शुभकामना बिजया दशमीको
मन भरीका रहर ओठ भरी डुलुन
बसन्तको सुबास वरि परी घुलुन
जमरा झै शान्ती मौलायोस अधरमा
आशाका कोपिला सुगन्ध छरी फूलुन
तेरो मेरोको घेरो अंधेरो,अतिसारो यो
सदभाबका ज्योति बिभेद तरी झूलुन
मैलोको थैलो दुर्गन्ध,यो दैलो न त्यो दैलो
बिकारका तुष सपनामै टरी भूलुन
आस्थाका देव देवी विश्वाशमा जागा छन
कुसल मंगल तिम्रा पोल्टा भरी हुलुन
आशिष थापी निधारमा आधारको टिका
बिजय श्री तिम्रो खुशी घरी घरी फूलून
Monday, October 6, 2008
शुभकामना बिजया दशमीको
Posted by
waka
at
6:47 PM
Labels:
गित/ गजल/ कविता
Subscribe to:
Post Comments (Atom)
3 comments:
उत्कृष्ट छ । शव्दहरू टपक्क कुँदेर मिलेका छन् । भावमा आशीर्वाद भरिएको छ । साँचै दशैँ यस्तै हुन सकोस् , तपाईँको गजलमय शुभाशिष जस्तै ।
-एकलव्य
लाग्छ यो आशिष यही दशैलाइ नै भनेर लेखिएको हो। अहिलेको स्थीतीमा माथीको सुन्दर कबितामा भनिए जै सबैको दशै राम्रो होस।
कती मिठो शब्द हरु ! मनै लोभ्याउने !
Post a Comment