यस पटक भने अलि भिन्नै अनुभव रह्यो।पोहोर सालबाट पढाइ सकिएकाले होम्वर्क र प्रोजेक्टले थला पार्ने दशै यस बेला फुकार गोरु जस्तै भइयो। फुर्सतीलो समय खसी खोज्नमा लागें। अचम्मै!खसी,बोका,भेडा जे चाहियो,त्यही पाइदो रहेछ याहां। असन बजार जस्तै, पैसा भए जे पनि पाइने। तर त्यो खसी खाने मान्छेको त कालै कपाल हुदो रहेछ की क्या हो ? खसी किन्नेको भिड मेक्सिकन,भियतनामिज र केही नेपालीले भरिएको थियो। एकातिर रगत थाप्ने,अर्को तिर रौं फाल्ने अनि अल्ली पर भुडी सफा गर्ने,गाउंकै याद दिलायो मिनीसोटाको खसी बजारले। नवमीको दिन थियो।देबीको थान भए पो बलि दिनु,यो बधसालमा कता रगत चढाउनी? तर मंग(hmong)हरुले त त्यही पनि पुजा गर्दा रहेछन।हाम्रो मात्रै हो कि तिनीहरुको पनि हो दशै, तर तिनीहरुले बोकालाइ पानीले मन्छिदै, धुप बत्ती बाल्दै मार हानेका थिए। कोही कोहीले त गाडी पुजा पनि गरेका थिए। म खसीको भुडी सफा गर्दै यि सबै कुरा दंग परेर हेरेको थिए।
हामीले त यसो दशै यता उता गरेर भए पनि मनाउछौ,वालमार्टबाट माटो किनेर भए पनि जमरा राख्छौ,अबका पिडीले के गर्लान? धन्न टुटे फुटेको नेपाली सम्म बोल्छन। कस्तो मिठो तरकारी हुन्छ,इट स्टीन्क्स भन्छन। रोटे पिगं,लिगे पिगं त यिनीहरुलाइ त कथा नै हुन्छ।
अब त दशैलाइ पनि अमेरिकनाइज गर्नु पर्ला जस्तो भइसक्यो।
दशै आयो Maple फुल्यो
Enjoy गरौला।
Credit काहां पाउंला ?
Shop lift गरौंला ।
Shop lift भन्दा त बरु separate बसौंला ।