सार्वजनिक लेखा समितिअन्तर्गत संसदीय उपसमितिले पोखरा विमानस्थल निर्माण गर्दा २ अर्ब २२ करोड ४० लाख आर्थिक अनियमितता गरेको निष्कर्ष उपसमितिले निकालेको छ । समितिले विमानस्थल निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले व्यापक अनियमितता भएको भनेको छ । उपसमितिले नीतिगत भ्रष्टाचार र गुणस्तरहीन काम भएको भन्दै थप अनुसन्धान र कारबाही हुनुपर्ने सिफारिस गरेको छ । विमानस्थल निर्माण गर्दा अनियमितता गर्ने र भ्रष्टाचारजन्य काम गर्न संग्लग्न उड्डयन प्राधिकरणका बहालवाला तथा पूर्व कर्मचारीमाथि थप अध्ययन गरी कारबाही गर्न सिफारिस भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूमा महानिर्देशक प्रदीप अधिकारी (पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखका रुपमा २०७१ देखि ७४ सम्म र २०७८ माघ १७ देखि हालसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको रुपमा) रहेकोले उनलाई कारबाही गर्न सिफारिस गरेको छ । उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनाकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इन्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इ. बाबुराम पौडेललाई कारबाही गर्न सिफारिस गरेको छ ।
यो सुन्दर पोखराको असुन्दर खबर पुरै नेपालको बिकाशमा मेल खान्छ । अब भनौ त नेपाल भरि बाटो पुल भवन बनाउदा कति घुसखोरी भएको होला ? भानिन्छ नेपालको समस्या गरिबी होइन घुसखोरी हो। सुन्दर पोखराको यो असुन्दर खबरले त्यस्लाई झन् पुस्टि पार्छ ।
यो पनि : Why Pokhara International Airport has no international flight?
1 Comments:
Nepal bhari yestai ho. Nepal is the most corrupted country in the world.
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !