जल्नु,पोलीनु त्यसै नै पिडादायक कुरा हो, त्यसमा फकुन्डो उठे झनै पिडादायक हुन्छ। यस्तै यस्तै छ नेपालमा। डेढ दशक जस्तो बन्दुक बोकेर कम्नियुष्ट शासन ल्याउन क्रान्ती छेडेका माओबादी अहिले पुरानै संसदिय ब्यबस्थामा समाहित भएका छन। उनीहरुको किन बन्दुकमा लागे र अहिले किन भोटमा

लागे त्यती स्पष्ट त छैन तर अहिलेको बेला भनेको बुलेट होइन कि ब्यालेटको हो, यो चाही पक्कै बुझेको हुनुपर्छ माओबादी समुहले। देश यो स्थीतींमा आइपुग्नु माओबादीको मात्रै दोष पक्कै छैन। बिभिन्न तरिका बाट देश र जनता प्रयोग भएका छन। तर माओबादी भोटको राजनितींमा आइसक्दा पनि यसले रोजेका गलत बाटाहारु अझै प्रयोग हुंदैछन। हिजो भएको बाराको बसको घटना त्यसकै नमुना हो। बन्दुक बोकेको ठुली हतियारधारी समुहले हतियार बिसाइसकेको अबस्थामा फेरी यस्तो घटना नदोरिहिए देशलाइ राम्रै हुन्थ्यो तर अहिलेको स्थीती त्यस्तो छैन। बिशेष गरी तराइमा अनगिन्ती हतियार धारी समुह जन्मेका छन। समतल जमिन,बिशाल क्षेत्रफल आदी भौगोलीक स्थीतिले गर्दा राष्ट्रको सुराक्षा पहुंच पहिला पनि न्युन नै थियो तराइमा। त्यसैले जनता आफै घरमा साधारण बन्दुक राखेर आफ्नो सुरक्षा आफै गर्थे। तर अहिले त्यस्ता बन्दुकलाइ अत्याधुनीक हतियारले बिस्तापित गरेका छन तर अनेक बहानामा नेपाली जनता माथी नै बर्सीदैछन गोलीहरु। यस्ता आक्रमणहरु आफ्नो पहुंच देखाउन तराइबाट काठमान्डौ उपत्यका पनि पुग्ने गर्छन। हालैको बारा घटना तराइ आर्मी नामक समुहले लिएको छ। नाम झट्ट हेर्दा तराइको हक हितको लागी लडेको समुह जस्तो देखिन्छ तर हेर्नुहोस त मर्नेको नाम :त्याहां सबै नेपाली छन, तराइ मुलका,पहाड मुलका र हिमाल मुलका। यो घटना यसैनै कायरता पुर्बक गरेको देखिन्छ तर यसरी नितान्त तल झरेर यात्रा गरिरहेका सर्बसाधारणलाइ सिधै म्रित्युबरणमा पुराउनु यो समुहलेबिबेक नै गुमाएको जस्तो देखिन्छ। यस अघी जे जस्ता घटना भए नि स्थित शान्त जस्तो देखिएको बेला फेरीसमुह,उप-समुह तयार भइ हत्या हिंशामा उत्रीनु देशलाइ पोलेमाथी फकुन्डो जस्तै भएको छ।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest
1 Comments:
सारै दुखदायी छ यो कथा।मइले अर्को पत्रीकमा पढेको थिए यसको बिबरण। मान्छे नै जलेको देखाइएको थियो। यसरी जलाएर केही कुरा नि सफल होला त ?
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !