July 29, 2024

नेपालका प्रदेश, कति प्रभावकारी?

 


नेपालका प्रदेश, कति प्रभावकारी? यसमा धेरै को फरक मत हुन सक्छ।  तर जनगुनासो अनुसार यो राजनीति कार्यकर्ता भर्ति गर्ने थलो जस्तो भएको । 

 यस बारेमा प्रदेशको औचित्यमाथि गहिरो बिस्लेषण  । 


प्रदेश सरकारहरूले काम गर्न थालेको गत फागुनमा ६ वर्ष पूरा भएर सात वर्ष लागेको छ। संविधानले प्रदेश सरकारका एकल र साझा गरी दुई प्रकारका अधिकार र जिम्मेवारी तोकेको छ। यी अधिकारको सीमाभित्र रहेर प्रदेश सरकारले कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने काम गरिरहेका छन्।



July 24, 2024

ए सराद्दे बाजे

ए सराद्दे बाजे (मातातीर्थ औँसी बिशेष ) - Prem Oli

ए सराद्दे बाजे 

आज एक दिन भए नि

मेरी आमालाई भेटाइ देऊ

आमाको झलक्क देखाइ देऊ

हरेक बर्ष मेरी आमाले नै पाउछिन भन्दै

दाल चामल र फल दान माग्छौ

आमालाई न दिएर के आँफै राख्छौ 

आमाको नाममा चढाएका

हरेक कुरा  आमाले पाउछिन भन्नेले

एक दिन भए पनि आमालाई बोलाई दिन सक्दैनौ 

एक छिन भए पनि आमाको  देखाइ दिन सक्दैनौ 

हैन भने किन तिथी र स्राद्द गराउछौ 

सबै आमाले पाउछिन भन्दै कराउछौ ।