Ram Babu Neupane
कस्तो होला छाती फोडी मुटु भित्र पस्न पाए?
आँफै लाई बिर्सिएर तिमी सँगै बस्न पाए?
गाजलु ति आँखा भरी छाल देख्छु पिरतीको
कस्तो होला ति नयन का सागर मा खस्न पाए?
उम्कन नै नसकिने जाल हो'रे माया-प्रिती
कस्तो होला तिमी सँगै मायाजाल मा फस्न पाए?
तिमी र म सँग-सँगै पिरती को डोरी बाटी
कस्तो होला त्यै डोरीले दुई मन लाई कस्न पाए?
थाहा छैन जीवन को रस-रंग कस्तो होला?
भंवरा ले फुल जस्तै तिमीलाई डस्न पाए?
Saturday, October 11, 2008
गित - कस्तो होला छाती फोडी
Posted by
Dautari Admin
at
5:54 AM
Labels:
गित/ गजल/ कविता
Subscribe to:
Post Comments (Atom)
2 comments:
it is so mauch great this poem have shown the writer about new generation act.
''कस्तो होला छाती फोडी मुटु भित्र पस्न पाए?
आँफै लाई बिर्सिएर तिमी सँगै बस्न पाए?''
साच्चिकै मन पर्यो यो गित ---कस्तोहोला तिमि संगै मायाजाल मा फस्न पाए? ---लौन मायाजालमा पसिसकेपछि लेख्या जस्तो लाग्यो है मलाई त :)
Post a Comment