July 24, 2024

ए सराद्दे बाजे

ए सराद्दे बाजे - Prem Oli

ए सराद्दे बाजे 

आज एक दिन भए नि

मेरी आमालाई भेटाइ देऊ

आमाको झलक्क देखाइ देऊ

हरेक बर्ष मेरी आमाले नै पाउछिन भन्दै

दाल चामल र फल दान माग्छौ

आमालाई न दिएर के आँफै राख्छौ 

आमाको नाममा चढाएका

हरेक कुरा  आमाले पाउछिन भन्नेले

एक दिन भए पनि आमालाई बोलाई दिन सक्दैनौ 

एक छिन भए पनि आमाको  देखाइ दिन सक्दैनौ 

हैन भने किन तिथी र स्राद्द गराउछौ 

सबै आमाले पाउछिन भन्दै कराउछौ ।

ए सराद्दे बाजे

एक दिन भए पनि मेरी आमालाई बोलाई देउ न

आज आमाको मुख हेर्न मन छ 

मेरी आमाको अनुहार  देखाइ देउ न

साच्चै म आमालाई, बा भन्दा धेरै मिस गर्छु 

आज बोलाई देऊ न बाजे

बरु त्यसको पनि तिमीलाई फिस भर्छु ।


ए सराद्दे बाजे

खाली आमाको सराद्द गराएर गैहाल्छौ कि

आज आमालाई नि बोलाउछौ 

गौ दान गर आमाले पाउछिन

साडी दान गर आमाले पाउछिन

भनेर झुटको खेती कति दिन चलाऊछौ 

तिम्रो मन्त्र, ज्ञान के छ प्रयोग गरेर

एक दिन भए पनि मेरी आमालाई बोलाऊ देऊ

नत्र त्यो ठगी खाने भाडो अब जलाइ देऊ ।

तिमीले न बोलाए पनि मेरी आमा

मेरो मन मस्तिस्कमा सधैं रहन्छिन

सपनीमा भए पनि आएर आसिस दिन्छिन ।



1 Comments:

Anonymous said...

ए सराद्दे बाजे नमस्कार। सराद्दे गर्नु पर्यो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !