December 10, 2007

सक्यो भने भारतले मलाई हटाउँछ


यो समाचार अलि पुरानो भैसक्यो, अनि अत्यन्त संवेदनशील हुदां हुदैं पनि केही कारणले ओझेलमा पर्‍यो ।


प्रसंग हाम्रा देशका राष्ट्र प्रमुख समेत रहेका प्रधानमन्त्रीको यौटा वक्तव्यको हो । त्यसो त हाम्रा नेताहरुको वक्तव्य र भाषणको जिम्मा उनिहरु स्वयंले पनि कहिल्यै लिदैनन् र आज बोलेको कुराको भोलिपल्ट ठाडो खण्डन वा बिरोध गर्न कहिल्यै पछि पर्दैनन् ।


हाम्रा नैतीकताहिन नेताकोलागी यो कुनै नौलो कुरा हुदैंन, अझ हामिकहाँ त बोली सकेको कुरा फिर्ता लिने सुबिधा पनि उपलब्ध छ, त्यसैले न त नेताहरु सोच बिचार गरी बोल्छन न त जनताहरुनै त्यसलाई मनन गरेर सुन्छन् ।


तर केहि समय अघी प्रधानमन्त्रीबाट अभिव्यक्त केहि वाक्याशहरुले भने कुनै पनि स्वतन्त्र नेपालीको स्वाभिमानमा पक्कै धक्का लाग्छ ।


जनआस्था मा प्रकाशीत उक्त समाचार अनलाईनमा हेर्न यहाँ किल्क गर्नुहोस ।


समष्टिमा खबर यस्तो छ :



बालुवाटारमा आफ्ना निजी सचिवहरु, डाक्टरहरु र अरु पारिवारिक सदस्यहरुसमेत रहेको जमघटमा कोइरालाले भारतले आफूलाई विश्वास गर्न छाडी एमाले महासचिव माधवकुमार नेपाललाई विश्वास गर्न थालेको बताउनुभएछ ।


साथै उहाले अझ प्रष्ट पार्दै “मलाई अब भारतले उसले भनेको नमान्ने लिष्टमा राखिसक्यो” अनि अन्तमा “सक्यो भने भारतले मलाई हटाउँछ” समेत भन्नुभएछ


यसो त नेपालको राजनीतिमा भारतको प्रतक्ष हस्तक्षप र दबदबा रहेको कुरा कसेमा छिपेको छैन र यसै ब्लगमा समेत यो ब्लगरले यसबारेमा यौटा सानो ब्लग लेखीसकेको छ ।


सायद प्रधानमन्त्रीले आफूलाई एकदम हक्की वा खुला छु भन्ने देखाउन सो कुरा बताउनु भयो होला तर यो बक्तव्यले हाम्रा प्रधानमन्त्री खुला हैन हालसम्म भारतकै ईशारामा नाचीरहेको प्रष्ट पारेको छ।


कुरा एकदमै सरल छ उहाँकै शब्दमा भन्ने हो भने पनि : “मलाई अब भारतले उसले भनेको नमान्ने लिष्टमा राखिसक्यो”, मतलब यसभन्दा अघी सम्म वहाँ पनि “भारतले भनेको मान्ने हरुको लिष्टमा हुनुहुन्थ्यो” ।


यौटा स्वतन्त्र देशका प्रधानमन्त्री अर्को यौटा “धम्मरधुस” देशले भनेको मान्ने लिष्टमा हुनुले के देखाउँछ त ? । भन्नै लाज लाग्ने र सोच्दै ग्लानि हुने । देशको प्रधानमन्त्रीको त यो हविगत छ भने हामीले कसरी आफूलाई स्वतन्त्र राष्ट्रको सार्बभौमसम्पन्न नागरीक भन्ने ।


“सक्यो भने भारतले मलाई हटाउँछ” भन्ने अन्तिम वाक्य पढदा कुनै पनि स्वाभिमानी नेपालीको शिर निहुरिएको हुनुपर्छ ।


वालीग मताधिकारको आधारमा देशको नेता र राष्ट्र प्रमुख समेत चुन्न पाउने नेपालीको जनताको सार्बभौमीक अधिकारको ठाडो खील्ली उडाउने यो वाक्यले हाम्रो नागरीक अधीकार के छ हैन हाम्रो अस्तित्वनै के छ भन्ने प्रश्न चिन्ह खडा गरेको छ ।


नेपालको प्रधानमन्त्री भारतले हटाउने वा थमाउने गर्छ भने हामि को त? प्रधानमन्त्री स्वयं कठपुतली भए जनता झन के त?


सक्यो भने भारतले मलाई हटाउँछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ती पक्कै पनि त्यसै आएको छैन, पक्कै पनि यस भन्दा पहिले त्यस्तो खेल धेरै चोटि भैसकेको होला र हाम्रा प्रधानमन्त्री पनि कैयौ पटक त्यसमा खेलाडिको रुपमा सामेल भैसक्नु भएको होला। भनिन्छ नि सर्पले मात्रै सर्पका खुट्टा देख्छन, यो खेलमा धेरे पारगंत भएकाले मात्रै प्रधानमन्त्रीले त्यस्तो सम्भाब्य “भविश्यवाणी” गर्नु भएको होला ।


जे होस सम्पूर्ण नेपालीले थाहा पाएर पनि थाहा नपाएझै गरि बसेको यौटा कटू यथार्थको प्रधानमन्त्री स्वयंले पुष्टी गरीदिनु भएको छ । यसकालागी वहालाई “धन्यवाद्” दिनै पर्छ । अबका दिनमा कसैले हाम्रो सरकार भारतले बनाउँछ र बिघटन गर्छ भन्नेमा कुनै भ्रम नपाले हुन्छ ।


अन्तमा प्रधानमन्त्रीलाई यौटा आग्रह पनि । उमेरको उत्तरार्धमा पुगी यो अबस्थामा आउँदा तपाई के कति कारणले “भारतले भनेको नमान्ने लिष्टमा” पर्नु भयो त्यो त मलाई थाहा छैन तर तपाई आफ्नो स्वार्थको त्याग गरेर साँच्चै र सधैकालागी “भारतले भनेको नमान्ने लिष्टमा ” बस्न सक्नु भयो भने जिवनको उत्तरार्धमा यो पक्कै पनि यौटा सम्मानजनक र आदर योग्य काम हुनेछ ।



बन्द गर टिउसनहरु

हेल्लो, दाई बोल्नुभाको, उता बाट आवाज आयो बहिनीको। हो म नेपलियन, मैले उत्तर फर्काए, निकैबेर भला कुसारी भयो । केही बेर को गन्थन पछी टिउसन जान ढिला हुन्छ ऐले राख्छु भन्दै थीइ, मैले सोधिहाले, "होइन Mastersमा पनि टुयुसन् पढ्छन् र ? मेरो छ्यौमा बसेका T.U पढेका एक जना दाइ बोली हाले, Mastersमा त पढ्छन् टिउसन। म त वाल्ल परे। एकै छिन आफ्नो मास्टर्स् पढ्दा ल्याबमा सुतेको याद आयो। दिमाग त हो, यसको बेगलाइ कस्ले रोक्ने , गाउको पनि याद आयो। S.L.C ताका ट्युस्न पढ्नेको लहर नै हुन्थ्यो। घरमा त कर गर्दै थिए, मलाइ ट्युसन जानै मन लागेन, घरमै बसेर पढ्न थाले।एक दुइ दिन पो आराम सग पढ्न पाइयो त्यस पछि त घरको डिउटि सुरु भैहल्यो नि। अली अली काम् धेरै पढाइ, यसरी नै बित्थे ति दिनहरु। बिहान पराल, दिउसो कुडो, अनी फेरी पराल, बेला बेलामा गोबर सोहोर्ने, येस्तै थियो मेरो पढाइ पछिको रुटिन।प्राय काम घर वरिपरि भए पनि पानी लिन भने १५-२० मिनेट खर्चिनु पर्थ्यो। हिउदको समय, सुकेको पधेरो, पानि भर्न भने बिजोग नै थियो।मेरो भन्दा भन्दा कन्त बिजोग त उमा दिदीको थियो। बिहानै ७ बजे जान्थिन । गणित र अङ्रेजीको टिउसन पढेर भात भेटाउन आउदा चाँही दिउसोको एक नै बज्थ्यो। उकालो बाटो, भोको पेट, पढाइको बोझ, सबैलाइ सितलो पार्थिन चितेपानी पधेराको पानीले। माघको परिक्षा, आसारमा रिजल्ट, बाढीले कसैको माया गरेन। गाउमा S.L.C दिने १७ जना मद्दे १३ जना पुन अर्को साल कुर्नु पर्ने भयो। उमा दिदीको भोक, तिर्खा,दुख सबै बगरमा परिणत भयो। हाम्रो घरमा खुशी,उनको घरमा दुख, एक किसिमको नरमाइलो थियो त्यो क्षण। फेल हुनेहरु अर्को साल कुर्नु बाहेक केही उपाए थिएन।तर गाउमा फेल हुनु समान्य नै थियो। ४-५ पटक् S.L.C दिने थुप्रै थिए।
अहिले आएर सोच्छु, कस्तो परिक्षा होला फेल मात्रै हुने ? कमजोरी त चारै तिर बाट भाको होला । तर नियमित पढाइ पछी समय र पैसा खर्चिदा पनि हाता लाग्यो सुन्य हुनु, बिधार्थीलाइ चाही ठुलो अन्याय भएकै हो। परिक्षामा तगडा, कम्जोर सबै खाले हुन्छन तर ट्युसनको जलपले परिक्षा उतार्नु प्रमाण पत्र बोकेका बेरोज्गार जन्माउनु मात्र हो कि जस्तो लाग्छ।पढ्ने, पढाउने तरिकामा सम्सोधन गरेर कम्जोर र तगडा बिधार्थिबिच् समायोजन गराउदै सबैले बुझ्ने,बुझाउने र कम्लाग्ने गतिलो शिक्षा दिदा कसो होला?