अचेल मालपोत र यातायात कार्यालयमा नजान कर्मचारीहरुबीच लडाइँ हुने गरेको छ । घरजग्गा, गाडीको किनबेचमा मात्र मन्दी आएको छैन । व्यापार व्यवसाय ठप्पै भएको छ । उपत्यकासहित देशभर सटर, कोठा र फ्ल्याट खाली हुने क्रम बढेको छ । बजार सुनसान छ । अहिले दुई ठाउँमा मात्रै मानिसहरुको भीड देखिन्छ । एउटा राहदानी बनाउने ठाउँ, अर्को एयरपोर्ट । युवाहरु विदेशिरहेका छन् । गाउँदेखि शहरसम्म बूढापाका र बालबच्चा मात्रै छन् । देशमै बस्न चाहे पनि एकातिर रोजगारी छैन, अर्कोतिर काम पाए पनि तलब दिइँदैन । यसले देशका युवाहरु बाध्य भएर विदेश पलायन भइरहेका छन् । त्यसो त तिनै युवाहरुले पठाइरहेको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ ।सरकारमा बसेकाहरुलाई आफ्नो कुर्सीको मात्र चिन्ता छ । सत्तामा बस्न पाइन्छ कि पाइँदैन ? भ्रष्टाचार गर्न पाइन्छ कि पाइँदैन ? सरकारी ढुकुटीमा मोज गर्न पाइन्छ कि पाइँदैन ? सरकारी, सार्वजनिक जग्गा आफ्ना कार्यकर्तालाई बाँड्न पाइन्छ कि पाइँदैन ?
नेपालको अचेल येस्तै छ !
Email ThisBlogThis!Share to FacebookShare to Pinterest
1 Comments:
nepal ma basera k garne ta sir?
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !