठाउँको नाम स्थानियवासीले परिवर्तन गरेर 'लोकतन्त्र चोक' राखेछन। त्यो कुरा एकदिन एकजना भाईले फोनमा मलाई बताएको थीयो, तर यसपाला दशैमा त्यहा जाँदा त्यो ठाउँको नाम पून: परिवर्तन भएर "गणतन्त्र चोक"भैसकेको थियो । मतलब हामी केवल नामकै मात्रै पछाडी छौं र सरकार पनि त्यसैलाई आफ्नो "पौरख" ठान्दै छ ।
रातारात, स्कूल, कलेज, बाटो, पुल, पोखरी, भवन ईत्यादिका नाम परिवर्तन हुदैछन्, । फेरी वैचारीक दरिद्रताको परम नमूना रहेका हाम्रा उच्च ओहदावालाहरुको दिमागमा 'शहीद' वा 'लोकतन्त्र' बाहेक बाहेक अरु कुनै नाम आउदैन्। बाटोको नाम फर्नु पर्यो "लोकतन्त्र मार्ग", पार्कको नाम परिवर्तन गर्नु पर्यो "शहीद पार्क" ।
अब राजा र राजपरिवारको नाम पनि राख्नु भएन, 'शहीद' वा 'लोकतन्त्र' बाहेक अर्को नाम पनि छैन के गर्ने ? । हुदां हुदां अब राज मार्ग भन्न पनि त्यसमा 'राजा' को नाम आउने भएकोले राजमार्गलाई पनि राजमार्ग नभनी 'शहीद मार्ग' भन्ने हो की (त्यसै पनि हरेक दिन यि बाटोहरुमा दूर्घटनाहरु भईरहेका छन र यात्रीहरु शहीद भई रहेका छन) अनि राजधानिलाई पनि शहीद धानी भन्ने हो की? । रानी पोखरिलाई लोकतन्त्र पोखरी, महेन्द्र नगरलाई गणतन्त्र नगर, रानि वनलाई शहीद वन । म सोच्दै छु, उसै पनि हुलाक पत्र कहिल्यै भनेको ठेगानामा नपुग्ने हाम्रो देशमा यस्तो भरमार नाम परिवर्तन भए पछि झन के हाल होला?
केहि समय पहिले एकजना साथिको पत्र आएको थियो उस्को वरिपरिका गल्ली, चोक, बाटो सबैको नाम परिवर्तन भैसकेको रहेछ , हुदां हुदां कुनै यौटा शाहवंसीय राजा र उस्को नाम पनि मिलेकोले उस्ले पनि जोशमा आफनो नाम पनि फेरेछ। ऊ आजकल आफ्नो पुरानो नाम बाट हैन 'स्वतन्त्र नेपाल' को नामले चिनिन्छ ( भ्रम नपरोस 'नेपाल' चाहि उस्को पुरानै थर हो) ।
आज बिहान उसलाई यौटा पत्रको जबाफ लेखेको थिएँ तर उसको ठेगाना लेखे पछि यो पत्र के गतिले ठेगानामा पुग्ला र जस्तो लाग्दैछ।
तपाई नै हेर्नुस न तलको ठेगाना, कुनै बकम्फुसे दलको चुनावी घोषणा-पत्रको शुरुवात जस्तो; कुन नाम हो, कुन ठेगाना समेत छुट्याउन मुस्कील पर्छ :
लाई:
स्वतन्त्र नेपाल
शहीद चोक, गणतन्त्र गल्ली,
संबिधान सभा मार्ग,
राजतन्त्रात्मक गणतन्त्र नेपाल
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
स्वस्थानी अध्याय:१८
अध्याय:१८
http://www12.sendthisfile.com/d.jsp?t=HWh88WMXT77KodVFWNQMAEUI
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 7, 2008
स्वस्थानी अध्याय:१७
अध्याय:१७
http://www3.sendthisfile.com/d.jsp?t=g0HnSQMGgKClnWixQC569fsu
सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
स्वस्थानी अध्याय:१६
अध्याय:१६
http://www4.sendthisfile.com/d.jsp?t=OWuL1NMOQbfclCMbWxLUf2Q7
सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 6, 2008
अनलाईन राहदानि डट कम
ल हेर्नुहोस, यो मेरो पूर्वाग्रह होईन 'पूर्वानूमान' मात्रै हो:
सबैभन्दा पहिला त तपाई ईण्टरनेट जोडेर नेपाल सरकारको 'राहदानी नविकरण' लेखीएको पृष्टमा प्रवेश गर्नु हुनेछ । मोनिटरमा " नेपाली सरकारको राहदानी नविकरण पृष्टमा स्वागत् छ" लेखिएको खुल्ने क्रममा हुनेछ ।
तर ५ मिनेटसम्म त्यो सन्देश मात्रै देखिई कुनै प्रतिकृया नभएपछि, अन्तमा तपाई हैरान भएर आफ्नो Browser "Refresh"गर्नु हुनेछ, अनि शायद यस्तो शन्देश तपाईको मोनिटरमा देखिने छ :
केहि नलागी तपाई "हस त !" लेखीएको ट्याबमा थिच्नु हुनेछ ।
अब, आईतबार बिहान १० बजे नै तपाई त्यहि पोर्टलमा छिर्नु हुनेछ । त्यस दिन सायद यस्तो मेसेज आउन सक्छ :
नेपालको सरकारी कार्यालयको नेपाली कागजले पोका पारेका फाईल भन्दा पनि ईण्टरनेटको यो फाईल खोज्न तपाईलाई गार्हो हुन्छ । "राहदानी नविकरण फारम" लेखीएको ट्याब देखीए पनि कि त त्यो खुल्दै खुल्दैन कि त यस्तो मेसेज आउने छ:
तपाईको आश्चर्यको सिमा त्यतिबेला टुटछ जब तपाईको ईमेल ईनबक्समा तुरुन्तै यौटा यस्तो सन्देश आँउछ " तपाईले खोज्नु भएको राहदानि नविकरणको फारम यहाँ छ, कृपया यो अनलाईन भरेर प्रेषण गर्नु होला"
अन्तमा तपाई Virtual अनलाईन फारममा Physical हुलाक टिकट टाँस्ने गुत्थी फेला नपरेपछि पूर्बबत: 'अफलाईन' नविकरण Processको लागी यात्राको तयारी गर्नतर्फ लाग्नु हुनेछ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 5, 2008
अमेरीकन बर्गर र शंकरपुरको मंदिर
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
स्वस्थानी अध्याय:१४ / १५
http://www4.sendthisfile.com/d.jsp?t=cZaL3T4yLBCETN9o0dtcLkyx
अध्याय:१४
http://www4.sendthisfile.com/d.jsp?t=aNF3sItgQbHVzyWFxSSyfqiM
अध्याय:१५
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 3, 2008
स्वस्थानी अध्याय:११ / १२/ १३
अध्याय:११
http://www3.sendthisfile.com/d.jsp?t=7gyaRPDWoCgAZOTEpjutOlTJ
http://www3.sendthisfile.com/d.jsp?t=9Vh9zfSTuu3NdIaBERLaUwcp
अध्याय:१२
http://www5.sendthisfile.com/d.jsp?t=7lONOjWwfmvUwuOY8pzMaNBY
अध्याय:१३
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ऊधारो तेल अनि उधारो लोकतन्त्र
दुइ चार दिन पहिले एउटा भारतीय अनलाइन पत्रिकामा पढेको थिए दिल्ली सरकारले छिट्टै नै एउटा विधेयक ल्याउदैछ रे जस अनुसार आइन्दा दिल्ली राजधानी क्षेत्र भित्रका कुकुर देखी भैसी सम्मका जनावरहरुका धनीले ती जनावरहरु पाले वा राखे वापत वार्षिक रुपमा कर बुझाउनु पर्नेछ । जसमा प्रति कुकुर रु. ५०० भा रु. र गाइ भैसीको प्रति जनावर भा. रु. २,५०० वार्षिक रुपमा सरकारलाई बुझाउनु पर्नेछ । एउटा कृषकले चालिसौ हजार खर्च गरेर किनेको भैसीबाट कति आम्दानी लिन सक्छ र कति कर बुझाउन सक्छ त्यो बहसको विषय हुन सक्ला वा त्यसले भोलि सडकमा कस्तो उथल पुथल ल्याउछ त्यो आफ्नै ठाउमा छ तर आम रुपमा पस्चिमा देशहरुले पनि लागु नगरेका पशुकर (कृषीजन्य पशु सम्बन्धी) लागु गर्ने आँट गरेर विधेयक बनाउनु पक्कै पनि पुँजीबादको या कर प्रणालीको चरम प्रयोग हुन सक्छ । मैले त्यो समाचारको विश्लेषण भन्दा पनि छिमेकि देशको अर्थतन्त्रको दौडको गतिको मात्र उदाहरण प्रस्तुत गर्ने जमर्को गरेको हो ।
विषय खनिज तेलको हो जसको मुल्य हाम्रो देशमा कहिले बढ्छ त कहिले घट्छ । अन्तराष्ट्रीय बजारमा खाडी यूद्ध लगतै बाहेक तेलको बढेको मुल्य उल्लेख्य रुपमा नेपालमा बाहेक अरु कुनै देशमा घटेको छैन होला । तर हाम्रो देशमा विकसित देशहरुमा मुल्यवान हुदै गएका तेल र मान्छे जस्ता चिजको मूल्य घट्दो छ।
सबै मन्त्री देखि नेता वा जी एम सम्मले फलाक्ने गर्छन नेपाल आयल निगम घाटामा छ , महँगोमा तेल किनेर सस्तोमा बेच्नु परेको छ रे आयल निगमले । राजनीतिक दवाबले हो या गणित राम्रो सँग नजानेर हो आयल निगमका तलब खाएर बस्नेहरुले अन्तराष्ट्रिय बजार अनुसार तेलको मूल्य कहिले समायोजन गर्न सकेनन र त्यसैको प्रतिफल पनि अब मूल्य एकै चोटी बढाउदा देशले ठूलो मूल्य चुकाउन पर्ने अवस्था आयो ।
केही पैसा मात्र नेपालमा मुल्य सस्तो हुदा तस्करहरुले तराइ सुक्खा पारेर भारततिर तेल लैजान्छन, तेल मात्र होइन तेल सँग सरकारले सहुलियतको लागी गरेको लगानि पनि अर्को देशमा पुग्छ । त्यस्ता करतुत गराउनेहरु पनि जनता वा समाजका प्रतिनीधि हुन भने अर्को तर्फ मुल्य बृद्धि हुने बित्तिकै सडकमा आगो बल्छ र यसका नेतृत्वकर्ताहरु पनि हाम्रै समाजका प्रतिनीधि पात्रहरु हुन ।
जसरी एउटा नालायक, गफाडी, जुवाडी घरमुलीले घरमा स्वास्नी अनि छोरा छोरीको जायज कच-कचबाट बच्न र आफ्नो नामर्दपना पचाउन बजारबाट उधारोमा भरपुर राशन बोकेर ल्याउछ जुन उसको पुस्तामा तिर्ने सामर्थ्य हुदैन र छोरा नातीको पालोमा तिनीहरुको बनिबास लगाउने वा मुग्लान पसाउने कारक बन्छ। ठीक त्यस्तै तिर्ने पैसा नहुदा नहुदै पनि सरकार आफ्नो नालायकीपना लुकाउन अर्को मूलुकबाट उधारोमा तेल ल्याउछ अनि सस्तोमा बाडेर आफनो मर्दाङीपना देखाउने कोशिस गर्छ । थाहा छैन उधारोले कुन दिन घर बास उठाउने हो र कति पुस्ताले त्यसको मार खेप्नु पर्ने हो ।
दशैको बेला देश दर्शनको सुखद अवसर मिलेको थियो, नया नेपालको पनि केहि प्रत्यक्ष अनुभव भयो । महाराजगन्ज देखि रत्नपार्कको ट्याक्सी भाडा १७५ रु. ! तेल पाइदैन रे ट्याक्सी चालक रातभरि लाइन बसेर ल्याएको तेल रे त्यसैले त्यो भन्दा कममा लान मिल्दैन रे । अनि अर्का चालकको भनाई थियो खुरुक्क भाउ बढाए भैहाल्थ्यो मान्छेलाइ यस्तो कष्ट दिनु भन्दा । उनी भन्दै थिए पेट्रोल प्रति लिटर रु ७५ भए पनि सहज पाइन्छ भने अहिलेको भाडामा हामी ट्याक्सी चलाउन सक्छौ।
अनि नया नेपालको माइक्रो बस को कुरै अर्को, १० जना बस्न मिल्ने गाडीमा २२ जना राख्नै पर्ने । अनि गुरुजी को वाणी यति मीठो कि परिवारका अन्य मान्छेसँग यात्रा गर्दा आपत्ति नै आइलाग्ने । यति धेरै मोटर छन् सडकमा कि ट्राफिक जामले गर्दा जमल देखि लाजिम्पाटको यात्रा डेढ घन्टा लाग्ने । यातायात व्यवस्थाको नाममा मजाक छ , बिक्रम टेम्पोका मालिकलाई खटारा टेम्पो चलाएर यातायात व्यवस्था र बाताबरणको धज्जी उडाएको पुरस्कार स्वरुप टोयोटाका माइक्रो बस ल्याउन १० देखि १५ लाखका भन्सार छुट दिन्छ सरकारले , बलात्कारीलाई चेली सुम्पे जस्तै ! अनि बाटोमा भीड माथी भीड, ४ किलो मिटर यात्रा गर्न कमसे कम १ घण्टा । १ लिटर तेलको ठाउमा ४ लिटर तेलको खर्च ।
अहिले फेरि तेलको हाहाकार छ रे । सार्वजनिक सवारि साधन कम गुडेका छन् । काममा जाने मान्छे कसरी अनि कतिबेला पुग्ने हो थाहा हुदैन । महिलाहरुलाइ कामबाट घर फर्किदा कति सकस होला, कति पीडा होला पश्चिमा देशमा बस्ने हामीलाइ सोच्न पनि गार्हो हुन्छ ।
प्रश्न फेरि पनि त्यही हो : के नेपालले तेल उत्पादन गर्छ वा गर्न सक्छ ? गर्दैन वा गर्न सक्दैन भने कतिन्जेल ऊधारो तेलमा रमाउने ? कतिन्जेल फलानाको स्कुले छोराले आफ्नो गर्ल फ्रेन्डलाई गोदावरी वा भेडेटार घुमाउन लैजाने तेलको पैसा राष्ट्रले ब्यहोर्ने ? कतिन्जेल सोल्टी, एभरेष्ट जस्ता होटल एवँ करोडौ रुपीया कारोबार गर्ने उद्योगहरुले खपत गर्ने तेलको पैसा राष्ट्रले ब्यहोर्ने ? हुम्ला, जुम्लाको मान्छेले नसुनेको खाना पकाउने ग्यासमा आज शहरलाइ सहुलियत चाहिएको छ । सहुलियत दिन सक्नु राम्रो हो तर ८५ % जनताको पेट काटेर १५ % भन्दा कम मान्छेले ब्वासोले जस्तो डकार्ने सुविधा पाउनु मानवता हो ?
किन रमाउछ भिड बाटोमा आगो बालेर ? किन त्यो आगोमा देशको भविष्य जलेको बुझ्न सक्दैनन बिद्यार्थी नेता भनाउदाहरु ? किन खपत कम गराउन जन चेतना जगाउन सक्दैन सरकार ? किन उधारो तेलमा रमाएर बैकल्पिक स्रोतको जोहो गर्न तिर लाग्दैन सरकार ? के तेल जस्तै सरकार पनि कसै सँग उधारोमा लिएको बिर्ता हो ? होइन भने ३५ थरिका मन्त्रालय पचाउन सक्ने नाइकेहरुलाई भोलि देश भोको रहन्छ भन्ने ज्ञान पलाउदैन ? त्यसैले छाट हेर्दा लाग्छ लोकतन्त्र पनि उधारोमा लिएको बिर्ता रहेछ !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बन्द- हुत्तीहारा बर्गको अन्तिम हतियार
दिन दिनै कुनै न कुनै बहानामा कुनै न कुनै दल वा गुटले आयोजन गरेका तराई बन्दले उब्जाएको प्रसंग हो यो ।
प्रजातन्त्रको प्राप्तीसंगसंगै नेपाल प्रवेश गरेको, साधारण नेपाली जनतालाई पटक्कै मन नपर्ने बिकृति र आफ्नो उदण्डता देखाउन नेतालाई नभई नहुने यौटैमात्र हतीयार हो 'बन्द' । बिगतका करीब पन्ध्र बर्षा अनगिन्ती दिनकालागी आयोजना गरीएका यस्ता बन्द हाम्रा प्राय जसो सबै पार्टी आफू प्रतिपक्षमा हुदां आहृवान गर्थे भने आफू सत्तामा हुदा त्यसको बिरोध । यहि यौटै प्रकरणबाट 'बन्द' कति जायज छ र हाम्रा नेताहरुमा कति नैतिकता छ भन्ने दुबै प्रश्नको जबाफ पाईन्छ ।
आफू सत्तामा रहुन्जेल बन्दले देश र जनतालाई आर्थीक र सामाजिक नोक्सानी गर्ने बाहेक अन्य कुनै सकारात्मक असर नगर्ने कुरा हरेक दलले बताउदैं आएका छन भने आफू सत्ता बाट बाहिर जानासाथ फेरी बन्दले 'फू-मन्तर' गरी जटील भन्दा पनि जटील समस्या पनि सुल्झाउने तर्क दिदै तिनै दल र पार्टी जनघाती बन्द को आयोजन गर्दै आएका छन ।
अर्को रमाईलो पक्ष के छ भने हरेक बन्द पछि आयोजक गुट वा दलले सो बन्द पूर्ण सफल भएको बिज्ञप्ती प्रकाशित गर्छन ।
बन्दको लगत्तै कतै गाँउमा सुत्केरी आईमाईलाई बन्दका कारण अस्पताल पुर्याउन नसक्दा पेटको बच्चा समेतको मृत्यु भएको हृदय बिदारक खबर आउँछ, कुनै शहरमा श्रम गरेर खानेको श्रम खोसीएर भोकै परेको समाचार बन्छ । कुनै ठाउँमा आगो लाग्दा दमकल पनि जान नसकी लाखौंको क्षति हुन्छ त कतै एम्बुलेन्समा समेत आगजनी हुन्छ.... समष्टिमा लाखौको संख्यामा निर्दोष जनताले कष्ट र पीडा झेल्नु पर्छ । तर यी सबका बाबजूद दोस्रो दिन आयोजकको तर्फबाट पूनः बन्द पूर्णा सफल भएको बिज्ञप्ती निस्कन्छ ।
या त कुनै सूदर गाउकी ति गर्भबति महिलाको मृत्यु नै आयोजकको लक्ष हुनु पर्यो या त अगलागी बाट भएको धन माल को नोक्सानी नै ति दलको सफलता, नत्र लाखौका निर्दोष जनताले दुख मात्रै पाउने र आफ्नै राष्ट्रले करोडौं को आर्थीक नोक्सानी व्यहोर्नु परको घटना कुनै पनि मानवताका पक्षधर र राष्ट्र प्रेमीलाई कसरी उचीत लाग्न सक्छ - ।
केबल जन-समुदाएले सबारी साधन नचलाएको र पसल बन्द गरेको देखी बुझ पचाएर त्यस्तो कुरा व्यक्त गरीन्छ । यो कुरा कुनै पनि गुट दल वा पार्टी बाट छिपेको पनि छैन । वा सिधै भन्दा जन आन्दोलन बाहेकका हालसम्मका प्राय: कुनै पनि बन्द केवल त्रासका कारण मात्र सम्भव भएका छन ।
आदिम युगमा ढुङ्गा-मुडा र बलको प्रयोगबाट पनि सत्ता र शक्ति प्राप्त हुन्थ्यो, तर आधुनिक सभ्य समाज र मानव चेतनाको बिकास भएको हजारौं बर्षपछि पनि बुध्दि, बिवेक र चेतनालाई तिलान्जली दिएर हुल-दङ्गा, भाडभैला र त्रासको हतियारले सम्पूर्ण जनजिबन नै ठप्प गर्न खोज्नु र अझ त्यसलाई 'लोकतन्त्र' को नाम दिनु हास्यापद मात्रै नभई लज्जास्पद पनि हो ।
अहिलेको अधुनिक युगमा पुगीसक्दा समेत जन समुदाय आफूसंग समर्थीत होईन, त्रसीत छन भन्ने थाहा पाँउदा कुनै पनि दल वा त्यसका नेता भन्नु पर्ने व्यक्तिलाई गर्व होईन लज्जा महशुस हुनुपर्ने हो ।
ढुङ्गा मुडाको त्रास र अगजनीको भरमा जनजिवन अस्त व्यस्त पारेर निर्दोष जनताको आफ्नो जिवीकोपार्जन र स्वतन्त्र हिडडुल गर्न पाउने सबैधानीक अधिकार समेत खोसी उल्टै आफूलाई प्रजातन्त्र बादि भन्दै निर्लज्जताको सीमा नाघी बलजफत गराएको बन्द जस्तो देशघाती घटनालाई आफ्नो बिचारको जन-अनुमोदन भन्नु लज्जास्पद कुरा हो ।
अन्याय वा अत्याचारको बिरोध गर्नु सचेत नागरीक र जिम्मेबार दलको कर्तव्य नै हो भने पुरा बुद्धि विबेकलाई तिलान्जली दिएर 'बन्द' बाहेक बिरोधको अर्को साधन नदेख्नु पनि बिरोधि वर्गको कमजोरी र पंगुपनको प्रमाण हो । बन्द यदी स्वत-स्फूर्त रुपमा नभई दबाबको भरमा हुन्छ भने त्यो आफैमा यौटा जन बिरोधि कार्य हो ।
त्यसैले बन्द त्यतिबेला मात्रै गरौं जब स्वत-स्फूर्त रुपमै त्यो घटछ । के यसरी हिसांले हैन बिचारले जनमत बनाउने क्षमता कुनै दल वा गुट सग छ?, यदी यी बन्द आयोजक मध्य कुनै पनि गुटलाई आफू प्रति कति जन र्समर्थन छ भन्ने साँच्चै जान्न इच्छा भए उनीहरुले फेरी यौटा बन्दको आयोजन गरेर जनतालाई स्व-इच्छाले बन्द गर्न र बन्द नगर्नेलाई कुनै पनि बल प्रयोग वा जबरजस्ती नगरिने वत्तव्य दिएर हेरे हुन्छ । के हालका तराई बन्द गर्नेहरुमा र त्यसका हुत्तीहारा नेताहरुमा त्यो गरेर हेर्ने आँट छ ?। के हिसांले हैन बिचारले जनमत बनाउने क्षमता ति गुटहरुसग ? के भय, हिसां, संहार बाहेक विबेक, बिनय र श्रृजनाको शक्ति पनि उनिहरु संग छ?
आज सम्मको इतिहास हेर्दा के प्रमाणीत हुन्छ भने 'दबाब पुर्ण बन्द' केबल बिचार र बिबेकको अभावका कारण जनर्समर्थन जुटाउन नसकेपछि आफैलाई भुलाउन प्रयोग गरीने यौटा हुत्तीहारा बर्गको हतियार हो । जुन हतियारको बारम्बार प्रयोग भयो भने यस्ले उल्टो असर गर्छ र बर्तमानमा क्षणीक आनन्द दिए पनि कालान्तरमा यो हतीयारले प्रयोग कर्तामानै र्फकन्छ र यस्ले आयोजक प्रति उल्टै घृणा र बितृष्णा फैलाउछ र आयोजक प्रतिको जन र्समर्थन झन झन कम हुदैं जानेछ । आशा गरौं बन्द र हिसां बाट हैन बिचार र वार्ताबाट तराई समस्याको समाधान निस्कने छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest