यो कस्तो लोकतान्त्रीक गणतन्त्रको परिकल्पना हो जहा लोकको वैयक्तिक स्वतन्त्रताको कुनै अस्तित्व रहदैन । जहा राजावादी माउवादी काग्रेस कम्युनिष्टको नाममा विरोधीको हत्या गरिन्छ । हामीले खोजेको राज्य के यही होत । माउवादीका साथीहरु तपाइहरुको हातमा वन्दुक को शासन भएपछि जनताको कुनै भुमिका छैन भनि ठान्नु हुन्छ भने त्यो ठुलो भुल गर्दै हुनु हुन्छ । शान्ती संझौता मा हस्ताक्षर गरिसकेपछी नागरिक समाजको रक्षा गर्ने दायित्व तपाइ हरुको पनि उतिकै छ । के तपाइ हरुको विरोधी भएको कारण सफाया नै गर्नु जरुरी छ ।
हुनत विरेन्द्र शाहको अपहरणमा पनि तपाइहरुको हात थिएन । तर समय मानिस भन्दा वलियो हुन्छ । कालेा करतुत लुकाएर कहा लुकिन्छ र तपाइको पार्टर्ीीे ठुलै हात रहेको भन्ने जनताले देखि हाले । त्यस्तै प्रकासको अपरहण पनि तपाइहरुको कथनमा हात नहुन सक्छ । तर तपाइ हरु पन्छिन पाउनु हुन्न । कि तपाइको पार्टर्ीीे तल्लो तहको कार्यकर्ता पार्टर्ीीे नेतत्व वाट अलग भई तपाइको पकडमा नभएको हुन सक्छ अन्यथा प्रक्ासको अपहरणमा पनि तपाइहरुको हात रहेको प्रष्ट छ । तसैले छिटो उनको स्थिती र्सार्वजनिक गनु अनुरोध छ ।
"चार महिनाअघि बेपत्ता पारिएका कञ्चनपुरका पत्रकार प्रकाश ठकुरीको स्थिति अझै अज्ञात छ । परिवारले वाईसीएल कार्यकर्ताले मोटरसाइकलमा राखेर लगेको बताएका छन् । माओवादीले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । उनलाई अपहरण गरेपछि दुई नाबालक छोरा, श्रीमती र वृद्धा आमा बिचल्लीमा परेका छन् । कमाउनेे पति बेपत्ता भएपछि डेरा भाडासमेत तिर्न नसक्दा श्रीमती जानकी दुई छोरालाई लिएर हल्दुखाल गाउँस्थित माइतीको शरण लिन पुगेकी छिन् । प्रकाशलाई असार २१ गते बिहान महेन्द्रनगर भासीस्थित डेराबाट अपहरण गरिएको थियो । अपहरण लगत्तै खोजी गरिदिन अनुरोध गर्दै विभन्न अधिकारवादी संघसंस्था र प्रहरी प्रशासनको कार्यालय धाउँदा पनि कतैबाट ठोस कदम नचालिएको श्रीमती जानकी बताउँछिन् । उनी दिनहुँजसो पतिको खवरको आशामा स्थानीय सञ्चार माध्यमहरूमा धाउने गर्छिन् । 'दुई मोटरसाइकल डेरा नजिकै आइपुग्यो,' उनले अपहरणको त्यतिखेरको अवस्था सुनाइन्, 'एक मोटरसाइकलमा दुई जना अगाडि हिडे, दोस्रो मोटरसाइकलमा उहाँलाई बीचमा राखेर बागफटा तिर लगे ।' उनले दुवै मोटरसाइकल गइ सकेपछि माओवादी कार्यकर्ता पोमलाल शर्मा चढेको मोटरसाइकल बजारतिर लागेको बताइन् । 'मैले पोमलाललाई सोधंे, उनले केही कुरा बुझ्नका लागि वाईसीएलले लगेका हुन आत्तिनुपर्दैन भनेका थिए,' जानकीले भनिन्, 'मैले यो कुरा सबैलाई बताउँदै आएकी छु ।' प्रकाशलाई अपहरण गरेलगत्तै उनले पुनरावेदन अदालत परिसरमा रहेको मानव अधिकार परियोजना पुगेर घटना बारे जानकारी गराइन् । त्यहाँ दिएको निवेदनमाथि कुनै सुनुवाइ नगरिएको उनी बताउँछिन् । 'जसको अघिपछि नारा जुलुस गरिदिने बोलिदिने कोही हुँदैन, उसले यस्तै बिजोग व्यहोर्नुपर्दोरहेछ,' जानकीले आँसु खसाल्दै भनिन् । प्रहरी प्रशासनबाटसमेत न्याय नपाएको गुनासो जानकीको छ । उनले घटनामा संलग्न माओवादी कार्यकर्ता पोमलाललाइ पक्राउ गरेर पनि अनुसन्धान नगरी मुक्त गरेको आरोप लगाइन् । पोमलालले प्रहरी हिरासतमा प्रकाशको अपहरणमा वाईसीएलको संलग्नता स्वीकार गर्दै अपहरण गर्नेहरुको नाम समेत बताएका थिए । उनले जानकारी दिंदा प्रहरी कार्यालयमा स्थानिय सञ्चारकर्मीहरुको समेत उपस्थिति थियो । माओवादीपक्षले भने सुरु देखि नै प्रकाश अपहरणमा आफ्नो पार्टी र कार्यकर्ताको कुनै संलग्नता नरहेको दावी गर्दै आएको छ । घटनाको केही दिनमै माओवादीका जिल्ला सह इन्चार्ज टेकेन्द्र भट्टले पत्रकार सम्मेलन गरी घटनामा पार्टी कार्यकर्ताको संलग्नता अस्वीकार गरेका थिए । श्रीमती जानकीले भने अपहरणकारी वाइसीएलका कार्यकर्ता नै रहेको दाबी गरिन् । घटनाको चार दिनपछि नेसनल रिपब्लिकन आर्मीको नाममा केही सञ्चार माध्यमलाई विज्ञप्ति पठाएर प्रकाश अपहरणको जिम्मा लिंदै नियन्त्रणमा रहेका बखत भाग्न खोज्दा हत्या गरिएको दाबी गरिएको थियो । सुदूरपश्चिम क्षेत्रमा यसअघि कहिल्यै नाम नसुनिएको त्यो समूहको अहिले पनि कुनै गतिविधि सार्वजनिक भएको छैन । विज्ञप्तिमा प्रकाश राजावादी भएकाले कारबाही गरिएको दावब छ । आर्मीले विज्ञिप्तमार्फत जिम्मा लिएपछि प्रहरीले माओवादी कार्यकर्ता पोमलाललाई आवश्यक परेका बखत उपस्थित हुने कागज गरेर रिहा गर्यो । 'विज्ञप्तिसँगै प्रकाश जिउँदै रहेको हल्ला आएपछि थप अनुसन्धान गर्दै जाने सोच अनुसार पोमलाललाई स्थानीय एक जिम्मेवार व्यक्तिको जिम्ममा रिहा गरिको हो,' कञ्चपुरका एसी छविलाल बन्जाडेले भने- 'अनुसन्धानमा आवश्यक परेका बखत जुनसुकै बेला पनि उनलाईर् पक्राउ गर्न सक्छ ।' कञ्चनपुरका पत्रकारले पनि प्रकाशको अपहरणमा माओवादी कार्यकर्ताकै संलग्नता रहेको ठहर गर्दै उनको अवस्था सार्वजनिक गरियोस् भनी पटक पटक माओवादी र सरकारसँग माग गर्दै आएका छन् । असार ३० गते नै प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई पत्रकारहरुले ज्ञापनपत्र पठाएका थिए । " -समाचार श्रोत namasteeurope.com
1 Comments:
यस्तै त छ नि याहा। मान्छे मरे, हराए पत्रिकालाइ खबर हुन्छ माओबादी वा अरु नेतालाइ तातो न छारो, यस्ता त कति भए कति? अनि समाजमा एक परिवार उजाड हुन्छ। कति परिवार उजाड भए, १५००० जना सबैको बिरेन्द्र शाह जस्तै कथा त होला नि। यसरी प्रकाश जस्ता कति लापत्ता भए कती अनि त्यसको पिडाले कति जनाले संसार छोडे त्यो त समस्या खेप्ने लाइ मात्र थाहा छ, ति सबैले पत्रिकामा कांहा ठाउ पाए र ?
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !