December 3, 2007

रक्त चन्दन!

रक्त चन्दन बारे केही शब्दहरु मलाई नि खर्चिन मन लाग्यो। पहिलो कुरा त रक्त चन्दन कहाँबाट आउछ भन्ने कुरा। भारतको कर्नाटक र तमिलनाडु राज्य बीचकि जङलमा पाइने ब्रिक्ष हो रक्त चन्दन्। बिरप्पनको आतंक तिनै रक्त चन्दनको आडमा दुइ तिन दशक चले।

कर्णाटक देखि नेपालको सीमा सम्म को दूरी मेरो अन्दाजमा २ हजार माइल भन्दा बढी होला। भारतमा पनि अबैध ठहरिएको चन्दन ट्रक का ट्रक हजारौं माइल कसरी आए?लौ जसरी आए नि आए रे। नेपालको सीमा प्रबेश पछि पनि ४-५ सय किलोमिटर तय गर्नु पर्छ। ३००० किमि त सजिलै पार् गर्नेलाई ५ सय किमि के भो र, त्यो पनि पार गरे रे। जाने त अर्को दुष्ट छिमेकी मुलुक मै हो।

तस्करीलाई सिधै बिना न्यायिक प्रक्रिया म्रित्यु दण्ड दिने मुलुकको हजारौं किमि यात्रा कसरी तय हुन्छ? सोचनिय कुरा छ।नेपाल र भारतका प्रहरी, प्रशासन, र तिनलाई संरक्षण दिने नेता हरु भ्रष्ट छन् रे कुरा प्रष्ट छ पनि।जनताका मसिहा, गरिब र सर्बहाराका आदर्श कम्युनिष्ट मुलुकमा नै ती तस्करिएको चन्दन यति सहजै ग्रहण हुन्छ त? तातोपानी भंसारमा समातिएको ट्रकमा त्यही दुष्ट मुलुकको राजदूतबासको नम्बर प्लेट हुनु संयोग मात्र मान्न कदापि मिल्दैन।

यहाँ चन्दन तस्करीको बजारी हल्ला भागबन्दाको मेल नभए पछि मात्र सार्बजनिक हुने गर्दछ। वाइ सी एल र सुजताको नाम उछाल्दै सबैले आ-अफ्नो दुनो सोझ्याइ रहेका हुन्छन्। यस्को वास्तबिकत मालिक तिनै दुष्ट मुलुकका राजदूताबास तिर हुन्छन् भन्ने हेक्का न भएको अथवा अरुको बदनाम गराउने ठेक्का लिएकाहरुमा ज्ञान न भएको सोचनिय छ।

मात्रिका यादब खै कुर्लेको? अब त तिनलाई गठबन्धन सरकारको धर्म निभाउनु छैन। गिरिजाले हप्काउला भन्ने डर पीर छैन। गिरिजाकी छोरी ले रक्त चन्दन तस्करी गर्छे भनेर गिरिजाको अगाडी गर्जने सक्ने बहादुर कुन दुलोमा लुकेका छन्। हिम्मत भए, प्रमाण भए सार्बजनिक गरे हुन्थ्यो नि टुंडिखेलमा रक्त चन्दन जलाउनुको साटो प्रमाण देखाउनु नि।कहिं तिनै माइबापको आदेशा अनुसार संबिधान सभा भाड्ने उपक्रमको एक पाइला त थिएन, मात्रिकाको रक्त चन्दन्।

स्मरणिय छ, ती जंगलीहरु संग भएको अधिकांश आधुनिहतियार हरु उत्तर तिरको छिमेकीबाटै प्राप्त भएका हुन् जो अनमिनलाई बुझैएको छैन। ती हतियारको सोधभर्ना रकम त होइनन् रक्त चन्दनले भरिएको ट्रक?हो, कुनै पनि अबैध कार्य रोक्नु पर्दछ। यसमा दुइमत न होला । तर रक्त चन्दन भन्दा नि संबेदनशील तस्करी मुलुकमा भैराख्या छ, यसमा ध्यान जाने कहिले। मानव तस्करी।अबैध रुपमा अफ्गानिस्तान अनि इराक जस्तो मुलुकमा दिनहु सयौं नेपाली मानव तस्करीमा म्रुत्युको काखमा धकेलिंदै छन्।सयौं चेलीबेटीहरु मुम्बैको बेश्यालयमा नारकिय जीवनमा तस्करिंदै छन्।खै त, गरिब जनताका मसिहा , शोषित, दलित का देबता, नारीका पुजारीहरुले त्यस्ता सभ्यताका कंलकहरुलाई नियन्त्रणमा लिएको?स्पष्ट छ, तिनको मोलतोलमा कम दाम हुने हुन्छ, चन्दनमा धेरै।बुझ्नेलाई श्रीखण्ड.................................................। अस्तु!


भयाक्रान्ता

भनिन्छ जवानीमा कविता नलेख्ने अनि प्रेमी मन नहुने मान्छे भावनात्मक रूपमा मान्छे नै हैन रे ! सत्यता को कसिमा यो भनाइको औचित्यता कति हुने हो थाहा भएन । तर स्कूल पढ्दा मेरो नेपाली विषय पढाउने गुरूसंग भएको संस्कृतका वार्णिक र मात्रिक छन्दमा लेख्न, भन्न र गाउन सक्ने काव्यिक खूबी देखेर त्यही कुराबाट प्रभावित हुन जति प्रयत्न गरे पनि , गैर संस्कृत विषय क्षेत्रको पढाइको पृष्ठभूमिले गर्दा जति कोशिसका बाबजूद छन्दमा कविता लेख्ने महारथको नजिक पुग्न पनि सकिएन । गद्य कवितालाई कविता नै नमान्ने मूर्खता त म जस्तो अदानबाट हुन हुन्न तर गद्यमा लेखेर भूपि बन्न पनि त अर्को नेपालीले सकिरहेको छैन अद्यापि ! तर छन्द र गद्य दुबै तर्फ सलल कलम बग्न सकेन भने पनि त कविता रचनामा अपूर्ण नै भइन्छ नि । गद्य कविताको गेयताको पनि आफ्नै श्रेष्ठता छ र गद्य कविताको संसारमा भरमार अभ्यास कविहरूको शिवरात्रीको पूजामा पशुपतिनाथ दर्शन गर्न लागेका धर्मभिरूको जस्तो भीडको लाम देख्न सकिन्छ तर किन हो किन माधव घिमिरेमा नै नेपाली शास्त्रीय कविताको पाङ्ग्रो कर्णको रथ झैँ अति लामो समय सम्म अड्किइराख्यो कि जस्तो लाग्न थालेको
छ मलाई त ।

यसो मन्दाक्रान्ता छन्दको प्रयोग गरी नेपाली जनजीवनको पद्दति बनिसकेको 'भय' लाई तीन श्लोकमा पुङ न पुच्छरको प्रस्तुत अकविता मार्फत प्रकट गर्दै, छन्द , तिमीप्रति मेरो मनमा प्रशस्त अनुराग छ है भन्न खोजेको छु ।

भयाक्रान्ता

आगो मुस्लो विपुल बलले फैलियो राप छर्दै
हाम्रा राम्रा सुदिन सब हूंकार सादृश्य भर्दै
गाऊँ सारा रगत भलले हेर सारा बगायो
हेर्दा हेर्दै सबजन ढले साथ तिम्रो हरायो ॥

भोग्थ्यौँ आफ्ना सुख दुख मिली वैर हाम्रो थिएन
हास्थ्यौँ खेल्थ्यौँ रमझम गरी चैन बाँकी रहेन
हाम्रा सारा सुख दुख कठै भोग्न आँफै सकेनौँ
पायौँ खै के? सरल मनका भावनाका रहेनौँ ॥

मार्ने आफ्नै भलभल सबै रक्त धारा बगाई
मर्ने आफ्नै धरधर सदा प्रिय आफ्ना रुवाई
शत्रू आफ्नै अपनपनको मृत्यु यस्तो अचम्मै
होला खै के हविगत यहाँ ? देश दन्क्यो ल जम्मै


उक्ता मन्दाक्रान्ता मभनतत भै अन्त दीर्घ दुबैमा

म भ न त त गू गू
SSI SII III SSI SSI S S