राजनितीमा आफुले गरेको ठिक अरुको गलत भन्ने प्रवृतीले नेपाल अव उठनै नसक्ने खाल्डोमा परि सकेको छ भन्दा अन्यायुक्ती हुदैन । माउवादी सरकार मा आए पनि नेपालको शान्ती प्रकुया अझ व्रि्रनु के नेपालमा अव शान्तीको आगमन हुन सक्दैन त - आम नेपालीको मुखारविन्दुमा रहेको एउटै प्रश्न हो । हतिरयार सिकाउनेले भविष्यमा यही हतियारवाट आफनो पनि कालगति हुन सक्छ भनि दुरदर्सर्ीीको अभाव राख्दै अरु पार्टर्ीीई झिन्गा मसिना को संज्ञा दिदैमा वाघको खोल ओढेर वाघ वन्न्ा सक्दैन ।
नेपाली काग्रेसले आफनो सिदान्तलाई पुण परिवर्तन गरि सकेको छ । तर एउटा प्वाल टाल्दा अरु झन ठुलो प्वाल नपरोस भनि सोचविचार नगरि अगाडी वढदा फेरी अन्तत उही ठाउमा पुग्ने त हैन । नेतृत्व वर्गले सोच्नु आवस्यक रहेको छ । माउवादीले देआएको के हो भने हतियार वोकेमा सवै कुरा पाउन सकिन्छ भन्ने सिक्षा मधेसका केही संगठनले अविलम्वन गरी सकेको छ ।कतै नेपालको जातीय राजनैतिक सिक्षामा यसको प्रत्यक्ष प्रभाव नपरोस अन्यथा नेपालको राष्ट प्रमुखको सपना देख्ने नेतुत्व तहका व्यtmी एउटा क्षेत्रको मुख्य मन्त्री मा सिमित हुन के वेर । नेपालको राष्टियता को प्रश्न अव नेतृन्व पन्तीलाई ठुलो भएन । नत्र छिमेकीका एक नेताले नेपालमा हस्तक्षेप गरिनु पर्छ भन्दा कसैको रौमा चिसो पस्नु पर्ने हो । भनेको हो वा हैन नजानी एक अभिनेताको कुरालाई लिएर सहगत प्राप्त गर्न पछाडी नपर्ने नेपाली र कान समाउनु भन्दा पहिले कागको पछि लाग्ने नेत्रत्व को लागी यो विषय मौन हुन सक्छ ।
राजधानीको नजिकको जिल्लामा एक साता नेपाल सरकार देखिएन त्यो गम्भिर प्रश्न अव ठुलो छैन । केवल राज सत्ता कसरी जोगाउने खेलमा भैतारिएको दल र नेपालको आधा सक्ती हाम्रो भन्ने माउवादी लाई एउटै अनुरोघ के हो भने व्यक्तीगत स्वार्थ माथी उठेर चिन्तन गनु हितकारी होला । गणतन्त्र र सविधान सभाको प्रश्न भन्दा पनि एउटा ठुलो प्रश्न छ नैतिकताको । जव सम्म नैतिक क्रान्तीले वाटो लिदैन गणतन्त्र र संविधान सभाको के औचित्य - एउटा नेपालीको वाषिर्क आय २०० अमेरिकन डलर छ । एउटा वेरोजगार नेपालीको कुरा छोडै काम भएका कर्मचारी ले १० हजार तलव पाउन ठुलो छ ।तेही देशका संसद जो आफुलाई र्सव सक्तीमान ठान्छ महिनाको ४० हजार हात थाप्छन र पनि तुलना अमेरिका र भारतको सासदको सुविधा संग गर्न पछि पदैन ।
भष्टचारीलाई कारवाही गर्न आयोगले दिएको प्रतिवेदनलाई न्यायीक निकायमा लैजान कसैको वलवुता छैन अनि केही समुह यसलाइ राजनैतिक खेतीको उचित अवसर भन्दै घर घरमा गएर सामाजिक वहिस्कारको क्रा गर्दछन । जंगलमा लडदा कति दिन खान नपाएको त्यो भाको पेट क्याम्पमा वस्दा पनि पुरा खान नपाएका आफना छापामारको वल वुतमा सिढी चढेका नेता पजिरोको सुख सयालमा हिददा ती आखामा पटटी वाधेकाहरुलाइ भष्टाचारी नहुन सक्छ । दुइ नेतृत्वलाई लडाएर आफु शक्तीसाली हुन सक्छु भन्ने नेताले पनि के वुझनु आवश्यक छ भने यो खुटटा तान्ने खेल खेल्दा आफनो पनि खुटटा तानिन सक्छ । नेतृत्व पक्ष जनताको पछाडी कुदने हौइन ।
जनताको मनोभावलाई वुझेर उसको आवश्यक्ता के हो भनि नेतृत्व गर्न सक्नु पर्दछ । जव जनतालाई उचित वाटो देखाउन सक्दैन भने नेता पनि हुन सक्दैन । अवको चिन्तन भनेको छातीमा हात राखेर भनै म पर्ुण्ा रुपमा जनता प्रति उत्तरदायी रहन्छु । नेता भन्दा नैतीकवान नेताको आवश्यक छ यस वेला नेपाललाई । जसले नेपाललाई वचाएर सतहमा विसाउन सकोस ।
(हुन त यो लेख यस अघी अर्को वेब मा प्रकासित भएको छ । तर पनि दौतरिको सुरुवात को लागि यहाँ राखेको छु । )