October 18, 2026

भोटेकोशी बाढी - नरोकिने आशु को कथा

 आठ दिनपछि खोजी रोकेर काजक्रिया

पोर्चुगलमा बिहानको करिब चार बज्न लागेको थियो । ईश्वर बस्नेत डेढ महिनाको छोरोलाई दुध खुवाउन उठेका थिए । त्यही बेला फोन आयो । ‘सोलेबजारमा ठूलो बाढी आयो, बस्ती नै बगायो । चाँडो थाहा पाउने भागेर बाँचे । ममीबाबाको अत्तोपत्तो छैन, फोन लागेको छैन,’ फोन हत्तारिएर उठाएपछि उनले सुने ।त्यो खबर सुन्नेबित्तिकै ईश्वरलाई सपना जस्तो लाग्यो । उनी भटाभट दिमागले भ्याएको नाम सम्झिदै हातहरू कँपाएर फोन गर्न थाले । एकपछि अर्को नम्बरमा । नुवाकोटतिरका आफन्त, चिनेजानेका मानिस, साथीभाइ । तर फोन लागेन । कहिले नेटवर्क आएन, कहिले उताबाट फोन उठेन । केहीबेरपछि बाढीबाट भागेर घरदेखि माथिल्लो भागमा पुगेका मानिसहरूले खिचेका भिडियोहरू आउन थाले । उनले चिनेको सोलेबजार भिडियोमा देखिएन । जहाँ घरहरू थिए, त्यहाँ घर थिएनन् । पहिला जहाँ मानिसहरू भेटिन्थे, त्यहाँ बगर र बाढीको निशान थियो । ईश्वर र उनका दाजुभाइले आठ दिनसम्म सम्भावित ठाउँमा खोजी गरे । आफन्त र चिनजानका मानिसहरू पनि खोजीमा जुटे । तर बाबुआमाको कुनै अत्तोपत्तो लागेन । शव भेटिएन, कुनै पहिचान खुल्ने वस्तु पनि फेला परेन । ईश्वर भन्छन्, ‘कम्तीमा अन्तिम पटक उहाँहरूको अनुहार हेर्न पाइएला, भेटिएला भन्ने आशा थियो । त्यो पनि सम्भव भएन ।’‘आफ्नै आमाबुवाको शव अगाडि राखेर अन्तिम संस्कार गर्नुपर्ने ठाउँमा कुशको शव बनाएर गर्नुपर्‍यो । त्यो पीडा कस्तो हुन्छ, भोग्नेलाई मात्र थाहा हुन्छ,’ उनी भन्छन् । तर काजक्रिया सकिएपछि पनि ईश्वरको मनले खोजी गर्न छाडेको छैन । शव नदेखेको, अन्तिम पटक अनुहारसमेत हेर्न नपाएको पीडा अझै उस्तै छ ।

आमा–बाबु बाढीपछि सम्पर्कविहीन, छोराछोरीको भविष्य अन्यौलमा 

नेपालगञ्ज–२० का आराम दमाइ र उजना दमाइ रसुवा बाढीमा परी बेपत्ता भएपछि उनको परिवार सहाराविहीन भएको छ। बाढी गएको १४ दिन बितिसक्दा समेत छोराहरु १६ वर्षीय सुभाष नेपाली र ११ वर्षीय अश्विन तथा नौ वर्षीया स्मारिका छोरी आमा–बुवा फर्किने आशमा छन्। सञ्चार माध्यममा यति दिनपछि बाढीमा फसेका यति जनालाई उद्धार गरियो भन्ने समाचार आउँदा यता उति हेर्ने र टोलाइ रहने उनीहरुको अहिले दैनिकी बनेको छ। सन्तानले आफूले जस्तो दुःख नपाऊन् भनी छोराछोरीलाई काठमाडौं राखेर पढाउने सपना लिएर रसुवा भन्सार कार्यालयको टिमुरेस्थित पार्किङमा मजदुरी गर्दै आएका थिए। दमाइ दम्पतिले काममाडौंमा कक्षा ९ मा पढ्ने सुभाष, कक्षा ६ मा अश्विन र कक्षा ४ मा स्मारिका उज्ज्वल भविष्यको जग बसाल्दै थियो। काठमाडौमा हालसम्म आफूहरुलाइ बस्ने खाने र पढाइ खर्च पठाउने आमा–बुवा नै बेपत्ता भएपछि अब भाइ बहिनीलाई कसरी पढाउने र घरपरिवार कसरी चलाउने भन्ने चिन्ता सुभाषलाइ परेको छ।

उनीहरू बाँचे, तर जीवन धान्ने केही बाँकी रहेन

 ‘आयो… आयो… आयो…, खोलाले लाने भयो…!’ एकाएक बाहिर मानिसहरू कराउन थाले । त्रिशूलीको पुरानो बजार, वडा नम्बर १ मा मानिसहरू ज्यान जोगाउन भागिरहेका थिए । चारैतिर खैलाबैला थियो । आँखैअगाडि खोला उर्लिरहेको थियो । वर्षौंदेखि आफ्नै बाटोमा बगिरहेको खोला त्यस दिन न कुनै सीमामा खुम्चिएको थियो, न कुनै मर्यादामा । पानी उफ्रँदै, फैलँदै मानिसहरूको परिचित संसारतिर बढिरहेको थियो । बाढी घरनजिकै आउनुअघि श्यामले उनीहरूलाई घर छोड्न भनेका थिए । तर, वृद्ध दम्पती घर छोड्न तयार भएनन् । जीवन बितेको ठाउँ । वर्षौंको पसिना परेको घर । आफूले जोडेको सम्पत्ति । यी सबै छोडेर अनिश्चित ठाउँतिर जान उनीहरूलाई सहज थिएन । ‘हामी मरे पनि मर्छौं, यहीँ मर्छौं,’ उनीहरूले भनेका थिए ।तर, पानी उर्लँदै घरनजिक आएपछि सबै कुरा बदलियो ।  बाँच्नका लागि निस्कनैपर्ने अवस्था आयो । वृद्ध दम्पती को ज्यान जोगियो । तर, त्यो दिन बाढीले उनीहरूको जीवनबाट श्रीसम्पत्ति लगिसकेको छ । 

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवार 

वीरबहादुरको माइक्रोबस बेत्रावतीबाट काठमाडौंको मार्गमा चलाउने गर्छन्।माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याँफ्रुबेंसीतर्फ के हेरेका,जीवनमा कहिल्यै नदेखेको दृश्य देखे। भोटेकोशीको बाढीले आकाशै छुन लागेको त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो। उनले त्रिशूली नदीको बगरमा बसाइएको बजार नुवाकोटको विदुर नगरपालिका–१० भैंसेलाई सम्झिए। अनी भैंसेस्थित घरमा रहेकी श्रीमती गङ्गालाई फोन गरे। “श्रीमतीको फोन मरिकाटे उठ्दैन”, उनले सम्झिँदै भने। उनले तारन्तार फोन गरिरहे। श्रीमतीको फोन नउठेपछि उनले नौ कक्षामा पढ्दै गरेकी छोरी एविकालाई सम्झिए। उत्तरगया बोर्डिङ स्कुलमा पढ्ने एविका त्यतिबेला विद्यालय जाँदै थिइन्। उनी बुबाको फोन आएपछि बाटोबाटै पाखोतर्फ भागिन्। एक छिनपछि त श्रीमती र दाजु ले पनि फोन उठाउनु भयो।” उनकी श्रीमती गङ्गा तामाङ गुरुङ त्यति बेला खेतमा थिइन्। उनी घर पुग्दासम्म रमेशले ७१ वर्षीया सासु साइली र दुई वर्षको छोरोलाई घरमाथिको पाखोमा पुर्‍याइसकेका थिए। “भाग्य बलियो रहेछ, त्यही भएर बाँचें”, वीरबहादुरले भने। अरु बेला हुन्थ्यो भने उनको बिहानको समय काठमाडौंका लागि यात्रु खोज्नमै त्यही बेत्रावती र भैंसे वरपर बित्थ्यो। त्यस दिन गोसाइँकुण्ड जाने दर्शनार्थीका कारण वीरबहादुर बाढीको चपेटामा परेनन्। मेरो एक कल फोनले परिवार र छरछिमेक मात्र होइन्, टोलकै बासिन्दालाई बचाउन सकें।” मानिस सुरक्षित भए पनि टोलका कुनै घर बाँकी नरहेका उनले बताए। 30 जनाको परिवार बाढीबाट जोगिएकामा वीरबहादुर औधी खुसी छन। 

दाजुको परिवार खोज्दै भौँतारिएका भीमप्रकाश

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रोल्पाका एकै परिवारका ४ जना : कुलप्रसादसँगै उनकी श्रीमती ३६ कि मीना घर्तीमगर, छोरा २१ वर्षीय डिपबुढा मगर र छोरी ४ वर्षीया खुशी बुढामगर सम्पर्कविहिन भएका हुन् । कुलप्रसादको परिवार करिब ९ वर्षदेखि रसुवाको टिमुरे बजारमा मासु पसल सञ्चालन गरेर बसेको थियो । बाढीपछि आफ्ना दाजुको परिवार सम्पर्कविहीन हुँदा कुलप्रसादका भाइ भीमप्रकाश बुढामगर अहिले खोजी गर्दै भौँतारिरहेका छन् । ‘नभेट्दासम्म त साससहित नै पाउँछु भन्ने आस छ । कतै भेटिहालिन्छ कि भनेर आठ दिन खोजी हिँडेँ,’ उनी भन्छन् । त्यसक्रममा नवलपरासी, चितवन, नुवाकोट र काठमाडौं पुगेर अस्पतालदेखि शवगृह, नदी किनार, बगरदेखि सकेको जंगलसम्म चहारेको उनले बताए । केही सीप नलागेपछि उनी आठौं दिन  डीएनए नमुना छाडेर खाली हात घर फर्किएका छन् । तर, अझै पनि कहिँकतै परिवार भेटिन्छ कि भन्ने आशाले उनको मन भड्किरहन्छ ।

उनीहरू अब गाउँ फर्किन चाहँदैनन्

रसुवाको उत्तरगया–४ तल्लो पैरेबेँसीमा थापा खलकको लहरै ५ घर थियो । १० गतेको रसुवा बाढीले उनीहरूको घर मात्र बगाएन । ७० वर्षीय हजुरआमा दुर्गादेवीलाई बगायो । उनको ५३ वर्षको माइलो छोरा, ४७ वर्षीय साहिली बुहारी सरिता थापा, १० वर्षको नाती सञ्चित थापा र ९ वर्षको नाती निशान थापालाई पनि बगायो । उता छोरीतिर १० जनाको परिवारै लग्यो ।थातथलो बगर बन्यो । थापा खलक शून्यमा पुग्यो । बस्ती मात्र होइन उनीहरू पनि उजाडिए । ‘अब त्यो ठाउँमा फर्किन चाहँदैनौं । त्यो ठाउँलाई सम्झिन पनि मन छैन,’ विपद्का विगतहरूसँग लड्दालड्दा यसपल्ट चाहिँ विक्षिप्त बनेका उनीहरूले भने । विपद्सँग हारेका उनीहरू पैरेबेँसी नफर्किने निधो गरेर काठमाडौं आएका छन् ।

Source:
Summary compilation from various newspapers.



NEPAL NEWS TODAY :: नेपालको समाचार आज

 Kathmandu
Dautari Online Khabar - आजको समाचार
Loading latest news...
Dautari Khabarhub - आजको समाचार
Loading latest news...
Dautari News of Nepal - आजको समाचार
Loading latest news...
Dautari Rajdhani News - आजको समाचार
Loading latest news...
Dautari Nagarik News - आजको समाचार
Loading latest news...
Dautari Annapurna Post - आजको समाचार
Loading latest news...
Dautari Nepal News - आजको समाचार
Loading latest news...


October 13, 2026

नापी, मालपोत जस्ता कार्यालय सबैभन्दा बढी भ्रष्टाचार हुने क्षेत्र

अख्तियारले नापी कार्यालय कलंकीका सर्भेक्षक श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ, जसको  बिगो ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। सम्पत्तिको केही हिस्सा श्रीमती कमला श्रेष्ठको नाममा राखिएको दाबी छ, जाँच अवधि नियुक्ति भएको मिति २०५३ असार २७ देखि २०८१ चैत २९ सम्म हो। काठमाडौंको नापी कार्यालय कलंकीका एक सर्भेक्षकविरुद्ध दायर भएको आरोपपत्रले नेपालमा भ्रष्टाचारको अवस्थाबारे फेरि बहस ल्याएको छ।

अख्तियारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा अनुसार १७५ वटा आरोपपत्र दायर गर्‍यो। ती मुद्दामा कुल ९९० जना प्रतिवादी बनाइए, र २५ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ। यस अवधिमा ४० हजार ५४२ उजुरी परेका थिए, जसमध्ये ८०.३७ प्रतिशत फर्छ्योट भए।यो बिगो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब चार गुणा बढी हो। 

मुद्दाका प्रकार यस्ता  छन् : सार्वजनिक सम्पत्तिको हानिनोक्सानीका ५६, घुस–रिसवतका ४१, गैरकानुनी लाभ वा हानिका २७, नक्कली शैक्षिक प्रमाणपत्रका १५ र गैरकानुनी सम्पत्ति आर्जनका ११ मुद्दा दायर भए। 
अख्तियारले २०७५ मा पहिचान गरेका उच्च जोखिमका क्षेत्र मूलतः सार्वजनिक सेवा प्रदायक कार्यालय हुन्। नापी, मालपोत जस्ता कार्यालय यही वर्गमा पर्ने सम्भावना छ। श्रेष्ठको मुद्दा पनि नापी कार्यालयको हो, तर एउटा मुद्दाले क्षेत्रको क्रम निर्धारण गर्दैन। कम भ्रष्टाचार हुने क्षेत्र नेपाल प्रहरी  प्रमुख मानिन्छ ।अख्तियारको पुरानो सर्वेक्षणमा करिब तीन हजार सेवाग्राहीमध्ये ५५ प्रतिशतले स्थानीय तहमा भ्रष्टाचार हुने गरेको बताएका थिए। 




October 12, 2026

Nepal has officially called off its search

 Nepal has officially called off its search and rescue operations for those missing almost 40 days after the catastrophic flash floods tore through the border with Tibet, killing at least 1,455 people which occurred on 26th August, 2026.  More than 5,285 people, including hundreds of foreign nationals, missing, those still missing include 33 Britons, 80 Americans, more than 50 Ukrainian nationals, as well as Australians and Indians. 13,795 people have been rescued since the disaster.

Only  112 bodies have been handed to their families following DNA tests. The other 1,333 bodies found so far have been temporarily buried, which are difficult to identify, pending identification.

The flood destroyed 12 hydroelectric projects. More than 800 people employed at the 12 hydropower projects in Nepal were still unaccounted for. Estimated 33,000 people have been displaced.

Nepal Government claims the flood as a "Himalayan tsunami" there is not much scientific evidence to substantiate the claims that the floods were a climate-related catastrophe.

In China, the official death toll was 43, while 519 people, including foreigners, remain missing, according to state media.



September 26, 2026

ओस्लोमा इन्द्रजात्रा महोत्सव २०२६ आयोजना हुँदै

 ओस्लोमा इन्द्रजात्रा महोत्सव २०२६ आयोजना हुँदै


ओस्लोमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्द्रजात्रा महोत्सव २०२६आयोजना हुने भएको छ। कार्यक्रमबाट संकलित सहयोग रकम नेपालका भोटेकोशी बाढीपीडितको सहयोगका लागिउपयोग गरिने आयोजकले जनाएको छ।


महोत्सवमा नेवारी संस्कृतिको विशेष आकर्षणका रूपमा परम्परागत ‘समय बजी’ समेत खुवाइनेछ।


कार्यक्रम आइतबार, ४ अक्टोबर २०२६ का दिन Veitvetveien 8, Oslo 0596 मा आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन NOK 200 योगदान शुल्क तोकिएको छ, जसमा खाना समेत समावेश गरिएको छ। १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि भने प्रवेश निःशुल्क रहनेछ।


सहयोग तथा योगदानका लागि Vipps: 48664075 (Anjeela Sthapit) मा रकम पठाउन सकिनेछ।


कार्यक्रमसम्बन्धी थप जानकारीका लागि अञ्जिला स्थापित (48664075) वा रूपेश श्रेष्ठ (97350865) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। 



September 17, 2026

डाक्टर र विज्ञको सट्टा AI

मानिसहरूले स्वास्थ्य समस्या, मानसिक तनाव, कानुनी अन्योल वा आर्थिक निर्णय जस्ता विषयमा तुरुन्तै डाक्टर वा विशेषज्ञकहाँ जानुभन्दा पहिले ChatGPT, Gemini जस्ता AI च्याटबोटसँग सोध्ने गरेका छन्। समय, पैसा र पहुँचको अभावले गर्दा यो प्रवृत्ति विश्वभर तीव्र गतिमा बढिरहेको छ। यसले धेरै फाइदा दिए पनि, विज्ञहरूले यसका जोखिमबारे पटक-पटक चेतावनी दिइरहेका छन्। 

डाक्टरको सट्टा AI: कति र किन

 अमेरिकाको West Health–Gallup केन्द्रले गरेको एउटा राष्ट्रिय सर्वेक्षण अनुसार, चार जनामध्ये एक अमेरिकी वयस्क — करिब ६ करोड ६० लाख मानिस — ले शारीरिक वा मानसिक स्वास्थ्यसम्बन्धी जानकारी वा सल्लाहको लागि AI उपकरण प्रयोग गरिसकेका छन्। धेरैले यसलाई डाक्टरलाई पूर्ण रूपमा प्रतिस्थापन नगरी, भेट्नुअघि वा पछि थप जानकारीको लागि प्रयोग गर्छन्, तर ठूलो संख्यामा मानिस यस्तै मात्र भरमा रहन्छन्। यी मध्ये धेरैले शारीरिक लक्षण (५८%), खानपान वा व्यायामसम्बन्धी जानकारी (५९%), औषधिको साइड-इफेक्ट (४६%), र रोग निदानको अनुसन्धान (३८%) गर्न AI प्रयोग गर्छन्। करिब चार जनामध्ये एकले त मानसिक वा भावनात्मक समस्या खोज्न पनि AI नै प्रयोग गर्छन्। केही ठोस उदाहरण 

लक्षण जाँच्ने च्याटबोट: धेरैले शरीरमा कुनै दुखाइ वा असजिलो महसुस हुनेबित्तिकै अस्पताल जानुअघि ChatGPT वा Buoy Health, Ada जस्ता स्वास्थ्य-विशिष्ट च्याटबोटमा लक्षण टाइप गरेर सम्भावित कारण र आवश्यक कदम बुझ्ने गर्छन्।